NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

लुम्बिनीलाई बौद्ध धर्मावलम्बीको 'मक्का' कोरुपमा विकास गर्ने लक्ष्य PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Wednesday, 10 August 2011 16:12

काठमाडौ- लुम्बिनीको विकासमा उत्तरतर्फको छिमेकी चीनले चासो दिइरहका बेला दक्षिणतर्फको छिमेकी भारत सशंकित बनेपनि मलेसियामा आयोजित लुम्बिनीको विकास सम्बन्धी एक अन्तरराष्ट्रिय बैठकमा भाग लिएर फर्केका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतको शंकालाई पनि सम्बोधन गर्ने प्रयास गरेका छन् ।



उनले लुम्बिनीको विकासकालागि चीनमात्र नभई अमेरिका, अष्ट्रेलिया, दक्षिण कोरिया, थाइलैण्डलगायतका मुलुकहरुपनि लागि परेको बताए ।

प्रचण्ड उपाध्यक्ष रहेको एसिया प्यासिफिक एक्सचेन्ज एण्ड कोअपरेशन फाउन्डेसन (एपेक) को लुम्बिनी विकाससँग सम्बन्धित बैठकमा प्रचण्ड गत शनिवार मलेसियातर्फ लागेपछि भारतीय पक्षबाट आशंका व्यक्त गरिएको थियो । यसै आधारमा उनी सम्बद्ध सो संस्था नक्कली भएको प्रचार गराइयो । साथै उनी चिनियाहरुसँग अन्य प्रयोजनकालागि वार्ता गर्न गएको आशंकापनि गरिएका थिए ।

दुई दिनकालागि गएपनि चार दिनपछि फर्केका प्रचण्डले फर्कँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै लुम्बिनीको विकासकालागि आयोजना गरिएको छलफलमा भाग लिन नै आफू मलेसिया गएको बताए । बैठकमा भाग लिन मलेसियातर्फ लाग्नुअघिपनि प्रचण्डले सो संस्थामा सम्बद्धतालाई लिएर आफूलाई चीन समर्थकको रुपमामात्र प्रचार गरिनु गलत भएको जिकिर गरेका थिए । उनको भनाई थियो- 'भारतलेपनि नेपालमा कैयौं परियोजना लागू गरेको छ । मेरो प्रधानमन्त्रीत्व कालमा मैले पूर्व पश्चिम रेलमार्गको प्रस्ताव राखेको थिएँ । त्यसको आधारमा मलाई भारत समर्थक भन्न मिल्छ?'

लुम्बिनीलाई बौद्ध धर्मावलम्बीको 'मक्का' कोरुपमा विकास गर्नुका साथै पुरै देशमा आर्थिक सम्बृद्धि ल्याउन, अन्तर्राष्ट्रिय अनुदान भित्र्याउन चिनिया पक्षसँग वार्ता भैरहेको बताउँदै उनले नॆपालको भूराजनीतिक परिस्थितिले गर्दा दुवै छिमेकीसँग मित्रवत र समदुरीको सम्बन्ध राख्न आवस्यक रहेको र आफू राजनीतिक रुपमा एउटा छिमेकीको विरुद्ध अर्को छिमेकीको पक्ष लिने पक्षमा नरहेको स्पष्टिकरण दिए ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?