Inside

All Time Top 50 News

अलबिदा सुशिल दा ! स्व. सुशील कोइरालाको जीवनी र कार्य PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Anand Gurung   
Tuesday, 09 February 2016 11:47

फेब्रुवरी १० तारिख बुधबार दिउँसो २ बजे राजकिय सम्मानका साथ स्व. कोईरालाको अन्त्यष्टि गरिने
मुलुकभरका सरकारी कार्यालयमा तीन दिन राष्ट्रिय झण्डा झुकाउने
Exclusive: 8 photos:
काठमाण्डौं- पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको फेब्रुवरी ९ तारिख मंगलबार राति १२ बजेर ५० मिनेटमा आफ्नै निवास महाराजगञ्जमा कोइरालाको निधन भएको छ । नेपाली राजनीतिमा इमान्दारितालाई सबैभन्दा ठूलो शक्ति ठान्ने कोइराला समकालीन नेताहरूमा सबैभन्दा सादा जीवन व्यतित गर्ने मध्येमा एक थिए । १९९६ साल माघ २८ गते बाबु वोधप्रसाद कोइराला र आमा कुमुदिनी कोइरालाको कोखबाट जन्मिएका कोइराला बाल्यकालदेखि नै नेपाली राजनीतिमा सक्रिय रहँदै आएका थिए । आजीवन अबिहाहित रहेका कोईरालाका ५ दाजूभाई र ३ दिदिबहिनी छन् । २००७ सालमा ११ वर्षको उमेरदेखि राजनीतिमा प्रवेश गरेका कोइराला निरन्तर नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय थिए ।

Tribute to late ex-Prime Minister and Nepali Congress Party President Sushil Koirala at his residence in Maharajgunj, Kathmandu who died on February 9, 2016. Photo courtesy: Anand Gurung

राजनितिक जीवन र कार्य

बि.सं २०१२ साल माघमा वीरगञ्जमा सम्पन्न नेपाली काँग्रेसको छैठौं महाधिवेशनमा सहभागी कोइराला २०१४ सालमा निर्वाचनको तिथि घोषणाको माग गर्दै देशव्यापी रूपमा भएको भद्र अवज्ञा आन्दोलनमा विराटनगरमा सहभागी समेत भएका थिए । २०१५ सालमा संसदीय निर्वाचनको प्रचार प्रसारमा नेपालगञ्जमा सक्रियतापूर्वक सहभागी भएका कोइराला २०१७ साल पौष १ गते सैन्यबलको आडमा राजाबाट निर्वाचित सरकार अपदस्थ गरी संसद् भंग गरेपछि नेता सुवर्ण समशेरलाई नेपालको राजनीतिक अवस्थाको जानकारी दिन भाइ डा.अरुण कोइरालासहित कोलकत्ता प्रस्थान गएका थिए ।

Tribute to late ex-Prime Minister and Nepali Congress Party President Sushil Koirala at his residence in Maharajgunj, Kathmandu who died on February 9, 2016. Photo courtesy: Anand Gurung

Late ex-Prime Minister and Nepali Congress Party President Sushil Koirala. Photo courtesy: facebook profile

राजा महेन्द्रको कोशी अञ्चल सवारी हुँदा त्यसको विरोधमा भूमिगत रूपमा क्रियाशीलसमेत भएका कोइरालाले २०१७ सालदेखि २०३७ सालसम्म भारतमा निर्वासित जीवन बिताएका थिए । २०३० सालमा प्रजातान्त्रिक आन्दोलनलाई नयाँ आयाम दिन गरिएको विमान अपहरण काण्डमा संलग्न र भारतमा पक्राउ परेका कोइराला तीन वर्षभन्दा बढी समय भारतका विभिन्न जेलमा जेल जीवन बिताएका थिए । यसैगरी, २०३७ सालमा जनमत संग्रह हुनुभन्दा केही हप्ता अगाडि गिरिजाप्रसाद कोइरालासंगै आममाफी पाएका कोइराला २०३७ सालको जनमत संग्रहमा बहुदलीय व्यवस्थाको पक्षमा जनमत सिर्जना गर्न सक्रिय थिए । उनी २०४२ सालको सत्याग्रहमा सक्रिय रूपमा सहभागी थिए भने २०४६ सालको जनआन्दोलनमा पनि उत्तिकै सक्रिय थिए ।

