NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

कारोबार' दैनिकका समाचार सम्पादक विजयबाबु खत्रीको कार दुर्घटनामा परी दुःखद् निधन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Monday, 28 November 2011 23:29

काठमाडौं- 'कारोबार' दैनिकका समाचार सम्पादक विजयबाबु खत्रीको सोमबार अपराह्न रुपन्देहीको सालझण्डीमा कार दुर्घटनामा परी दुःखद् निधन भएको छ ।


नेपालगन्जबाट काठमाडौं फर्कने क्रममा साइकल यात्रीलाई बचाउन खोज्दा खत्री चढेको कार दुर्घटनामा परेको थियो ।

खत्रीले विसं २०५४ मा 'पत्रिका सातदिने' बाट पत्रकारिता सुरु गरेका थिए । पछिल्लो दशक 'कान्तिपुर' दैनिक तथा 'कान्तिपुर टेलिभिजन' मा लामो समय आर्थिक पत्रकारिता गरेका खत्री त्यसयता 'नागरिक' दैनिक हुँदै साढे दुई वर्षयता 'कारोबार' दैनिकमा कार्यरत थिए । पत्रकारितामा बजार, वैदेशिक रोजगार, सञ्चार, गैरआवासीय नेपाली अभियानमा विशेष दख्खल राख्ने उनी २०३४ असार १६ मा स्याङ्जाको खिलुङमा जन्मेका थिए । उनी रुपन्देही करहिया-३ का स्थायी बासिन्दा हुन् ।

दुर्घटनालगत्तै पश्चिम क्षेत्रीय ट्राफिक प्रहरीले उनीलगायत घाइतेलाई लुम्बिनी अञ्चल अस्पतालमा पुर्याएको थियो । दुर्घटनामा कारोबार संवाददाताहरू लीला घिमिरे, राधिका ढकाल, डीआर आचार्य, प्रकटकुमार शिशिर तथा प्रशासन शाखामा कार्यरत युवराज कार्की घाइते भएका छन् । आचार्यलाई थप उपचारकालागि मेडिकल कलेज भैरहवा लगिएको छ ।

Late Bijaybabu Khatri. Photo courtesy: Karobardaily.com

खत्रीको निधनले कारोबार दैनिकमात्र नभई सिंगो नेपाली आर्थिक तथा मूलधारको पत्रकारितामा अपूरणीय क्षति पुगेको भन्दै विभिन्न राजनीतिक दल, संघसंस्था तथा व्यक्तिले शोक विज्ञप्ति जारी गरेका छन् ।

खत्रीको निधनप्रति नेपाल पत्रकार महासंघ कारोबार शाखा, नेपाल आर्थिक पत्रकार समाज (सेजन) Society of Economic Journalists - Nepal (SEJON), नेपाल आर्थिक पत्रकार संघ (NEPALESE ASSOCIATION OF FINANCIAL JOURNALISTS (NAFIJ), नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, प्रवासी नेपाली पत्रकार सन्जाल (इएनजेएन), रिपोर्टस क्लबले विज्ञप्ति जारी गरी शोक ब्यक्त गरेका छन् ।

नेपाल प्रेस युनियनका अध्यक्ष किरण पोखरेलले खत्रीको निधनले सिंगो पत्रकारिता क्षेत्रलाई स्तब्ध तुल्याएको उल्लेख गरेका छन् । युनियनका महासचिव शिव लम्सालले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

Note: कारोबार दैनिकका अध्यक्ष भवन भट्ट गैर आवासीय नेपाली संघ अन्तरराश्ट्रिय समन्बय समिती (NRNA ICC) का कोशाध्यक्ष हुन् भने प्रबन्ध निर्देशक तथा प्रबन्ध सम्पादक उनका दाजू शिशिर भट्ट हुन्। शिशिर न्यू योर्कबाट नेपाल फर्केका ब्याबसायी हुन् भने भवनको जापानमा ब्यवसाय छ।

-Karobardaily.com को सौजन्यमा

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?