NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

एमाओवादीको नेतृत्वमा सरकार बनाउनलागि पर्ने निर्णय PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Sunday, 07 August 2011 13:00

काठमाडौ- प्रधानमन्त्री झलनाथ खनालकै कारण सरकार अप्ठेरोमा परेको बताउँदै प्रम खनालले साउन २८ गते राजिनामा दिएपछि एमाओवादीको नेतृत्वमा सरकार बनाउनलागि पर्ने निर्णय एकिकृत नेकपा (माओवादी) ले गरेको छ ।

एमाओवादी स्थायी समितिको आजको बैठकले यो निर्णय गरेको हो । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसको थियो ।

आफ्नो पार्टीलाई साउन २८ गतेसम्म अल्टिमेटम दिँदै त्यस अवधिमा शान्ति प्रकृयाकालागि माओवादीले ठोश कदम अगाडि बढाउन सहयोग नगरे राजिनामा दिने भन्ने प्रधानमन्त्री खनालको भनाईले समस्या सिर्जना गरेको एमाओवादीले निष्कर्ष निकालेको हो । पार्टीभित्र र प्रमुख प्रतिपक्षी दलबाट अप्ठेरो सिर्जना गरिरहेका खनालले उपरोक्त घोषणा गरेका थिए ।

यद्यपी वर्तमान सरकारलाई निरन्तरता दिनकालागि अधिकतम प्रयत्न जारी राख्ने, तर प्रधानमन्त्री खनालले साउन २८ गते राजिनामा दिएमा चाहिँ नयाँ सरकारको नेतृत्वको दावी आफूले गर्ने निर्णय एमाओवादी स्थायी समिति बैठकले गरेको छ । सो पार्टीले नयाँ प्रमको रुपमा उपाध्यक्ष डा. बाबुराम भट्टराईको नाम तय गरिसकेको छ ।

प्रधानमन्त्री खनालले शान्ति प्रकृयालाई अघि बढाउने नाममा आफ्नो पार्टीमाथि उपरोक्त शर्त राखेपनि सो शर्तले शान्ति प्रकृयालाई सघाउ नपुर् याउने ठहर गर्दै एमाओवादीले प्रधानमन्त्रीका कारण सत्ता संघर्ष अरु चर्कने र त्यसले शान्ति प्रकृयालाई झन अप्ठ्यारोमा पार्ने निष्कर्ष निकालेको श्रोतले बतायो ।

यद्यपी, एमाओवादीले साउन २८ गते भित्र शान्ति प्रकृयालाई अघि बढाउन आफ्नोतर्फबाट अधिकतम प्रयत्न गर्नुकासाथै लचकता अपनाउने निर्णयपनि गरेको छ । श्रोतकाअनुसार, यसकालागि एमाओवादीले छिट्टै लडाकू समायोजनका सम्बन्धमा आफ्नोतर्फबाट बिस्तृत धारणा अघि सार्ने निर्णय गरेको छ ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?