NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

दशैंमा राष्ट्रिय मानव अधिकार आयोग र सर्बोच्च अदालतका केही सेवाहरु खुल्ला रहने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Friday, 25 September 2009 08:10
काठमाण्डौ- दशैंको विदा भएपनि यसअवधिमा राष्ट्रिय मानव अधिकार आयोग र सर्बोच्च अदालतका केही सेवाहरु भने खुल्ला नै रहने भएका छन् ।

दशैंका अवसरमा हुनसक्ने मानवअधिकार हननका घटनालाई केन्द्रित गर्दै सर्बोच्च अदालत र मानवअधिकार आयोगले दशैंको अवधिमा कार्यालय खुल्ला राख्ने जनाएका हुन् ।
 
जानकारी अनुसार, सर्बोच्च अदालतले बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिटकालागि अदालत खुल्लै राख्नेछ । कुनै व्यक्तिको कसैबाट अपहरण गरी बेपत्ता पार्ने काम भएमा त्यसका विरुद्ध दायर गरिने रिटलाई बन्दी प्रत्यक्षीकरण रिट भनिन्छ । सर्बोच्च अदालतले बिगत केही बर्षदेखि यो प्रायोजनकालागि अदालत खुल्ला राख्दै आएको छ ।
 
यसैगरी राष्ट्रिय मानवअधिकार आयोगलेपनि आफ्नो मुख्य र क्षेत्रीय कार्यालयहरु खुल्ला रहने जनाएको छ । आयोगका सचिव विशाल खनालले विज्ञप्ती जारी गर्दै भनेका छन्- 'दशैं विदाको अवधिमा हुनसक्ने मानवअधिकार हनन विरुद्धको उजुरी लिन र आवस्यकता अनुसार अनुगमन गर्न दशैं विदाका सबै दिन मध्यान्ह १२ देखि २ बजेसम्म आयोगको केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरु खुल्ला रहनेछन् ।'

आयोगको केन्द्रीय कार्यालय ललितपुरका अलवा विराटनगर, जनकपुर, पोखरा, नेपालगन्ज र धनगढीमा क्षेत्रीय कार्यालयहरु रहेका छन् । आयोगले भनेको छ- 'आयोगको केन्द्रीय कार्यालय तथा क्षेत्रीय कार्यालयहरुमा मानवअधिकार हनन विरुद्धको उजुरी लिने तथा आवस्यकता अनुसार घटनाहरुको अनुगमन समेतकालागि आयोगका अधिकृतसहितको टोली कार्यालयमा रहने सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।'

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?