Inside

Member Login



You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?
 
१२ औं महाधिवेशनले पार्टीलाई एकताबद्ध गर्ने काङ्ग्रेसका नेताहरुको आशा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Wednesday, 08 September 2010 16:01

काठमाडौं- नेपाली काङ्ग्रेसका नेताहरुले १२ औं महाधिवेशनले पार्टीलाई एकताबद्ध गर्ने बताएका छन् ।

महाधिवेशन प्रचार-प्रसार समितिद्वारा पार्टी केन्द्रीय कार्यालय सानेपामा भदौ २३ गते आयोजित पत्रकार भेटघाटमा कार्यबाहक सभापति तथा सभापतिका उम्मेदवार सुशील कोइरालाले चूनौतीपूर्ण राजनीतिक अवस्थामा हुन लागेको महाधिवेशन रणनीतिक महत्वको भएको बताएका छन् ।

सभापतिका अर्का उम्मेदवार काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले महाधिवेशनलाई सहयोग गर्न सन्चारकमी लगायत सबैलाई आग्रह गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवा र कोइराला दुबैले चुनावी अभियानलाई तीव्र पारेका छन् ।

नेपाली काङ्ग्रेसको १२ औं महाधिवेशन आउँदो असोज १ देखि ५ गतेसम्म काठमाडौंमा हुँदैछ । महाधिवशेनमा सहभागी हुन देशभरबाट प्रतिनिधिहरु राजधानीमा आउने क्रम जारी छ । यसपालीको महाधिवशेनमा ३ हजार ८८ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने प्रचार-प्रसार समितिका संयोजक कृष्णप्रसाद सिटौलाले जानकारी दिए ।

यसैवीच, कार्यक्रममा उपसभापति तथा संसदीय दलका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री निर्बाचनमा आफूलाई हारेको भनेर प्रचार गरिएकोमा सन्चार माध्यमहरुप्रति असन्तुष्टि जाहेर गरे । हार्नलाई एउटाले जित्नुपर्ने भन्दै उनले दुवै उम्मेदवारले स्पष्ट बहुमत नल्याएको अबस्थामा हारेको भनेर चित्रित गर्न नमिल्ने बताए ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60Send Holiday Smiles & Save $10 on Christmas Flowers & Gifts $59.99 & up at 1800Flowers.com! Use Promotion Code XMASTEN at checkout. (Offer Valid till Dec 24th) - 120x90Barnes&Noble.comNewspaperArchive.comiYogi; 24/7-Online PC SupportTripMama