NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

कांग्रेसद्वारा दोहोर्याएको सरकारको दावी गर्न पाउने दावी PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Friday, 12 August 2011 22:12

काठमाडौ- प्रधानमन्त्री झलनाथ खनालले राजिनामा दिएपछि बन्ने सरकारको दावी आफूले नै गर्न पाउने दावी नेपाली कांग्रेसले दोहोर्याएको छ ।

पार्टीकोतर्फबाट प्रधानमन्त्रीको उम्मेदवार को बन्ने भन्ने बिषयमा पार्टीभित्र तीब्र विवाद रहेका बेला शुक्रबार प्रधानमन्त्री झलनाथ खनालसँग भएको भेटमा कांग्रेस सभापति सुशील कोइरालाले सरकारको नेतृत्वको दावी गरेका हुन् ।

केही दिनदेखि ज्वरो तथा डायरियाबाट अस्वस्थ प्रधानमन्त्री खनाललाई भेट्न प्रम निवास बालुवाटार पुगेका सभापति कोइरालाले आफ्नो पार्टीको नेतृत्वमा सरकार भए शान्ति प्रकृयालाई अघि बढाउन सहज हुने बताएका थिए । एमाले र एमाओवादी नेतृत्वमा बनेका सरकारबाट शान्ति प्रकृया सफल नभएको भन्दै अब कांग्रेस नेतृत्वको सरकार बनाउन सघाउन आग्रह गरेका थिए ।

प्रधानमन्त्री खनालका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार, प्रधानमन्त्री खनालले कसको नेतृत्वमा सरकार बनाउने भन्ने निर्क्योल आफूले गर्न नसक्ने बताएका थिए । 'माओवादी वा कांग्रेसको नेतृत्वमा सरकार बन्नु पर्छ भन्ने घोषणा अहिल्यै गर्नु उपयुक्त हुँदैन' खनालको जवाफ थियो- 'त्यसको छिनोफानो छलफलका माध्यमद्वारा गरिनुपर्ने पर्छ ।' यस क्रममा उनले राष्ट्रिय सहमतिको सरकारमा जोड दिएका थिए ।

संविधान सभा निर्वाचनपछि एमाओवादीले एक पटक र एमालेले दुईपटकसम्म सरकारको नेतृत्व गरिसकेको बताउँदै अवको नेतृत्व नेपाली कांग्रेसले पाउनुपर्ने बताएका थिए । प्रधानमन्त्री खनाल र सभापति कोइरालाबीच भएको भेटघाट करिव डेड घण्टा चलेको थियो । सभापति कोइरालाले प्रमको स्वास्थ्य लाभको कामनापनि गरेको प्रेस सल्लाहकार थापाले बताए ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?