Late ex-Prime Minister and Nepali Congress Party President Sushil Koirala. Photo courtesy: facebook post (Please notify if you know the photographer's name)

जनआन्दोलनका कार्यक्रम सञ्चालन गरी जनमत सिर्जना गर्न बर्दियामा सक्रिय रहेका बेला काँग्रेस नेता तारानाथ रानाभाटसंगै गिरफ्तार भएका थिए र २०५९ असोज १८ गते तात्कालीन राजा ज्ञानेन्द्रले जननिवाचित सरकारलाई अपदस्थ गरेपछि नेपाली काँग्रेसको नेतृत्वमा चलेको शान्तिपूर्ण आन्दोलनमा सक्रिय कोइराला २०६१ माघ १९ गते शाही कु भएपछि सोही दिन बाँकेमा ३ महिना नजरबन्दमा परेका थिए । काँग्रेसको अगुवाईमा सञ्चालित सात दलीय गठबन्धन नेतृत्वको आन्दोलनमा सक्रिय भएका कोइरालाले निरङकुश राजतन्त्रविरुद्ध २०६२/६३ मा नेपाली काँग्रेसको नेतृत्वमा सञ्चालित आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । कोइरालाले प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलनका क्रममा नेपाल र भारत गरी छ वर्षभन्दा बढी समय जेलमा बिताएका थिए ।

Late ex-Prime Minister and Nepali Congress Party President Sushil Koirala. Photo courtesy: facebook profile

बि.सं. २०१२ सालमा नेपाली काँग्रेसको सदस्यता लिएका कोइराला नेपाली काँग्रेसको आधिकारिक मुखपत्र 'तरुण' पत्रिका प्रवासकाल वनारस भारतमा सम्पादकको भूमिकासमेत निभाएका थिए ।

बि.सं. २०४५ साल मंसीर १३ देखि काँग्रेसको केन्द्रीय सदस्य भएका कोइराला २०४५/४६ मा विदेश बिभाग प्रमुख भएका थिए । २०५३ सालमा भएको नवौं महाधिवेशनबाट महामन्त्री भएका कोइराला २०५५ साल असोज २० गते उपसभापति भएका थिए । ११औं महाधिवेशन २०६४ सालमा कार्यबाहक सभापतिको जिम्मेवारी सम्हालेका कोइराला २०६७ माघमा सम्पन्न बाह्रौं महाधिवेशनबाट नेपाली काँग्रेसको सभापति पदमा निर्वाचित भएका थिए । २०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनपछि नेपाली काँग्रेसलाई मुलुककै पहिलो दलका रूपमा विजयी गराएका कोइराला २०७० माघ २७ गते नेपालको प्रधानमन्त्री बनेका थिए । उनकै नेतृत्वमा २०७२ असोज ३ गते मुलुकले संघीय लोकतान्त्रिक गाणतन्त्र नेपालको संविधान प्राप्त गरेको थियो । नयाँ संविधान जारी भएपछि उनले २०७२ असोज २३ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।

प्रधानमन्त्रीमा बहाल रहेको अवस्थामा क्यान्सर जितेको खुसीमा लामो समय अमेरिकामै घुमफिरमा बिताएका कोइराला काठमाडौं फर्केलगत्तै महाधिवेशनमा होमिए । बिरामी भएकाले आराम गर्नुपर्ने नेताहरूको दबावलाई प्रतिवाद गर्दै कोइरालाले केही दिनअघिमात्रै भक्तपुरमा भनेका थिए- "क्यान्सर जितेर आएको छु, अब म स्वस्थ्य भएको छु ।" तर कोईरालाको यस्तो दावी धेरै दिन टिक्न सकेन । लोकतन्त्र र निष्ठाको राजनीतिमा लामो कालखण्ड, थुप्रै बाधा र चुनौतीको सामना गरेका उनको ७७ वर्षको उमेरमा गएराति निधन भयो ।

Tribute to late ex-Prime Minister and Nepali Congress Party President Sushil Koirala at his residence in Maharajgunj, Kathmandu who died on February 9, 2016. Photo courtesy: Anand Gurung

