NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

'हामी उहाँलाई राजिनामा दिनुस्पनि भन्दैनौं, नदिनुस् पनि भन्दैनौ, यो प्रधानमन्त्रीको स्वविवेकको बिषय हो'- एमाओवादी सचिव सीपी गजुरेल PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Friday, 12 August 2011 22:13

काठमाडौ- शान्ति प्रकृयाको प्रमुख बिषय रहेको सेना समायोजन सम्बन्धमा एकिकृत नेकपा (माओवादी) ले विस्तृत प्रस्ताव ल्याउने र प्रधानमन्त्री झलनाथ खनालले राजिनामापनि नदिने अनुमान गरिएका बेला एमाओवादीले प्रधानमन्त्री झलनाथ खनालले राजिनामा दिनुपर्ने परिस्थिति सिर्जना गरिदिएको छ ।

शुक्रबार बस्ने एमाओवादी स्थायी समितिको बैठकले सेना समायोजन सम्बन्धी खाका ल्याउने काम सरकारको भएको बताउँदै राजिनामा दिने नदिने कुरापनि प्रधानमन्त्रीको स्वविवेकको बिषय भएको निर्णय गरेको छ ।

विहीवार प्रधानमन्त्री खनाल र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भएको कुराकानीमा प्रचण्डले सेना समायोजनको खाका लगायत बिषयमा 'ब्रेक थ्रु' हुने गरी आफ्नो पार्टीले निर्णय गर्ने बताएको प्रधानमन्त्रीका सल्लाहकारहरुले बताएका थिए । यिनै बिषयमा निर्णय गर्न आज एमाओवादी केन्द्रीय पदाधिकारी बैठक बसेको थियो । तर बैठकले हिजो प्रचार भएभन्दा बिल्कूल फरक निर्णय गर्यो । बैठकपछि पार्टी सचिव सीपी गजुरेलले भने- 'शान्ति प्रकृयाबारे निर्णय गर्ने भनेर प्रचण्डले प्रधानमन्त्रीलाई कुनै आश्वासन दिनु भएको थिएन ।'

उनकाअनुसार, अध्यक्ष प्रचण्डले कुनै आश्वासन नदिएकाले र पार्टीले समायोजनबारे पहिल्यै आफ्नो धारणा ल्याएकाले पार्टीले थप निर्णय नगरेको हो । 'समायोजनको खाका सरकारले ल्याउने हो' गजुरेलले भने- 'हाम्रोतर्फबाट त पहिल्यै ल्याइसकिएको छ, त्यसैले प्रधानमन्त्रीको राजिनामाको बिषयलाई आधार बनाएर यस बिषयमा थप निर्णय गर्नुपर्ने जरुरी देखिएन ।' यति भन्दै गजुरेलले थपे- 'हामी उहाँलाई राजिनामा दिनुस्पनि भन्दैनौं, नदिनुस् पनि भन्दैनौ, यो उहाँको स्वविवेकको बिषय हो ।'

यस सम्बन्धमा एमाओवादीले अझ लचक बनेर निर्णय गर्ने र आफूले राजिनामा दिनुनपर्ने आशामा प्रधानमन्त्री खनाल थिए । करिव दुई हप्ता अघि उनी आफैले साउन २८ गतेकालागि समयसीमा तोक्दै शान्ति प्रकृयाका सम्बन्धमा ठोश निर्णय गर्न माओवादीलाई दवाव दिएका थिए । आफूलाई दवाव दिने गरी प्रम खनालले तोकेको समय सीमाका कारण एमाओवादी प्रधानमन्त्री खनालसँग आक्रोसित भएको थियो । त्यसपछि एमओवादीमापनि आफैले बनाएको सरकार ढले ढलोस् भन्ने भावना विकसित हुन थालेको थियो ।

शुक्रबारको निर्णयले प्रधानमन्त्री खनाललाई साँच्चिकै अप्ठेरोमा पारिदिएको छ भने अर्कातिर उनले राजिनामा दिएमा फेरि एमाओवादीसहितको सरकार बन्ने सम्भावना क्षीण बनेको छ । एमाओवादीको यो निर्णयले खनाल अब एमालेमा कमजोर हुनेछन् भने माधब नेपाल-ओली पक्ष चाहिँ बलियो । नेपाल-ओली पक्ष एमाले र नेपाली कांग्रेस सहितको सरकार बनाउनुपर्ने  पक्षमा छन् । माओवादी निर्णयलाई आधार बनाएर अब सो पक्षले शान्ति प्रकृयाका सम्बन्धमा एमाओवादीले धोका दिएको बताउँदै अब पार्टीलाई कांग्रेससँगको समीकरण गर्ने प्रयास गर्नेछ । र, अब सम्भवत सफलपनि हुनेछ ।

शान्ति प्रकृयालाई अघि बढाउने निर्णय गराउन दुई हप्ता अघि सम्पन्न एमाओवादी केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्ड सफल भएपनि मोहन बैद्य (किरण) पक्षले शुक्रबारको पदाधिकारी बैठकमा अवरोध गरेको सहज आँकलन गर्न सकिन्छ । किनभने, शुक्रबारको यो अप्रत्यासित निर्णयपछि अध्यक्ष प्रचण्ड पक्षधर नेताहरु केही बोल्न मानिरहेका छैनन् । पार्टी निर्णय भन्दै बैद्य पक्षधर सचिव गजुरेलले शान्ति प्रकृयाका सम्बन्धमा पार्टीले केही निर्णय गर्न बाँकी नरहेको र सरकारको राजिनामाको बिषय प्रमको स्वविवेकमा भर पर्ने बताएका छन् ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?