NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

नबरात्रिको सातौं दिन गोरखाको जमरा काठमाडौं आइ पुग्यो, माओवादीको कालो बेलुन PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Santa Bagam & Sitaram Baral   
Friday, 25 September 2009 08:12
काठमाण्डौ- नबरात्रिको सातौं दिन असोज ९ गते धार्मिक परम्पराअनुसार घरघरमा शुभसाईतको प्रतिक फूलपाति भित्राइएको छ।
 
 
फाइल फोटो- फोटो दशैंमा हालिएको पिङ्ग. Photo by Sitaram Baral
 
केराको बोट, उखुको बोट, आप, चाप, अशोकको पात, बेलपत्र, धानको बाला, अदुवाको बोट, फलफूललगायत नयाँ पालुवालाई फूलपातिको रुपमा विधिपूर्वक आज दसैंघरमा भित्राइएको हो ।

गोरखा दरबारको दसैंघरबाट ल्याइने फूलपाति आज काठमाडौंको हनुमानढोकास्थित दसैंघरमा भित्राइएको छ । फूलपाती धादिङको जीवनपुरबाट पूजारीसहित बाहुन मगर र नेवार जातिले काठमाडौँको जमलसम्म ल्याई पर्सेर हनुमानढोकास्थित दशैँघरमा भित्राइएको छ ।

फूलपातिको अबसरमा नेपाली सेनाले आज काठमाडौंको टुँडिखेलमा बिशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा राष्ट्रपति डाक्टर रामबरण यादव, संविधान सभाका अध्यक्ष सुवास नेम्वाङ, कार्यबाहक प्रधानमन्त्री बिजयकुमार गच्छदार, रक्षामन्त्री विद्या भण्डारी, प्रधानसेनापति छत्रमानिसंह गुरुङ, नेपालका लागि विभिन्न देशका राजदूतलगायत सहभागि हुनुहुन्थ्यो ।

नेपाली सेनाले तोप तथा राइफल पड्काएपछि काठमाडौं उपत्यकाबासीले घर घरमा फूलपाति भित्राएका छन् ।

यसैबीच, सैनिक मन्च टुँडिखेलमा हर्ष बढाइ भइरहँदा एकीकृत नेकपा माओवादी कार्यकर्ताहरुले राष्ट्रपति र कार्यक्रममा सहभागि मन्त्रीहरु बिरुद्ध कालो बेलुन उडाएका थिए । कालो बेलुन उडाउने केही माओवादी कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उसो त बैंकहरुले मागे अनुसारको रकम नदिँदा आर्थिक अभावका कारण कतिपय नेपालीहरुको दशैं केही खल्लो हुने भएपनि नेपालीहरुको महान चाड दशैंको उल्लास गाउँ र शहर दुबैतिर सुरु भएको छ ।

दशैंको महत्वपूर्ण दिन फूलपाती आज देश तथा विदेशका नेपालीहरुले धुमधामका साथ मनाई रहेका छन् । फूलपातिको दिन आज देवी देवताको मन्दिरहरुमा पूजाको घुइँचो लागेको छ ।
 
दशैंकालागि जमरा राखिने दिन घटस्थापनाबाट नै दशैं सुरु भएको मानिने भएपनि वास्तविक दशैं भने आजको दिनदेखि सुरु भएको मानिन्छ । आजदेखि पूर्णिमाको दिनसम्मकालागि सरकारले सार्वजनिक विदा सुरु गरिसकेको छ । तैपनि हिजैदेखि सरकारी कार्यालयहरुमा कर्मचारी र सेवाग्रहीहरुको संख्यामा कमी आइसकेको थियो । राजधानीमा रहेका अधिकांस मानिसहरु दशैं मनाउन आफ्नो घरतर्फ लागिसकेका छन् ।

घरतर्फ जानकालागि बसपार्कहरुमा मानिसहरुको घुइँचो लागेको छ । जहाँ जाने होउन् सबै बसलगायतका यातायातका साधनहरुमा मानिसहरु भरिभराउ छन् । यातायातका साधनहरुको टिकट पाउन गार्हो छ । पछिल्लो समयमा आएर हवाई जहाजको टिकट पाउन झन गार्हो छ ।  एकमात्र यातायातको साधनको रुपमा हवाई सेवा रहेका पश्चिमी दुर्गम जिल्लाहरुमा फर्कन लागेकाहरुले नेपालगन्जमा टिकट नपाएर अलपत्र परेको खवरपनि आएका छन् ।

पहिलेको तुलनामा देशमा शान्ति कायम भएकालेपनि यसरी दशैंमा राजधानी छाडेर आफ्नो गाउँ घर जानेको संख्या बढेको हो । मधेशपनि गत सालभन्दा अपेक्षाकृत शान्त देखिएको छ । राजनीतिक असमझदारीले गर्दा फेरि भीडन्तको सम्भावना बढ्दै जाँदा अर्काे साल दशैं मनाउन पाइन्न कि भनेर घर जानेहरुपनि कम्ति छैनन् । संविधान सभाले नयाँ संविधान घोषणा गर्ने अन्तिम मिति अर्थात् जेठ १४ गते संविधान घोषणा हुन सकेन भने फेरि युद्ध सुरु हुन्छ भन्ने भय धेरै नेपालीहरुमा छ ।
 
दशंैको रौनक गाउँमा अझ बढि देख्न सकिन्छ । गाउँ गाउँमा डोरीको पिङ्ग र रोटे पिङ्ग हालेको देख्न सकिन्छ । भनाईपनि छ- दशैं गाउँलेहरुको चाड हो भने तिहार शहरियाहरुको । दशैंमा गाउँमा देखिने रौनक र तिहारमा शहरमा देखिने रौनक हेर्दा यो भनाई साँचो हो भन्ने देखिन्छ । दशैंमा शहर रित्तो हुन्छ, सबै दशैं मनाउन गाउँ जाने भएका कारण । तर तिहारमा भने शहरमा बसेका अधिकांस नेपालीहरु गाउँ जाँदैनन् । पटका र झिलिमिलीले तिहारमा शहरको रौनकै भिन्दै हुन्छ ।

-Santa Bagam & Sitaram Baral in Kathmandu

Comments

avatar LIMBU DIPESH
0
 
 
Santa and Sitaram,
News itself is not bad but while mention Nepali haru harule ghar-gharm fulpathi vitrayauchhan vannu vanda HINDU dharma lambi harule vanda thk hola ani same thing in abroad too since Nepal has many people who do not celebrate dashain like limbu, rai, sherpa, gurung, muslim, Cristian etc which make majority of Nepal population.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?