राजकिय सम्मानका साथ अन्त्यष्टि गरिने

कोइरालाको पार्थिव शरीरलाई उनको निवास महाराजगञ्जबाट पार्टी कार्यालय सानेपा लगिएको थियो । कांग्रेस सभापति कोइरालाको पार्थिव शरीरलाई भोली बुधबार दिउँसो २ बजे राजकिय सम्मानका साथ अन्त्यष्टि गरिने भएको छ ।

काँग्रेस सभापति सुशील कोइरालाको निधनका कारण काँग्रेसले पार्टीको आसन्न १३ औं महाधिवेशनका सम्पूर्ण कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगन गर्ने निर्णय गरेको छ । स्व. कोइरालालाई अन्तिम श्रद्धाञ्जली दिन पार्टी कार्यालय सानेपामा कांग्रेस नेता, कार्यकर्ता तथा सर्वसाधारणको ठूलो भिड लागेको छ । पूर्व राष्ट्रपति रामवरण यादवले समेत पार्टी कार्यालय पुगेर उनलाई श्रद्धाञ्जली अर्पण गरेकाछन् ।

पूर्व प्रधानमन्त्रीहरु लोकेन्द्रबहादुर चन्द, बाबुराम भट्टराई, पूर्व सभामुख सुवास नेम्वाङ, तमलोपाका अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरुले कांग्रेस पार्टी कार्यालय पुगेर श्रद्धाञ्जली ब्यक्त गरेकाछन् । यस्तै, कोइरालाको निधनको खबर पाए लगत्तै स्व. कोइरालाको निवास पुगेकाशेरबहादुर देउवा, रामचन्द्र पौडेल लगायतका  काँग्रेस नेताको पनि पार्टी कार्यालयमा उपस्थिति रहेको छ । अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यकर्ताहरु लामबद्ध भएका छन् ।

मन्त्री परिषद्को निणर्य:
माघ २७ गते (फेब्रुवरी १० तारिख बुधबार) सार्वजनीक विदा दिने
मुलुकभरका सरकारी कार्यालयमा तीन दिन राष्ट्रिय झण्डा झुकाउने
विदेश स्थित् कुटाीतिक नियोगहरुमा शोक पुस्तिका राख्ने


सरकारले स्वर्गीय पूर्वप्रधानमन्त्री सुशिल कोइरालाको अन्तमि संस्कार पूर्णराजकीय सम्मानका साथ गर्ने निणर्य गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको मन्त्री परिषद्को आकसमीक बैठकले पूर्वप्रधानमन्त्री तथा नेपाली कॉग्रेसका सभापति सुशिल कोइरालाको असमायीक निधनप्रति गहिरो शोक प्रकट गर्दै पूर्ण राजकीय सम्मानका साथ अन्तिम संस्कार गर्ने निर्णय गरेको छ । त्यसैगरी, स्वर्गीय पूर्वप्रधानमन्त्री कोइरालाको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै माध २७ गते सार्वजनीक विदा दिने निर्णय गरेको काकून मन्त्री अग्नि खरेलले जानकारी दिएकाछन् ।

Tribute to late ex-Prime Minister and Nepali Congress Party President Sushil Koirala at his residence in Maharajgunj, Kathmandu who died on February 9, 2016. Photo courtesy: Anand Gurung

मन्त्री परिषद्को आकस्मीक बैठकले पूर्वप्रधानमन्त्री कोइरालाको निधनमा मुलुकभरका सरकारी कार्यालयमा तीन दिन राष्ट्रिय झण्डा झुकाउने, विदेश स्थित् कुटाीतिक नियोगहरुमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ । बैठकले पूर्वप्रधानमन्त्री कोइरालाको सम्मानमा प्रदान गरिने राजकीय सम्मानको व्यवस्था मिलाउन गृहमन्त्री शक्ती बस्नेतलाई जिम्मेवारी दिएको छ ।

मुलुकले असल नेता गुमाएको नेताहरुको प्रतिक्रिया

मुलुकको ठूलो दल काँग्रेस सभापित कोइरालाको निधनले समग्र नेपाली राजनीतिलाई नै गम्भीर असर परेको नेताहरुको भनाइ छ ।

