NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

'मतदानमा भागै नलिने हो भने तटस्थ बस्ने मोर्चाको निर्णयप्रति असहमति जनाएर बाहिरिनुको कुनै अर्थ छैन'- मधेशी जनअधिकार फोरम सहअध्यक्ष जयप्रकाश गुप्ता PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Friday, 10 September 2010 07:43

काठमाडौं- संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबाट अलग भएको प्रमुख मधेशवादी दल मधेशी जनअधिकार फोरमले मोर्चाबाट अलग भएपछि पनि दुई दुई पटक प्रधानमन्त्री निर्वाचन बहिस्कार गर्न पुगेपछि दलका दुई शीर्ष नेताबीच विवाद उत्पन्न भएको छ ।

भदौ २० गतेको प्रधानमन्त्री निर्वाचनमापनि मोर्चा तटस्थ बन्ने निर्णय गरेपछि त्यसप्रति असहमति जनाउँदै फोरम मोर्चाबाट अलग भएको थियो । तर त्यही दिन भएको प्रधानमन्त्रीको छैठौं चरणको निर्वाचन र २२ गते भएको सातौं चरणको निर्वाचनमा फोरमले कुनै पनि पक्षमा मतदान गरेन । पछिल्ला दुवै निर्वाचनमा फोरमका सभासदहरुले पक्ष बिपक्ष र तटस्थ गरी कुनैपनि पक्षमा मतदान गरेनन् । यो कार्यप्रति सहअध्यक्ष जयप्रकाश गुप्ताले असहमति जाहेर गरेका छन् । मोर्चाबाट अलग भएपछि फोरमले माओवादीलाई मतदान गर्नुपर्ने उनको माग रहेको बताइएको छ ।

'मतदानमा भागै नलिने हो भने तटस्थ बस्ने मोर्चाको निर्णयप्रति असहमति जनाएर बाहिरिनुको कुनै अर्थ छैन' गुप्ताले भने- 'अन्य मधेशवादी दलहरु विदेशीको इशारामा सरकार बन्न नदिने गरी तटस्थ बस्ने निर्णयमा पुगे भनेर हामी मोर्चाबाट अलग भएका हौं, त्यसैले मोर्चाबाट अलग भैसकेपछि हामीले माओवादीलाई मतदान गर्नुपर्थ्यो, हामीलेमात्रै मतदान गरिदिँदा अन्य मधेशी पार्टीका सभासदहरुले पनि माओवादीलाई मतदान गर्ने वातावरण बन्थ्यो ।'

मोर्चाले माओवादीलाई मतदान गर्न नमानेपछि मोर्चाबाट अलग हुने निर्णयमा पुगेका फोरम अध्यक्ष यादव पक्षधरले भने माओवादी अध्यक्ष प्रचण्डले जित्ने स्थितिमामात्र फोरमले मतदान गर्ने बताउँदै आएका छन् । गुप्ताले भने फोरमलेमात्र मतदान गरिदिने हो भने प्रचण्डले जित्ने स्थिति बन्ने बताउने गरेको श्रोतले बतायो । फोरमले मतदान गर्नासाथ फोरम लोकतान्त्रिकका असन्तुष्ट लगायत अन्य पार्टीका सभासदहरुलेपनि मतदान गर्ने गुप्ताले बताउने गरेका छन् ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?