Inside

All Time Top 50 News

'माओवादीसंग अव कुनै नयाँ सम्झौता हुँदैन'- नेपाली कांग्रेस सभापति शुशिल कोइराला PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Chandrakanta Khanal   
Sunday, 08 April 2012 18:48

रुपन्देही, २७ चैत- नेपाली कांग्रेसका सभापति शुशिल कोइरालाले माओवादीसंग अव कुनै किसिमको नयां सम्झौता नगर्ने बताउनु भएको छ ।

Nepali Congress president Sushil Koirala in Kapilbastu. Photo: Chandrakanta

उहांले समयमै संविधान निर्माण र शान्ति प्रकि्रयालाई पुर्णता दिनुको विकल्प नभएको बताउनु भएको छ ।

उहांले कांग्रेस शान्ति प्रकि्रया र संविधान निमार्णका लागि प्रतिबद्ध रहेपनि सरकारको नेतृत्व गरिरहेको माओवादी बाधक बन्दै आएको आरोप पनि लगाउनु भयो । माओवादीले सरकारमा बसेर त्यसको नैतिक दयित्व पनि पुरा नगर्ने भन्दै उहांले चैत्र महिना भित्र शान्ति प्रत्रियाका काम नसकिए सरकारको अचित्य सकिने बताउनु भयो ।

नेपाली कांग्रेस बुटवल नगर समितिले आज विहान बुटवलमा अयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उहांले यस्तो बताउनु भएको हो ।

सभापती कोईरालाले लोकतन्त्रको रक्षाकालागि कांग्रेसले कसैसंग पनि सम्झौता नगर्ने भन्दै माओवादीले यसपटक पनि पुर्व सहमती कार्यानवयनमा आलटाल गरे जनताले त्यसको प्रतिकार गर्ने बताउनु भयो ।

यसैबिच, सभापति कोईरालाले एनेकपा माओवादीले चैत ३० गतेभित्र शान्ति प्रकि्रया नटुगाए सरकार ढाल्न अविश्वास प्रस्ताव लैजाने बताउनु भएको छ ।

मधेश जागरण अभियान अन्तर्गत आईतवार कपिलवस्तुको जिल्ला सदरमुकाम तौलिहवामा आयोजित वृहत आमसभामा उक्त कुरा वताउदैं सभापति कोईरालाले भने- 'माओवादीले मागेनुसार चैत ३० गतेभित्र शान्ति प्रकि्रया टुग्याउने आश्वासनमा वसेका छौं । यदि शान्तिप्रकि्रया टुगाउनेतर्फ माओवादी र सरकार नदेखिए चैत ३० गतेपछि ढाल्न सविधान सभामा अविश्वासको प्रस्ताव लैजान्छौं ।'

विगत ६ वर्षदेखि माओवादीसंग धेरै संझौता र सहमती भएको र ती सवैमा माओवादीबाट आश्वासन मात्रै पाईरहेका बताउदैं सभापति कोईरालाले भने- 'शान्ति र संविधानप्रति माओवादी गंभिर बन्नुपर्छ । नत्रभने मधेशवादी र तीनदलविच भएको सातवुदे संझौता नै अन्तिम हुनेछ ।'

प्रजातनत्रकालागि राणा पंचायती शासकहरुसंग क्रान्ति गर्दै लडेझै यतिवेला माओवादीसंग लोकतन्त्र, शान्ति र संविधानको विषयमा लडिरहनु परेको बताए । मुलुकमा जुनसुकै जटिल परिस्थिती आए पनि शान्ति र संविधान ल्याएरै छाड्ने उनले वताए ।

आमसभामा नेपाली काग्रेस केन्द्रिय सदस्य तथा विदेश विभाग प्रमुख सुजाता कोईरालाले भनिन्- 'गिरजावाबुले वारम्वार भन्ने गरेको ग्राईन्ड डिजाईनको रहस्य वुझने प्रयास गर्दैछु । माओवादीको ग्राईन्डजाईन पो रहेछ । नेपाली काग्रेस शान्ति, संविधान, संघियता र मेलमिलापको पक्षमा रहेको छ र यसैमा रहिरहन्छ ।'

-Chandrakanta Khanal in Butwal

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.