NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

रिडिमा तीन दिने माघे संक्रान्ती मेला शुरु PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Chandrakanta Khanal   
Sunday, 15 January 2012 09:40

रुपन्देही- गुल्मीको रिडी क्षेत्रमा आईतवार (माघ १) देखि तीन दिने माघे संक्रान्ती मेला शुरु भएको छ ।

गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगम स्थल रिडी क्षेत्रको काली गण्डकीमा माघे संक्रान्तिको दिन काली गण्डकीमा स्नान गर्न आउने श्रद्धालुहरुको दिनभर घुँईचो लागेको थियो ।

गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगम स्थल रिडी धार्मिक पौराणिक ऐतीहासिक तथा पर्यटकिय दृष्टिले पनि निकै महत्वपूर्ण मानिन्छ । नेपालका चारधाम मध्ये एक धाम र धार्मिक तथा पर्यटकिय दृष्टिकोणले रुरु क्षेत्र महत्वपूर्ण मानिन्छ । माघे संक्रान्तिको अवसरमा काली गण्डकीमा स्नान गर्न र रिषीकेशव मन्दिरको दर्शन गर्न गुल्मीलगायत पाल्पा, स्याङ्जा, अर्घाखाँची, प्यूठान, वाग्लुङ्ग, रुपन्देहीलगायतका जिल्लाहरुवाट श्रद्धालुहरुको घुँईचो लाग्ने गर्दछ । यसदिन नदीमा स्नान गरेर रुरुकन्याको दर्शन गरेमा मानिसहरुले आफुले अन्जानका गरेका सम्पूर्ण पापवाट मोक्ष प्राप्त हुने िकंवदन्ती समेत रहेको छ । जेठी संक्रमन्तिमाहिली र कान्छी संक्रान्ति गरि तिन दिनसम्म लाग्ने रिडी मेला भर्नकालागि टाढाटाढाका मानिसहरु संक्रान्तिको अघिल्लो दिननै रिडीमा आउने गर्दछन् ।

यो पटक पनि विगतकोभन्दा नदीमा स्नान गर्न आउने श्रद्धालुहरुको उपस्थिति निकै वाक्लो रहेको थियो । काली गण्डकि ए जलविद्युत परियोजनाका कारण मिर्मिमा नदि थुनेर विद्युत उत्पादन गरेपछि रुरु क्षेत्रको काली गण्डकीमा पानीको वहाव निकै कमि हुँदै आएको छ । जसकाकारण उक्त क्षेत्रमा मरेका मानिसहरुको शव जलाउँदा त्यसक्षेत्र आजभोली निकै प्रदुषित वन्दै गएको छ । तीन दिनसम्म लाग्ने माघे संक्रान्ति मेला व्यापारिक दृष्टिकोणले जिल्लामा महत्वपूर्ण मानिन्छ । माघी मेलामा व्यापार गर्न गुल्मीलगायत पाल्पा, स्याङ्जा, अर्घाखाँची, वाग्लुङ्ग, रुकुम र रोल्पा, जुम्लासम्मका व्यापारीहरु आउने गर्दछन् ।

उनीहरुले ल्याएका कम्मल, काम्ला, पाखी, बाँसवाट निर्मित सामाग्री र ओखरका घाँजी काठका सामाग्री उनीजन्य वस्तुहरु रिडीको माघी मेलामा मेला हेर्न आउने मानिसहरुकालागि थप आकर्षकका वस्तुहरुमा पर्दछन् । मेलालाई व्यवस्थि गर्नकालगि स्थानीय रुरु फ्रेण्डस क्लवले सहयोग गरिरहेको छ । क्लवको आयोजनामा रिडीमा राष्ट्रिय ख्याती प्राप्त विभिन्न कलाकारहरुद्वारा विविध सांस्कृतिक कार्यक्रमसमेत संचालन गरिएको छ । रिडी मेलाको आज एक कार्यक्रमका वीच वन तथा वातावरण मन्त्रालयका सचिव कृष्ण ज्ञवालीले उद्घाटन गर्नु भएको थियो ।

-Chandrakanta Khanal in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?