NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

काँग्रेस एमालेद्वारा बखेडा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Tuesday, 23 August 2011 15:15

काठमाडौ- माओवादी नेतृत्वमा सरकार बनाउने हो भने शान्ति प्रकृया र सेना समायोजनकालागि एमाओवादी थप लचकदार बन्नु पर्ने र शान्ति प्रकृयाकाबारे ठोश कदम चाल्नु पर्ने माग गर्दै आएका नेपाली कांग्रेस र नेकपा एमालेले अनौपचारिकरुपले सहमति भैसकेका विषयहरुलाई उल्ट्याउने गरी नयाँ प्रस्ताव अघि सारेपछि बन्नै लागेको सहमतिको वातावरण बिग्रेको छ ।

मधेशवादी दलहरुको समर्थनमा माओवादी नेतृत्वमा बहुमतीय सरकार बन्ने सम्भावना देखिएपछि नयाँ सरकारलाई अप्ठेरोमा पार्न नेपाली कांग्रेस र एमालेको माधब नेपाल केपी ओली पक्षले अनौपचारिक रुपले भैसकेका सहमति विपरितका प्रस्ताव अघि सारेका हुन् ।

नेपाली सेना अन्तर्गतको महानिर्देशनालय अन्तर्गत माओवादी लडाकूहरुलाई समायोजन गर्ने समायोजित हुने लडाकूको संख्या ६ देखि ८ हजार हुने पुनरस्थापनामा जाने माओवादी लडाकूहरुलाई तह हेरी ५ देखि ८ लाखसम्म दिने लगायतका बिषयमा दलहरुबीच अनौपचारिक सहमति भैसकेको थियो । राजिनामा दिने बेला प्रधानमन्त्री झलनाथ खनालले पनि उपरोक्त बिषयहरुमा सहमति भैसकेको र तिनीहरुलाई सूत्रबद्ध गरेर लेख्ने काममात्र नभएको बताउँदै भैसकेका यी सहमतिमा टेकेर शान्ति प्रकृयालाई अघि बढाउन सकिने बताएका थिए । तर नेपाली कांग्रेस र एमालेको नेपाल ओली पक्षले भैसकेका यी सहमतिमा भाँजो हाल्न खोजेपछि शान्ति प्रकृयाको सम्बन्धमा फेरि आशंका बढेको छ ।

श्रोतकाअनुसार नेपाली कांग्रेस र एमालेको सो पक्षले माओवादी लडाकूलाई ४ देखि ५ हजारको संख्यामा मात्र समायोजन गर्न सकिने समायोजनको साटो पुनरस्थापनामा जाने  लडाकूमध्ये सिपाही तहलाई २ लाख कमाण्डर तहलाई तीन लाखसम्ममात्र दिन सकिने प्रस्ताव तैयार पारेका छन् । आफूहरुले तैयार पारेको यो प्रस्तावमा  एकिकृत माओवादी सहमत भएमात्र उसलाई सरकारको नेतृत्व गर्न दिने सहमति नेका र एमालेको सो पक्षले गरेको छ । साथै एमाओवादीले मधेशी मोर्चाको सहयोगमा बहुमत प्राप्त गरी  सरकार बनाएमा पनि पूर्व सहमति विपरित तैयार पारिएको यो प्रस्तावमा दायाँ बायाँ हुने गरी काम गर्न नदिने योजना उनीहरुले बनाएका छन् ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?