NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

आठ हजार मिटरभन्दा बढी उचाईका विश्वका १४ वटै हिमशिखर चढी नयाँ कीर्तिमानी मिङ्गमा शेर्पा र प्रधानमन्त्रीबिच भेट PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Thursday, 25 August 2011 13:08

काठमाडौ- आठ हजार मिटरभन्दा बढी उचाईका विश्वका १४ वटै हिमशिखर चढी नयाँ कीर्तिमान कायम गर्नुभएका मिङ्गमा शेर्पासँग प्रधानमन्त्री झलनाथ खनालले विहीबार विहान भेट गरेका छन् ।

World record holder mountaineer Mingma Sherpa with Prime Minister Jhalanath Khanal. Photo courtesy: PM Office

सोही अवसरमा प्रम खनालले उनलाई खादा ओढाएर सम्मानित गर्नुका साथै बधाई र उत्तरोत्तर प्रगतिको कामना गरेका थिए । शेर्पाले चाहिँ आफूलाई विदेश पलायन हुने स्थितिमा पुग्न नदिन सरकारसँग सहयोगको अनुरोध गरेका थिए ।

संखुवासभा जिल्ला मकालु गाविस-९ नर्वुचौरका शेर्पाले १७ वर्षको उमेरदेखि भरियाका रुपमा अग्ला हिम चुचुराहरु चढ्ने क्रम थालेका थिए । यो  डेढ दशकको अवधिमा उनले विश्वको सर्वोच्च शिखर सगरमाथा, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरी, काचनजँघा तथा चीनको चो यू र सिँगा, प्यांगमा र पाकिस्तानको केटुलगायतका उच्च हिमशृफ्लाहरु आरोहण गरी ८ हजार मिटर भन्दा अग्ला सबै शिखर आरोहण गरी कीर्तिमान कायम गरेका हुन् ।

प्रधानमन्त्री कार्यालयले जनाएअनुसार, प्रधानमन्त्रीसँगको भेटका क्रममा पर्वतारोही शेर्पाले स्वदेशमै रहेर जीवनयापनको व्यवस्था गर्ने उपयुक्त वातावरण निर्माण गर्न सरकारसमक्ष माग गरेका थिए । प्रधानमन्त्री खनालले पर्वतारोहीका लागि अत्यावश्यक र उचित परिवेश निर्माण गरेर स्वदेशमै रहने स्थिति सिर्जना गर्न आफूले सक्दो सहयोग गर्ने वचनसमेत दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?