NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

भारतीय पक्षद्धारा गण्डक नहर अन्तरर्गत निमार्णका काममा ब्यापक अनियमितता PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Chandrakanta Khanal   
Sunday, 22 January 2012 09:09

रुपन्देही- भारतीय पक्षद्धारा नवलपरासीमा भईरहेको गण्डक नहर अन्तरर्गत बिभिन्न निर्माणका काममा गणस्तरहिन काम गरी ठेकेदार पक्षले व्यापक अनियमितता गरेको स्थानियबासीको भनाई छ।

Gandak Canal. Photo: Chandrakanta

गण्डकमा भएको विकास निर्माणका कामहरु गुणस्तरहीन भएको भन्दै स्थानीय बासिन्दा र गण्डक नदी नियन्त्रण संघर्ष समितिले गण्डकको निर्माणका सबैकाम रोकिदिएका हुन् । ठेकेदारले ठेक्कामा तोकिएको गुणस्तरअनुसार काम नगरेर करोडौंको रकम दुरुपयोग भन्दै स्थानियबासीहरुले कामसमेत बन्द गराएको गण्डक संघर्ष समितिले जनाएको छ ।

यस अघि झण्डै डेढ महिना अघि बेलाटारी र रानीनगरमा पुल निर्माणको काममा कमलस इट्टा प्रयोग गरेको भन्दै उनीहरुले काम रोकिदिएका थिए । भारतको विहार सरकार र उत्तरप्रदेश सरकारको मातहतमा भएको एक करोड ६१ लाख बराबरको ठेक्कामा भएको विकास निर्माणको काममा सम्झौताअनुसार काम नभएको गण्डक नदी संघर्ष समिति नवलपरासीका अध्यक्ष दुधनाथ गुप्ताले बताए ।

उत्तर प्रदेश सरकार मातहत भएको बी र सी ग्यापको नदी किनारमा सडक निर्माणको काम सम्पन्न भईसकेको छ भने अहिले विहार सरकारको मातहतमा हुने विकास निर्माणका कार्यहरु भईरहेका छन् । जस अन्तरगत नहरमा स्लोपिङ्ग तथा ढलान गर्ने, प्रतापपुरको बेलाटारी, कुडियाको गुडरिया र रानीनगरमा पुल निर्माण गर्ने, त्रिवेणी ब्यारेजदेखि गजेन्द्रमोझ धाम र त्रिवेणीब्यारेजदेखि झोलीनीपुरसम्म बाटो पीच गर्ने कामहरु रहेका छन् ।

ठेकेदारले भारतको मिर्जापुरको शेखपुरबाट गिटी र सोनापुरको कोइलबारबाट बालुवा ल्याउनु पर्नेमा त्यसो नगरी नेपाल भित्रकै कमसल गिटी बालुवाहरु ल्याउने गरेका छन् । भारतबाट गिटी बालुवा ल्याउंदा लाग्ने ढुवानी खर्च अत्यधिक महंगो भएकोले ठेकेदारले ढुवानी खर्च जोगाई करोडौंको रकम कुम्ल्याउन नेपाल भित्रैबाट गिटी बालुवा ल्याउने गरेका हुन् ।

त्यसैगरी, नहरमा ६ इन्चको स्लोपिङ्ग र ४ इन्चको ढलाई गर्नु पर्नेमा ४ इन्च भित्रै स्लोपिङ्ग र ढलाई गरेको अध्यक्ष दुधनाथ गुप्ताले बताउनुभयो । त्यस्तै बेलाटारी र रानीनगरमा दुई ल्यान अर्थात राष्ट्रिय मार्गका राखिने जस्तै पुल निर्माण गरिने सम्झौता भएको र सोहीअनुसार ठेक्का पट्टा भएको भए पनि ठेकदारले एक ल्यानको मात्र पुल बनाउने काम अगाडि बढाएको र ज्यादै कमसल इट्टा प्रयोगमा ल्याएको छ ।

गण्डक नदी नियन्त्रण संघर्ष समिति र भारतीय पक्षबीच १२ असार २०६५ मा भएको २१ बुँदे सहमतिअनुसार भारत सरकारले गण्डक क्षेत्रमा विकास निर्माणको काम अगािड बढाएको हो ।

-Chandrakanta Khanal in Butwal

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?