NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

'पुनरस्थापनमा जाने लडाकुलाई प्रति ब्यक्ति दश लाख रुपैयाँ कसरी दिन सकिन्छ ?'- नेपाली कांग्रेस सभापति सुशील कोइराला PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Friday, 26 August 2011 14:07

'यस्तो गरिब मुलुकले फेरी प्रति लडाकु दश लाख कसरी दिनसक्छ ? मन भए लुटेको पैसा बाँडे हुन्छ ।'
काठमाडौं- शान्ति र सम्बिधानकालागि एकिकृत नेकपा (माओवादी) ले हिजो सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा कुनै नयाँ कुरा नभएको दावी गर्दै नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले माओवादी प्रस्ताव केबल बिदेशीलाई भ्रम दिने उदेश्यले मात्र आएको बताएका छन् ।

उनले माओवादी प्रस्तावलाई नेपाली कांग्रेसले कत्तिपनि विश्वास नगरेको बताउँदै माओबादी सेनाका लडाकु र हतियारको ब्यबस्थापनको टुंगो नलागेसम्म कुनै दलले ल्याएको प्रस्तावलाई कांग्रेसले समर्थन नगर्ने चेतावनी दिएका छन् ।

'माओबादी सेनाका लडाकु र हतियारको ब्यबस्थापनको टुंगो नलागेसम्म कुनैं पनि दलले ल्याएको प्रस्तावलाई नेपाली कांग्रेसले कुनै हालत समर्थन गर्दैन' आफ्नो निवासमा सन्चारकर्मीहरुसँग कुरा गर्दै कोइरालाले भने- 'माओबादीले बिहिबार सार्बजानिक गरेको प्रस्ताव कांग्रेसले पहिले नै थाहा पाएको थियो र त्यो प्रस्तावमा सबै कुरा फोस्रामात्र छन् त्यसैले हामीले त्यसलाई समर्थन नगर्ने निर्णय गरेका हौं ।' सभापति कोइरालाले आफै सहभागी सरकारलाई हतियार बुझाउन नमान्ने माओबादीले किन सँधै सरकारको नेतृत्व गर्न माग्नुका पछाडि रहस्य रहेको बताउँदै माओवादी नियत शान्ति प्रकृयालाई अल्झाइरहनुमात्र भएको दावी गरे ।

माओबादीले प्रस्ताव गरे झैं आठ-दश हजार लडाकुलाई समायोजन गर्ने र पुनरस्थापनमा जाने लडाकुलाई प्रति ब्यक्ति दश लाख दिने भन्ने प्रस्ताव सहमति बिपरित र अब्यबहारिक भएको दावी गरे । 'गिरिजाबाबुले पहिले तीन हजार लडाकु समायोजन हुनुपर्छ भन्नु भएको हो, तर पछि हामीले चार हजारसम्मलाई विचार गर्न सकिन्छ भन्यौं तर त्यत्रो आठ हजार समायोजनको कुरा कहाँबाट आयो ? उनले भने- 'पुनरस्थापनमा जाने लडाकुलाई प्रति ब्यक्ति दश लाख रुपैयाँ कसरी दिन सकिन्छ ?' माओबादीले देशलाई लुटेर कंगाल बनाएको आरोपसमेत उनले लगाए । 'यस्तो गरिब मुलुकले फेरी प्रति लडाकु दश लाख कसरी दिनसक्छ ? उनले भने- 'मन भए लुटेको पैसा बाँडे हुन्छ ।'

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?