NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

सहमतिको सरकारको निर्माणकालागि थप तीन दिन माग PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Sunday, 21 August 2011 19:47

काठमाडौ- राष्ट्रपति डा. रामबरण यादवले दिएको आजसम्मको समयावधिभित्र राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न राजनीतिक दलहरु असहमत भएपछि उनीहरुले राष्ट्रपति यादवसँग सहमतिको सरकारको निर्माणकालागि थप तीन दिन माग गरेका छन् ।

ठूला राजनीतिक दलहरुले माग गरेअनुरुपको समयावधि राष्ट्रपति यादवले दिएपनि यो समयावधिभित्र सहमतिको सरकार बन्ने सम्भावना फेरिपनि देखिन्न ।

राष्ट्रपति यादवले दिएको एक हप्ताको समयावधि आज अपरान्ह ५ बजे सकिनुभन्दा दुई घण्टा अघिमात्र तीनै ठूला राजनीतिक दलका प्रमुख तथा प्रधानमन्त्रीकालागि एमाओवादी र कांग्रेसका प्रत्यासीहरुसहितको बैठकले राष्ट्रपतिसँग तीन दिनको थप समयावधि माग्ने निर्णय गरेको थियो । राष्ट्रपति यादवले गत साउन ३० गते अन्तरिम संविधान २०६३ को धारा १ सय ३८, उपधारा १ अनुसार राष्ट्रिय सहमतिको सरकार गठनका लागि संविधान सभामा प्रतिनिधित्व गर्ने दलहरुलाई आव्हान गरेका थिए ।

दलहरुले सहमतिको सरकार बनाउने निर्णय गरेपनि आफ्नै नेतृत्वमा मात्र सहमति खोज्ने प्रयास गरेपछि सहमतिको सरकार बन्न नसकेको हो । सहमतिको सरकारको नेतृत्वकालागि सबैभन्दा ठूलो दल एमाओवादी र दोश्रो ठूलो दल नेपाली कांग्रेसले दावी गर्दै आएका छन् । एमाओवादीले उपाध्यक्ष डा. बाबुराम भट्टराई र नेपाली कांग्रेसले बरिष्ठ नेता शेरबहादुर देउवालाई प्रत्यासी बनाएको छ ।

समयावधि थपकालागि राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गर्न आयोजित तीन दलको बैठकमा तीनै ठूला दलका अध्यक्षका अलवा प्रधानमन्त्रीकालागि एमाओवादीका प्रत्यासी डा. भट्टराई र नेपाली कांग्रेसका प्रत्यासी देउवापनि सरिक थिए । एमाले चाहिँ प्रधानमन्त्रीको दौडमा छैन । प्रधानमन्त्रीको दावी गरिरहेका दुवै दलले आफ्नो नेतृत्वमा सरकार बनेमा शान्ति प्रकृया टुङ्गिने र सम्बिधान निर्माण कार्य सहज हुने दावी गरिरहेका छन् ।

राष्ट्रपतिलाई समयावधि थप गर्न आग्रह गर्ने निर्णय गर्नुअघि आइतबार विहान तीन ठूला पार्टीका प्रमुखहरुबीच छुट्टाछुट्टै कुराकानीपनि भएको थियो । एमाओवादी अध्यक्ष प्रचण्ड र प्रम तथा एमाले अध्यक्ष झलनाथ खनालबीच कुराकानी भए लगत्तै प्रचण्ड र कांग्रेस सभापति कोइरालाबीचपनि कुराकानी भएको थियो । दुवै कुराकानीमा प्रचण्डले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व आफ्नो पार्टीलाई दिन आग्रह गरेका थिए । कुराकानीकालागि प्रचण्ड प्रम निवास बालुवाटार र सभापति कोइरालाको निवास महाराजगन्ज पुगेका थिए ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?