Inside

All Time Top 75 News

सुरक्षाकर्मीद्वारा वन अतिक्रमण गरी वस्दै आएका सुकुम्वासीका चार सय घरमा आग्जनी PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Chandrakanta Khanal   
Thursday, 12 April 2012 14:19

Special: 2 photos: रुपन्देही- चैत्र ३०- नयाँ बर्षको पूर्व सन्ध्यामा सरकारको निर्देशनमा प्रहरीले रुपन्देही जिल्लाको कोपवा वनक्षेत्रको ५० हेक्टर सामुदायिक वन अतिक्रमण गरी वस्दै आएका करिव हजार जनालाई भगाएर चार सय कच्ची घर झुप्रा भत्काएर आगजनी गरिदिएको छ ।

Nepal Government put on fire to 400 hutments built in encroached community forest land by those who ware claimed to be the landless peoples in Rupandehi, Nepal. Photos: Chandrakanta

प्रतिकारमा उत्रेका चारजनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ । प्रहरीले सुकुम्वासी भूमीहिन विकास मन्चका अध्यक्ष खगेश्वर खनाल, सचिव भुवनेश्वर थारु, विष्णु क्षेत्री र लोटन थारुलाई नियन्त्रणमा लिइ पिपरा ईलाका प्रहरी कार्यालयमा राखेको छ ।

वनरक्षक र प्रहरीले अभद्र व्यवहारगरी कुटदा दुईजना घाईते भएको र भागदौड गर्दा सयैजनाको सामान्य चोटपटक लाग्नुकासाथै धेरैको सामान हराएको जलेको पिडित जनक केसीलेबताए ।

शुरुमा वन रक्षक, नेपाल प्रहरी, सशस्त्र प्रहरीका पाचसयवढी संयुक्त सुरक्षाकर्मीले माईकिङ गर्दै चारैतिबाट घेरा हाली त्यहाँ वसेका मानिसलाई झुप्राको सामान पोको पारेर नालावाला लिएर भाग्न १० मिनेटको अल्टीमेटम दिएको थियो ।



जयनगर र कोपवा गाविसको सिमानामा रहेको वाणगंगा नदीको पश्चिमी किनारमा करिव ५० हेक्टर सामुदायिक वन अतिक्रमण गरी वनाईएका सवै घरझुप्रा जलाईएको जिल्ला वन कार्यालयका प्रमुख वन अधिकृत कृष्णप्रसाद पाख्रेलले बताए । 'सामुदायिक वनका उपभोक्ताहरुले हटाउन सकेनन, सुरक्षा समितीको बैठक गरी सशस्त्र र नेपाल प्रहरीको सहयोग लिएर उनीहरुलाई हटाई झुप्राहरुमा आगोलगाईदियौं ।' वन अधिकृत पोख्रेलले भने ।

त्यहा रोल्पा, अर्घाखाँची, दाङ्ग, प्यूठान, रुपन्देही तथा जिल्लाको बैजलपुर, पिपरा, गोरुिसंगे, शिवपुरबाट आएका ३१६ जनाले जग्गा कव्जा गरी ३९० वटा झुप्रा वनाएर बसेको थिए।

प्रहरी उपरीक्षक सुरेश वस्नेतले अतिक्रमणकारीलाई सम्मानजनक व्यवहारगरी हटाईएको र त्यहा कोहिपनि प्रतिकारमा नउत्रेको र जोखीम उठाउनु नपरेको बताए । विसं २०६६ साल फागुनमा पनि उक्त ठाउँमा बसेका करिव पाचसय झुप्रा यसैगरी हटाईएको थियो ।

-Chandrakanta Khanal in Butwal

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Please login to post comments or replies.
 

Find Us at Facebook

Member Login