Inside

All Time Top 50 News

माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी PDF Print E-mail
Share
User Rating: / 24
PoorBest 
Saturday, 11 April 2009 07:06
काठमाण्डौं, संविधान सभा उपनिर्वाचन भएको ६ निर्वाचन क्षेत्र मध्ये दुई स्थानमा एकिकृत माओवादीले जितेको छ भने नेपाली काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी भएका छन् ।

रोल्पा २ को मत परिणाम आउन बाँकी छ । रोल्पाबाट माओवादी उम्मेदवार सन्तोष बुढा मगरको विजयी निश्चित भएको बताइएकाले उपनिर्वाचनबाट माओवादीको एक सभासद बढ्ने भएको छ । उता काँग्रेस र फोरमले भने एक एक स्थान गुमाएको छ । एमालेको एक स्थान बढेको छ ।

गत वर्ष सम्पन्न संविधान सभा निर्वाचनमा काँग्रेसबाट राष्ट्रपति डा. रामवरण यादवले जितेको स्थानमा एमाले उम्मेदवार रघुवीर महासेठ विजयी भएका छन् । चैत २९ गते घोषणा गरिएको परिणाम अनुसार महासेठले १३२३० तथा उनका निकतम प्रतिद्धन्द्धी तराई मधेश लोकतान्त्रिक पार्टीका श्रीकृष्ण यादवले १२१८९ मत प्राप्त गरेका छन् । काँग्रेसका तर्फबाट उम्मेदार बनेका राष्ट्रपति पुत्रले तेस्रो स्थान प्राप्त गरेका छन् ।

फोरमले छोडेको मोरङ ७ मा काँग्रेस उम्मेदवार डा. शेखर कोइराला विजयी भएका छन् । कोइरालाले १२०६१ मत र उनका निकतम प्रतिद्धन्द्धी फोरमका चुमनारायण तवदारले ११३९० मत ल्याएका थिए । मोरङ ५ बाट फोरमका जयराम यादव १३८११ मत पार निर्वाचित भईसकेका छन् ।

कास्की १ मा माओवादी उम्मेदवार कृष्णबहादुर गुरुङ्गले १२२५७ मत पाएर निर्वाचित भएका छन् । काँग्रेसका दिपक गुरुङ्गले १२२२५ मत ल्याएका थिए । 
पूर्व प्रधानमन्त्री तथा काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले छाडेको कंचनपुर ४ मा माओवादीका हरिश ठकुल्ला निर्वाचित भईसकेका छन् ।

-Santa Bagam in Kathmandu

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.