NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

एमाओवादी मजदुर नेता तथा सम्बिधान सभा सदस्य शालिकराम जमरकट्टेलमाथि गोली प्रहार PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Saturday, 27 August 2011 14:40

काठमाडौं- प्रधानमन्त्री निर्वाचनको पूर्व सन्ध्यामा एकिकृत नेकपा (माओवादी) का मजदुर नेता तथा सम्बिधान सभा सदस्य शालिकराम जमरकट्टेलमाथि गोली प्रहार भएको छ ।

आफ्नो निवास फर्कने क्रममा शनिवार राति बबरमहलमा उनीमाथि गोली प्रहार भएको हो ।

गोली प्रहारबाट सडकमा लड्न पुगेका जमरकट्टेललाई तत्कालै नजिकै रहेको नर्भिक अस्पताल पुर्याइएको थियो । उनको स्थिति खतरामुक्त रहेको जानकारी अस्पतालले दिएको छ । जमरकट्टेलमाथि आक्रमण भएपछि प्रहरीले राजधानीको नाका बन्द गरेर खानतलासी तीब्र बनाएको छ ।

एमाओवादीको सबैभन्दा शक्तिशाली संगठन अखिल नेपाल ट्रेड युनियन महासंघका निवर्तमान अध्यक्ष जमरकट्टेल विरुद्ध पार्टीभित्र मोहन बैद्य किरण पक्षधरहरुले अभियान नै सन्चालन गर्दै आएका थिए ।  आक्रमणमा उनीहरुको संलग्नता रहे नरहेकोबारे प्रहरीले अनुसन्धान थालेको छ ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?