Inside

Member Login



You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?
 
काँग्रेसका पूर्व बरिष्ठ स्वर्गिय नेताहरुका सन्तानहरुबिच महामन्त्री पदकालागि प्रतिस्पर्धा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Wednesday, 08 September 2010 16:05

काठमाडौं- भदौ १ देखि ५ गतेसम्म हुने नेपाली कांग्रेसको १२ औं महाधिवेशनमा नेपाली कांग्रेसको इतिहासमा बेग्लै पहिचान बनाएका तीन बरिष्ठ नेताका सन्तानहरुबीच प्रतिस्पर्धा हुने स्थिति देखा परेको छ ।

महाधिवेशनमा स्व. गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता, कोइराला स्व. गणेशमान सिँहका छोरा प्रकाशमान सिँह र स्व. महेन्द्रनारायण निधिका छोरा बिमलेन्द्र निधिबीच प्रतिस्पर्धा हुने देखिएको हो ।

तीन नेताका छोराछोरी महामन्त्रीकालागि प्रतिस्र्धामा उत्रने देखिएपछि सभापतिकोभन्दा महामन्त्रीकालागि हुने चुनावको आकर्षण र चर्चा बढेको छ । यसबाहेक बौद्धिक नेता नरहरि आचार्यले यसअघि नै महामन्त्रीको उम्मेदवारी घोषणा गरिसकेका छन् ।

यसमध्ये निधिले देउवा समूहबाट महामन्त्रीकालागि उम्मेदवारी घोषणा गरिसकेका छन् । अघिल्लो साता बुद्धको जन्मथलो लुम्बिनीबाट उम्मेदवारी घोषणा गरेकी सुजाता कोइरालो कार्यबाहक सभापति सुशील कोइरालाको प्यानलबाट सभापतिको उम्मेदवार बन्न चाहन्छिन्, तर कावा सभापति कोइरालाले भने आफ्नो प्यानलबाट प्रकाशमान सिँहलाई महामन्त्रीको उम्मेदवार बनाउनुपने दबाब बढेको छ । पार्टी विभाजनका बेला देउवा पक्षमा रहेका सिँह हाल कोइराला पक्षमा छन् ।

महामन्त्रीकालागि प्रतिस्पर्धाको तैयारीमा रहेका यी नेताहरुका पिताहरुले नेपाली कांग्रेस र नेपालको राजनीतिमा पुर्याएको योगदानका कारण बिजयी बन्न सक्ने आँकलन गर्दै महामन्त्री पदमा प्रतिस्पर्धा गर्न चाहेका हुन्। यसमध्ये सुजाताका पिता गिरिजाप्रसाद कोइरालाले १० बर्षे द्धन्द अन्त्यकालागि सार्थक प्रयास गरेका थिए भने निधिका पिता महेन्द्रनारायण निधिले कांग्रेस सशस्त्र संघर्षमा रहेका बेलापनि शान्तिपूर्ण राजनीतिको वकालत गरेर कांग्रेसको गान्धीवादी छविलाई जोगाउने प्रयास गरेका थिए । सिँहका पिता गणेशमानले चाहिँ संघर्षको इतिहासमात्र बनाएनन् २०४६ पछि प्रधानमन्त्री बन्ने अवसरलाई तिलान्जली दिएर त्यागको अनुपम उदाहरण देखाए।

सुजातालेपनि महामन्त्रीकालागि प्रतिस्पर्धा गर्ने अड्डी लिएपछि अप्ठेरोमा चाहिँ सभापतिका प्रत्यासी कार्यबाहक सभापति सुशील कोइराला परेका छन् ।

एकातिर देउवा क्याम्प छाडेर आएका सिँहलाई महामन्त्रीको उम्मेदवार नबनाएमा सिँहले आफ्नो क्याम्प छाड्ने सम्भावना छ जसले गर्दा कोइराला सभापतिकालागि हुने प्रतिस्पर्धामा अरु कमजोर बन्नेछन् । सुजातालाई समर्थन गर्नुको साटो सिँहलाई उम्मेदवार बनाउने हो भने सुजाता पक्षको मत कावा सभापति कोइरालाले नपाउने सम्भावना रहन्छ । सुजातालाई पछिल्लो समय महामन्त्री कूलबहादुर गुरुङ्ग, केन्द्रीय सदस्यहरु गोबिन्दराज जोशी र बिनयध्वज चन्दको समूहले समर्थन गरेको छ । यो स्थितिमा सभापतिमा भन्दा महामन्त्रीको चुनावमा चर्काे प्रतिस्पर्धा हुने देखिन्छ ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60Send Holiday Smiles & Save $10 on Christmas Flowers & Gifts $59.99 & up at 1800Flowers.com! Use Promotion Code XMASTEN at checkout. (Offer Valid till Dec 24th) - 120x90Barnes&Noble.comNewspaperArchive.comiYogi; 24/7-Online PC SupportTripMama