NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

'नेपाली कांग्रेसका उम्मेदवार पौडेलको जीत सुनिश्चितजस्तै छ'- नेपाली कांग्रेस महामन्त्री कृष्ण सिटौला PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Saturday, 27 August 2011 14:46

'सबै पार्टी एक ठाउँमा उभिएमात्र माओवादी ठीक लाइनमा आउँछ'
काठमाडौं- भोलि हुने प्रम निर्वाचनमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले एमाओवादी उम्मेदवार डा. बाबुराम भट्टराईलाई मत दिने सम्भावना रहेपनि माओवादी ईतरका दलहरुको समर्थनमा नेपाली कांग्रेसका उमेदवार रामचन्द्र पौडेलको नेतृत्वमा सरकार निर्माण हुने दावी सो पार्टीका महामन्त्री कृष्ण सिटौलाले गरेका छन् ।

शान्ति प्रक्रियाका सम्बन्धमा माओवादी ईतरका दलहरु एक ठाउँमा रहेको बताउँदै उनले यसै आधारमा साना दलहरुको मोर्चा र मधेशी मोर्चाले पौडेललाई मत दिएर प्रधानमन्त्रीमा बिजयी गराउने ठोकुवा उनले गरेका छन् ।

'शान्ति प्रक्रियाको सवालमा माओवादीबाहेकका दलहरु नीतिगत रुपमै एक ठाउँमा छन्, शान्ति प्रक्रियाको सम्बन्धमा सबै दलहरुको माओवादीलाई हेर्ने दृष्टिकोण एउटै छ, त्यसै आधारमा कांग्रेसको नेतृत्वमा सरकार बन्छ, माओवादीबाहेकका सबै दलले काग्रेसको उमेदवार रामचन्द्र पौडेलको पक्षमा मतदान गर्नेछन्' रिपोटर्स क्लवले आयोजना गरेको साक्षात्कार कार्यक्रममा कांग्रेस महामन्त्री सिटौलाले भने- 'शान्ति नभई संविधान आउन सक्दैन भन्नेमा पनि सबै दलहरुको साझा धारणा छ, त्यसैले नेपाली कांग्रेसका उम्मेदवार पौडेलको जीत सुनिश्चितजस्तै छ ।'

शान्ति प्रक्रियाको सन्दर्भमा सबै दलहरु एक ठाउँमा उभिएपछि माओवादीलाई दवाव पर्ने बताउँदै सिटौलाले यसै आधारमा कांग्रेसले शान्ति प्रकि्रयालाई निस्कर्समा पुर्याउने योजना सुनाए । 'सबै पार्टी एक ठाउँमा उभिएमात्र माओवादी ठीक लाइनमा आउँछ' सिटौलाले थपे- 'मुलुकलाई संघीयतमा लैजाने निर्णय पनि कांग्रेसकै नेतृत्वमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मधेसबादी दलहरुसँग सम्झौता गरेकाले भएको हो, कांग्रेसलेमात्रै शान्ति र संघियताको मुद्दालाई सम्बोधन गर्न सक्छ, त्यसैले संघीयताको मुद्धा उठाइरहेको मधेशी मोर्चालेपनि नेपाली कांग्रेसलाई नै मत दिनेछ ।'

उता, सरकारको नेतृत्वकालागि आफ्नो स्थिति बलियो बनाउन नेपाली कांग्रेसले आज शान्ति प्रक्रिया र संविधान निर्माण लगायतका विषयमा११ बुँदे धारणा सार्वजनिक गरेको छ । यही अवधारणाका आधारमा उसले अन्य दलहरुसँग भोलि हुने प्रम निर्वाचनमा आफ्ना उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा मत माग्न थालेको छ । सिँहदरवारस्थित पार्टी संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरी कांग्रेसले आफ्नो धारणा सार्वजनिक गरेको हो । नेकपा (एमाले) ले पनि आजै आफ्नो अवधारणा सार्वजनिक गरेको छ ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?