यसैबीच, कोइरालाको निधनपछि उनको निवास महारजगञ्जमा श्रद्धाञ्जलि दिन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकले असल नेता गुमाएको प्रतिक्रिया दिएका छन् । मुलुकलाई सदैव कोइरालाको अभाव खड्किरहनु प्रधानमन्त्री ओलीले बताएका हुन् ।

काँग्रेस उपसभापति रामचन्द्र पौडेलले कोइरालाको नेतृत्वमा मुलुकले नयाँ संविधान प्राप्त गरेको भन्दै संविधान कार्यान्वयन गरेर उनको सपना साकार पारिने प्रतिक्रिया दिएका छन् । कोइरालाको निधनले मुलुकलाई अपूरणीय क्षति भएको उनको भनाइ छ ।

त्यस्तै, राप्रपा नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापाले कोइरालाको निधनले आफू स्तव्ध भएको बताएका छन् ।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका पूर्व प्रधानमन्त्री तथा नेपाली का“ग्रेसका सभापति सुशील कोइरालाको निधन भएको प्रति दुःख व्यक्त गरेका छन् । ट्वीट गर्दै मोदीले सादा जीवन शैलीका कोइरालाको अभाव खड्किरहने बताएका छन् । साथै उनले कोइराला परिवार र नेपाली जनताप्रति समवेदना प्रकट गरेका छन् ।

Late ex-Prime Minister and Nepali Congress Party President Sushil Koirala. Photo courtesy: facebook post (Please notify if you know the photographer's name)

एकीकृत माओवादी अध्यक्ष प्रचण्डले पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको निधनले देशलाई अपूरणीय क्षति भएको बताएका छन् । संविधान निर्माण प्रक्रियामा कोइरालाको योगदान नभएको भए संविधानसभाबाट संविधान बनाउने कुरा सम्भव नहुने भन्दै प्रचण्डले कोइरालाको निधनमा श्रद्धाञ्जलि व्यक्त गरेका छन् । देशको सबैभन्दा ठूलो पार्टी नेपाली काँग्रेसको सभापतिको हैसियतले सरकारको प्रधानमन्त्रीको हैसियतले पनि उहाँको योगदान अतुलनीय रहेको बताएका छन् । शुसील कोइराला नेपालको लोकतान्त्रिक आन्दोलनको एक स्थापित व्यक्तित्व भएको प्रचण्डको भनाइ थियो । संविधान निर्माणमा योगदानका कारण कोइराला नेपालको एक अविश्मरणीय राजनीतिक व्यक्तित्व बनिसकेको भन्दै प्रचण्डले संविधान कार्यान्वयनको सन्दर्भमा आफूले कोइरलालासंग अन्तरंग कुराकानी गरेको प्रचण्डले उल्लेख गरेकाछन् ।

नेपाली काँग्रेसले एक विज्ञप्ति प्रकाशन गरी कोइरालाको निधनबाट सिङ्गो देश, नेपाली जनता र पार्टी पङ्क्ति स्तब्ध र शोकमग्न भएको जनाएको छ । पार्टी महाधिवेशनको पुर्वसन्ध्यामा सभापति कोइरालाको निधनले कांग्रेसजनलाई स्तब्ध बनाएको छ ।

अल बिदा सुशील दा ।

-Anand Gurung in Kathmandu

Read related news:

-नेपालका पूर्व प्रधानमन्त्री एबं नेपाली काँग्रेसका सभापति शुशिल कोईरालाको निधन

-न्यू योर्कमा नेपालका प्रधानमन्त्री सुशिल कोईरालाको नेपालीहरुद्वारा स्वागत, उनले यसरी मन जिते

-न्यू योर्कमा दोहोरो नागरिकताको सवालमा अलमल्ल परेका काँग्रेस सभापति कोईरालाको अनुरोध: "मलाई सन्त नेता नभन्नोस्"

-प्रधानमन्त्री बने काँग्रेस सभापति सुशिल कोईराला, ७४ बर्शिय अविवाहित नेताद्वारा देश र जनताको पक्षमा काम गर्ने बाचा

-न्यू योर्कमा काँग्रेस सभापति कोईरालासंगको अन्तरकृयामा लिम्बुवान राज्यको माग गर्दै कालो झन्डा

-न्यू योर्कमा आई पुगे काँग्रेस सभापति सुशिल कोईराला, क्यान्सर उपचार जुलाई २ तारिख हुँदै

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.