NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

काँग्रेस र एमाओवादी नेताहरुको आ-आफ्नो दाबी PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Thursday, 18 August 2011 19:00

काठमाडौ- सरकारको नेतृत्व गर्ने भए शान्ति प्रकृयामा ठोश प्रगति हुने गरी एमाओवादीले कदम चाल्नुपर्ने माग अन्य दलहरुले गरिरहेका बेला एमाओवादी स्थायी समिति सदस्य तथा सैन्य इन्चार्ज वर्षामान पुन मगर 'अनन्त' ले भदौ १४ गतेभित्रैमा लडाकुको रिगु्रपिङको काम सकेर सहमतिको सरकारको नेतृत्व गर्न माओवादी तयार रहेको बताएका छन् ।

भदौ १४ भित्रै माओवादीले रिग्रुपिङ्ग कार्य गर्नुपर्ने बताएको नेपाली कांग्रेसका नेता डा. रामशरण महतले चाहिँ सो अवधिमा रिग्रुपिङ्गको काम हुन नसक्ने दावी गरेका छन् ।

समायोजनको मोडालिटी, संख्या, पुनरस्थापना प्याकेज, मापदण्ड, उमेर, बैवाहिक अवस्था र शैक्षिक अवस्थामा लचकता अपनाउने र आठ हजारको हाराहारीमा समायोजन गर्ने विषयमा शीर्ष नेताहरुबीच अनौपचारिक रुपमा सहमति भईसकेको बताउँदै माओवादी नेता अनन्तले भदौ १४ गतेसम्म रिगु्रपिङको काम सम्पन्न हुन सक्ने दावी गरे । 'पुनरस्थापना प्याकेज आकर्षक बनाए संख्याको विवाद समाधान हुनेमा सबै सहमति छन्' उनले भने- 'दर्जा मिलानमा नेपाली सेना र माओवादी कमाण्डरहरु बसेर सहमति खोज्न सकिन्छ ।'

संविधान निर्माणको काममा पनि राज्यको पुनरसंरचनाबाहेकका विषयमा पनि दलहरुबीच मोटामोटी सहमति बनिसकेकाले माओवादीको नेतृत्वमा सहमतिको सरकार निर्माण हुने प्रयाप्त आधार बनिसकेको बताउँदै अनन्तले सबै राजनीतिक दलहरुले सहमति विना निकास ननिस्कने निष्कस्र निकालिसकेकालॆ राष्ट्रपतिले दिएकै समयमा सहमतिको सरकार बन्ने दावीपनि गरे । 'सहमतिको राजनीतिवीना कतै पुगिदैन भन्ने सबै राजनीतिक दलले महसुस गरिसकेका छन्' उनले भने- 'त्यसैले यसपटक सहमति नबन्नेभन्दा बन्ने सम्भावना धेरै छ ।'

नेकपा एमालेले उमेदवारी नदिएको र सहमतिको सरकारबाहेक कसैलाई पनि समर्थन नगर्ने स्पष्ट पारिसकेकोले पनि यसपटक सहमतिको सरकार दवाव गर्न दवाव बढेको बताउँदै उनले मधेशी मोर्चा र साना दलहरु बाबुराम भट्टराईको नेतृत्वको विषयमा सकारात्मक रहेको, माओवादीको िसंगै नेतृत्व सहमतिको सरकार निर्माणको प्रयासमा जुटेकोले भट्टराईको नेतृत्वमा सहमतिको सरकार बन्ने दावी गरे । माओवादी नेतृत्वमा सरकार बने शान्ति र संविधान निर्माणको कार्य अगाडि बढाउन सजिलो हुने उनको कथन थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम समायोजन विशेष समितिका सदस्य डा. रामशरण महतले माओवादीले भने जस्तो शान्ति प्रकि्रयाका कुनै पनि विषयमा सहमति नभएकोले भदौ १४ गतेसम्म कुनै पनि हालतमा रिगु्रपिङको काम सम्पन्न हन नसक्ने ठोकुवा गरे । नेपाली कांग्रेस, एमाले, मधेसवादी दल र अन्य साना दलहरुले पनि हतियारबाट सम्बन्ध विच्छेद नभएसम्म कुनै पनि हालतमा माओवादीको नेतृत्व स्वीकार नगर्ने स्पष्ट पारिसकेका बताउँदै उनले कांग्रेसका उमेदवार शेरबहादुर देउवाको नेतृत्वमा सहमतिको सरकार बन्ने दावी गरे ।

'एमाले, मधेसवादी र अन्य दलले अहिले माओवादीलाई स्वीकादैनन् भन्ने स्पष्ट भईसकेको छ' महतको भनाई थियो- 'अहिले नेपाली कांग्रेसको नेतृत्व स्वीकार गरी निश्चित समयसीमा सहित शान्ति प्रकि्रया अगाडि बढाए त्यसपछि कांग्रेसले माओवादीलाई नेतृत्व सुम्पिनेछ ।' पहिले माओवादीलाई नेतृत्व दिन र त्यसपछि कांग्रेसले नेतृत्व लिन एमाओवादी अध्यक्ष प्रचण्डले गरेको आग्रहका सम्बन्धमा महतको भनाई थियो । उनले भने- 'पहिले कांग्रेसको नेतृत्व एमाओवादीले स्वीकार गर्ने हो भनेमात्र त्यसपछि एमाओवादीको नेतृत्व कांग्रेसलाई स्वीकार्य हुनेछ ।'

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?