NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

'प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई घोषणा गरे पनि सहयोग गर्ने अवस्था छैन'- नेकपा (एमाले) सचिव शंकर पोख्रेल PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Sitaram Baral   
Monday, 15 August 2011 09:18

काठमाडौ- शान्ति प्रकृयालाई ठोश निष्कर्षमा पुर्याउने समय सीमासहितको  कार्यतालिका ल्याएर ठोस सहमति गरेमात्र माओवादीको नेतृत्वको सरकारस्वीकार्य हुने घोषणा गरेका नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुले गरेका छन् ।



माओवादी पार्टीको सम्बन्ध लडाकु र हतियारबाट पूर्ण रुपमा विच्छेद नभएसम्म उसको नेतृत्व स्वीकार नहुने बताउँदै उनीहरुले सरकारको नेतृत्वकालागि माओवादीले लडाकूसँगको सम्बन्ध पूर्ण रुपमा बिच्छेद हुनुपर्ने बताएका हुन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिँह केसीले पार्टीको निर्णय शान्ति प्रकृया नटुङ्गिदासम्म माओवादी नेतृत्व स्वीकार्य नहुने रहेपनि आफूले पार्टीको बैठकमा शान्ति प्रकृयालाई निस्कर्समा पुर्याउने समयसीमा सहितको  कार्यतालिका ल्याएर ठोस सहमति गरे माओवादीको नेतृत्वको सरकार स्वीकार्य गर्नु पर्ने एजेण्डा प्रवेश गराएको बताए । उनले भने- 'माओवादीले ठोस प्रतिबद्धता ब्यक्त गरे कांग्रेसले नेतृत्वकोबारेमा खुल्ला भएर छलफल गर्नुपर्छ ।'

केसीले सेना समायोजनको मोडालिटी संख्या, दर्जा, पुनरस्थापना र स्वेच्छिक अवकासको प्याकेजमा समयसीमा सहितको ठोस प्रतिबद्धता माओवादीबाट आउनुपर्ने बताउँदै नेपाली कांग्रेसले आगामी सहमतिको सरकारमा दावी गर्ने बहुमतीय प्रणालीमा पनि उम्मेदवारी दिने दावी गरे ।  यद्यपि कांग्रेसको प्राथमिकता बहुमतीय सरकार नभई सहमतिको सरकार भएको उनको भनाई थियो ।

केसीले संसदीय दलको नेता बाहेकका नेता समेत उमेदवार बन्न सक्ने बताए । 'पार्टीको स्पष्ट बहुमत भएको अवस्थामा संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने व्यवस्था छ' उनले भने- 'अहिले त्यस्तो अवस्था नरहेको र सहमतिको सरकार गठन गर्नु पर्ने भएकोले संसदीय दल बाहिरका नेता पनि प्रधानमन्त्रीको उमेदवार बन्न सक्छन् ।' उनको यो भनाई वरिष्ठ नेता शेरबहादुर देउवा पनि प्रधानमन्त्रीको उमेदवार बन्न सक्नेतर्फ लक्ष्यित थियो ।

नेकपा (एमाले) का सचिव शंकर पोख्रेलले शान्ति प्रक्रियामा समायोजनको मापदण्ड, मोडालिटी, दर्जा र पुनरस्थापनाको प्याकेजमा समयसीमा सहित फेरि अपब्याख्या नहुने गरी कार्ययोजना ल्याएर ठोस सहमति गरे माओवादीको नेतृत्व स्वकार गर्न एमालेलाई कुनै आपत्ति नभएको बताए । शान्ति प्रक्रियाका चार विषयमा माओवादीले ठोस प्रतिबद्धता जनाउने हो भने माओवादीले नेतृत्वकोलागी तयार छौं' उनले भने- 'तर त्यो विना चाहिँ एमाओवादीको नेतृत्व सम्भव छैन ।'

एमाले नेता पोखरेलले अहिलेसम्म सहमतिको सरकार बन्न सक्ने कुनै आधार नरहेको दावी गरे । 'फेरि पनि बहुमतीय सरकार नै बन्ने देखिन्छ माओवादीले काग्रेसलाई स्वीकार्ने अवस्था छैन, कांग्रेसले पनि शान्ति प्रक्रिया निस्कर्समा नपुर्याएसम्म माओवादीको नेतृत्व स्विकार्दिन भनिसकेको छ' पोखरेलको तर्क थियो- 'फेरि माओवादीको नेतृत्वले सहमतिको प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई घोषणा गरे पनि सहयोग गर्ने अवस्था छैन ।'

यो अवस्थामा नेपाली कांग्रेसको नेतृत्वमा बहुमतीय सरकार बन्ने सम्भावना रहेको बताउँदै पोखरेलले त्यसकालागि शान्ति प्रकृया निस्कर्समा पुर्याउन माओवादीलाई बाध्य पार्ने योजना कांग्रेसले ल्याउन सुझाव दिए । एमालेले यसपटक सहमति वा बहुमतको कुनै पनि सरकारको नेतृत्वको दावी नगर्ने दोहोर्याउँदै पोखरेलले संक्रमणकाल अहिले नै अन्त्य हुने अवस्था नभएकाले 'एमाले नेता केपी शर्मा ओली यसपटकको उमेदवार बन्ने होईन, अर्को पटक उनी प्रमकालागि उम्मेदवार बन्ने अवस्था आउन सक्ने' सम्भावना व्यक्त गरे ।

एमाओवादी स्थायी समिति सदस्यसमेत रहेका भौतिक योजना तथा निर्माण मन्त्री टोपबहादुर रायमाझीले माओवादी शान्ति प्रकृयालाई..प्रकि्रयाका सम्बन्धमा अरु दलमा रहेका आशंका मेटाएर माओवादीले विश्वासको बातावरण बनाउनु पर्छ रायमाझीले भने त्यसकालागि हामी तैयार छौं ।'

डा. बाबुराम भट्टराईलाई पार्टीले सर्वसम्मतिलॆ प्रधानमन्त्रीको रुपमा अघि सार्ने निर्णय गरेको बताउँदै रायमाझीले भट्टराईकै नेतृत्वमा सहमतिको सरकार बनाउनु पर्ने, फेरि पनि बहुमतको सरकार गठन गर्ने भए प्रधानमन्त्री झलनाथ खनालको राजिनामाको औचित्य पुष्टि गर्न नसकिने बताए । 'शान्ति र संविधानको बकालत गर्ने भट्टराईलाई सहमतिको सरकार गठन गर्न पार्टीबाट अवरोध हुँदैन' रायमाझीले भने- 'अन्य दलहरुलेपनि उहाँको नेतृत्व स्वीकार गर्ने ठानेर नै पार्टीले उहाँलाई अघि सारेको हो ।'

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?