NEWS: बिबिसी नेपाली सेवा ::

Inside

पूर्ण बजेट ल्याउन माओवादी र नेपाली काङ्ग्रेसद्वारा अस्वीकार PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Santa Bagam   
Wednesday, 08 September 2010 16:02

काठमाडौं- पूर्ण बजेट ल्याउन सरकारले गरेको अनुनयलाई एकीकृत नेकपा माओवादी र नेपाली काङ्ग्रेसले ठाडै अस्वीकार गरेका छन् ।

संसार भरी नै काम चलाउ सरकारलाई बजेट मात्रै होइन दुरगामी महत्वका कुनै पनि निर्णय लिने अधिकार हुँदैन ।

तटस्थ बसेर मुलुकलाई बन्धक बनाएको तथा काम चलाउ सरकारको आयु लम्ब्याएर अतिसत्ता मोह देखाएको भन्दै दुबै पार्टीले एमालेको अनुनयलाई अस्विकार गरेकोको सम्बन्धीत दलहरुको भनाई छ । काम चलाउ अर्थमन्त्री सुरेन्द्र पाण्डेले माओवादी र काङ्ग्रेसका मुख्य सचेतकहरुसँग भदौ २३ गते छलफल गरी असोज १० गतेअघि नयाँ सरकार बन्ने सम्भावना नभएको निहुमा यस्तो अनैतिक कदम चाल्न खोजेका थिए । पूर्ण बजेट नआए देशको अर्थतन्त्र ठप्प हुने भन्दै पूर्ण बजेट ल्याउनु पर्ने कामचलाउ अर्थमन्त्री पाण्डेको जिकिर थियो ।

प्रधानमन्त्री निर्वाचनमा तटस्थ बसेर देशलाई अनिर्णयको बन्दी बनाउने अनि पूर्ण बजेट ल्याउँछु भन्नु जायज नभएको माओवादी र काँग्रेसको भनाई छ । बजेट ल्याउनु पाउँ भन्न आएका कामचलाउ अर्थमन्त्री पाण्डेलाई छलफलमा सहभागी एनेकपा माओवादीका मुख्य सचेतक पोष्टबहादुर बोगटी र काङ्ग्रेस मुख्य सचेतक लक्षमणप्रसाद घिमिरेले प्रधानमन्त्री निर्बाचनमा भाग लिएर मुलुकलाई निकास दिनुपर्ने सुझाव दिएर पठाएका थिए । दुबै नेताले संविधान सभाको सबैभन्दा ठूलो र दोस्रो ठूलो दललाई गुमराहमा राखेर एमालेले जबरजस्ती सरकार चलाईरहेको निश्कर्ष निकालेका थिए ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?