NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

माओवादी नेताहरुको उडान स्थगित PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Friday, 19 August 2011 13:00

काठमाडौ- पर्यावरणीय मौसम र राजनीतिक मौसमका कारण एमाओवादीका शीर्ष नेताहरुले शुक्रवारकालागि तय गरेको कार्यक्रम स्थगित भएका छन् ।



सत्ता समीकरणका कारण तातेको राजनीतिक मौसमका कारण शुक्रबारकालागि तय गरिएको एमाओवादी स्थायी समितिको बैठबस्न सकेन भने खराव मौसमका कारण धनुषाका आयोजना गरिएको एक स्वर्गीय माओवादी नेताको शालिक अनावरण कार्यक्रममा एमाओवादीका अध्यक्ष लगायतका नेताहरु जान सकेनन् ।

अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराईलगायतका नेताहरु सिँहदरवारमा भएको तीन दलको बैठकमा भाग लिन जानु परेपछि विहान आयोजना  गरिएको स्थायी समितिको बैठक स्थगित भएको थियो । बैठकमा भाग लिनका लागि अन्य नेताहरु चाहिँ तोकिएकै समयमा बैठक आयोजना गरिएको पेरिसडाँडास्थित पार्टी कार्यालयमा पुगेका थिए । डा. बाबुराम भट्टराईको नेतृत्वमा नयाँ सरकार सरकार गठन गर्ने सम्बन्धमा भएका वार्ताहरुको समीक्षा तथा आगामी रणनीति तय गर्न सो बैठक आयोजना गरिएको थियो ।

स्थायी समितिको बैठकको अलवा अध्यक्ष प्रचण्ड तीनै उपाध्यक्ष र महासचिव लगायतका नेताहरु जनयुद्ध सुरु हुनु अगावै मारिएका बरिष्ठ माओवादी नेता रामबृक्ष यादवको शालिक अनावरण गर्न धनुषाको बरमझिया जाने कार्यक्रम थियो । यादव जनयुद्ध सुरु हुनुअगावै भएको ग्रामीण बर्गसंघर्षमा नेपाली कांग्रेसका कार्यकर्ताहरुद्धारा गरिएको आक्रमणमा मारिएका थिए । उनी तत्कालिन एकता केन्द्रका केन्द्रीय सदस्य र तराईमा पार्टीका का सबैभन्दा बरिष्ठ नेता थिए ।

स्व. यादवका अलवा उनकी जीवन संगीनी स्व. रामकुमारी र छोरा शेखरको पनि शालिक अनावरण गर्ने कार्यक्रम राखिएको थियो । स्व. यादवकी पत्नी रामकुमारी यादवको गत साल भदौ १ गते खाना पकाउने ग्याँस दुर्घटनामा परी निधन भएको थियो । यादवका छोरा शेखर चाहिँ जनयुद्धकालमै भारतको जयनगरमा पक्राउ परी नेपाल प्रहरीलाई बुझाइएपछि हत्या गरिएका थिए । तर खराव मौसमका कारण हवाईजहाज जनकपुर जान नसकेपछि माओवादी नेताहरु कार्यक्रम स्थलमा जान सकेनन् ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?