NEWS: बिबिसी नेपाली सेवा ::

Inside

प्रचन्डलाई प्रधानमन्त्रीमा जिताउन अर्कै सभासद्को नाममा मतदान PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Wednesday, 08 September 2010 16:03

काठमाडौं- एक जना माओवादी महिला सभासद्ले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल 'प्रचन्ड' लाई प्रधानमन्त्रीमा जिताउन अर्कै सभासद्को नाममा मतदान गरिदिएकी छन् ।

उदयपुरबाट निर्वाचित मणि खम्बू (किराँती) ले मतदानमा अनुपस्थित पार्टीका सभासदको नाममा हस्ताक्षर गरेको भेटिएको हो । आइतबार भएको आठौं चरणको निर्वाचनमा उनले यसरी अर्कैको नाममा आफूले सुटुक्क मतदान गरेकी थिइन् ।

उता, यस्ता निर्वाचनमा आफ्ना सभासदहरुलाई अगुवाई गर्नुपर्ने एकजना सभासदसमेत समयमै मतदानमा उपस्थित भइनन् ।

आइतबार सो निर्वाचनमा प्रचण्डलाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्ने प्रस्तावउपरको मतदान सकिएपछि भित्रपट्टि मतगणना हुँदै थियो, यता सभाध्यक्ष सुवास नेम्वाङले प्रचलनबमोजिम नै आफ्नो मत सच्याउन चाहने सभासद्लाई समय प्रदान गरे । अवसर पाउनासाथ खम्बूले सभामुख नेम्वाङलाई चिट दिइन् । त्यसपछि उनलाई त्यो अवसर दिइयो । उनी मत सच्याउन गएकी थिइन् ।

मतदाता सभासद्ले पहिले कहाँ मतदान गरेको थियो त्यो हेरेर अब उसले कहाँ हाल्न चाहेको हो नयाँ चाहनाअनुसार फेरि मतदान गर्न दिइन्छ । सभासद् खम्बूले मत सच्याउनेगरी प्रवेश गरेपछि मतगणना गर्दै गरेका संविधान सभाका कर्मचारीहरुले उनले यसअघि कसको पक्षमा मतदान गरेकी थिइन् त्यो खोजे । तर उनले कसैलाई मतदान गरेको देखिएन । त्यसपछि उनलाई भनियो, 'मत दिएको छ भने मात्र त्यसलाई सच्याउन अवसर दिइएको हो, तपाईंले कतै पनि मतदान गर्नुभएको देखिन्न त्यसैले तपाईंको मत सच्याउने कुरै भएन ।'

त्यसदिनको मतदानमा हिसिला यमीलगायत एमाओवादीका करिब दर्जन सभासद् अनुपस्थित थिए । अनुपस्थितमध्ये कुनै सभासद्ले खम्बूलाई आफ्नो नाममा पनि मतदान गरिदिन भनेको थियो । मतदानकालागि सभासद्हरुको नाम लेखिएको हुन्छ र त्यहाँ उनीहरुले हस्ताक्षर गर्छन् । कसले कुन पक्षमा हस्ताक्षर गरेको छ त्यही हस्ताक्षरलाई एक मत मानेर मतगणना गर्ने प्रचलन हुन्छ । त्यसैअनुसार सभासद् खम्बूले अनुपस्थित कुनै सभासद्को स्थानमा आफ्नो हस्ताक्षर त गरेकी थिइन् ।

तर निर्वाचनमा खटिएका कर्मचारीले पनि हेर्ने भएकाले उनले आफ्नै नाम भएको स्थानमा चाहिँ हस्ताक्षर गर्ने उपयुक्त अवसर पाइनन् । जब उनले मत सच्याउनकालागि अनुरोध गरिन् त्यसपछि मात्र उनले कहाँ मतदान गरेकी थिइन् भन्ने कुरा खोज्ने क्रममा अर्कैको नाममा मत दिएको र मत सच्याउने नाममा अहिले आफ्नै नाममा मतदान गर्न आएको रहस्य खुल्यो ।

सो दिनको मतदानमा एमालेकी सचेतकलेसमेत मतदान नगरेको देखिएको छ । एमाले सचेतक थममाया थापा मगर समयमै संविधान सभा भवनमा नपुग्दा मतदानबाट बन्चित भएकी थिइन् । अरु सभासद्लाई सचेत गराउनुपर्ने सचेतक नै मतदानमा अनुपस्थित भएको सो मतदानमा सर्लाहीबाट एमालेकै अर्का सभासद् प्रकाश पाखि्रन पनि अनुपस्थित थिए भने कांग्रेसका १९ जना जति सभासद् अनुपस्थित थिए ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?