NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

भदौ १४ अघिनै सहमतिको नयाँ सरकार गठन हुने दावी PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Sunday, 07 August 2011 13:02

काठमाडौ- भदौ १४ अघिनै सहमतिको नयाँ सरकार गठन हुने दावी एकिकृत नेकपा (माओवादी) का सचिव तथा सूचना तथा सन्चारममन्त्री पोष्टबहादुर बोगटी (दिवाकर) ले गरेका छन् ।

आज राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री बोगटीले भदौ १४ अगावै नयाँ सरकार बन्ने दावी गरेका हुन् ।

प्रधानमन्त्री झलनाथ खनालले सहमतिको सरकार गठनकालागि तत्कालै राजिनामा दिएर मार्गप्रसस्त गर्ने बताउँदै मन्त्री बोगटीले प्रधानमन्त्रीले दिएको समयसीमा साउन २८ गते भित्रै सेना समायोजनको मोडालिटी, संख्या, दर्जा र पुनरस्थापनामा जाने लडाकुकालागि राहत प्याकेजमा सहमति हुने बताए ।

यसै अवधिमा समायोजनमा जाने र नजाने लडाकूहरुको रिग्रुपिङको प्रकि्रयापनि अगाडि बढ्ने कथन उनको थियो । 'सबै कुरा साउन २८ गते अगाडिनै मिल्छ भन्ने कुरा होईन' मन्त्री बोगटीले भने- 'तर मुलभूत र महत्वपूर्ण विषयहरुमा सहमति बनेर शान्ति प्रकृया अगाडि बढ्नेछ ।'

शान्ति प्रकृयाको मुख्य विषयमा सहमति हुनासाथ प्रधानमन्त्रीले सहमतिको सरकारकालागि मार्ग प्रसस्त गर्ने बताउँदै त्यसपछि माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने ठोकुवा गरे । स्मरणीय छ, यसअघि नै एमाओवादीले नयाँ सरकारको नेतृत्व उपाध्यक्ष डा. भट्टराईले गर्ने निर्णय गरिसकेको छ ।

माओवादी नेताहरुले लिँदै आएको दोहोरो सुरक्षा सैद्धान्तिकरुपमा अन्त्य भईसकेको बताउँदै उनले केही दिनमै ब्यवहारिकरुपमा पनि दोहोरो सुरक्षाको अन्त्य हुने जानकारी दिए । जेठ १४ गते तीन दलबीच भएको पाँच बुँदे सहमतिको कार्यान्वयन गर्न माओवादी प्रतिबद्ध भएको दावी गर्दै उनले अन्य दलपनि यसप्रति प्रतिबद्ध हुनुपर्ने बोगटीको माग थियो ।

कुनै पनि दलले अर्का दललाई आरोप लगाएर शान्ति प्रकृया पुरा नहुने बताएका मन्त्री बोगटी अन्य दललाई शान्ति प्रकृयाको सम्बन्धमा पानी माथिको ओभानो नहुन सुझाव दिए । शान्ति प्रकृयाको एक मुख्य अंग भएकोले माओवादी गम्भीर हुनुपर्ने भएपनि अन्य दलहरुमापनि शान्ति प्रकृयालाई सफल पार्न उत्तिकै जिम्मेवारीको जरुरत रहेको उनको कथन थियो ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?