Inside

All Time Top 50 News

नायिका नेहा पुन मगरको हत्यारा सतिश भन्ने कृतन खड्गी पक्राउ: अरु पनि हत्यामा संलग्न हुनसक्ने आशंका PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Rudra Bahadur Shreees Magar, Fewa TV   
Wednesday, 10 February 2016 11:41

Exclusive: 13 photos: पोखरा, २७ माघ- मगर चलचित्रकी नायिका योरुना पुन मगर उर्फ नेहाको हत्यारामा संलग्न रहेको भन्दै कास्की प्रहरीले पोखरा न्युरोडका २१ वर्षीय सतिश भन्ने कृतन खड्गीलाई पक्राउ गरेको छ । नेहाको माघ १८ गते (फेब्रुवरी १ तारिख) पोखरा-१५ नयाँ गाउँमा उनकै घर नजिक हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । नेहाका आफन्तले उनको हत्यामा अन्यको पनि संलग्नता हुनसक्ने आशंका गरेका छन् ।

Late actress Neha aka Yoruna Pun Magar. Photo from Neha's facebook profile

प्रहरी नायब उपरीक्षक गजुसिद्धि बज्राचार्यको नेतृत्वमा गठित छानविन समितिले हत्यारा पत्ता लगाएको हो । हत्याबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । हत्या आरोपी सतिश भन्ने कृतन खड्गीलाई सार्वजनिक गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय अगाडि नेहाका आफन्तहरूले हत्यारालाई फाँसी दे भन्दै नाराबाजी गरेका थिए ।

Neha's dead body at Western Regional Hospital, Pokhara. Photo courtesy: Pun Samaj Pokhara facebook page

नेहाको टाउकोमा गहिरो चोट लागेको भन्दै प्रहरीले निज खड्गीले नेहालाई आफ्नो मोटर साईकलको हेलमेटले दुई पटक हानेको जानकारी दिएको छ । नेहाको शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

नेहा पोखराको न्यूरोडस्थित स्माईल क्याफेमा एकाउण्टेण्टको रुपमामा कार्यरत थिईन् । दैनिक विहान काममा जाने र राती ७/८ बजे फर्कने उनी उक्त दिन साँझ नफिर्किएपछि आफन्तले खोजी सुरु गरेका थिए । घर नजिकै खाली स्थानमा कालो कपडाले छोपेर फालिएको अबस्थामा शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

Pun Samaj Nepal press meet in Pokhara on February 9, 2016. Photo courtesy: Rudra B. Shrees Magar

पुन समाज नेपाल नगर समिति पोखराले बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेहाका मामा यमप्रसाद थजाली पुन मगरले लाश अर्धनग्न अवस्थामा फेला परेकाले नेहाको बलत्कारपछि हत्या भएको हुन सक्ने भन्दै छानवीनको माग गरेकाछन् । थजालीले घटनाको पूर्ण रुपमा छानविन गरि दोशीलाई कडा कार्वाही गर्न समेत माग गरे । पत्रकार सम्मेलनमा पुन समाज नेपालका उपाध्यक्ष खेमन पुन मगरले घटनाको पूर्ण रुपमा छानविन नभए कडा आन्दोलन गर्ने चेतावनी समेत दिए । समाजले नेहाको पोष्ट मार्टम रिपोर्ट सार्वजनिक गर्नु पर्ने, घटनाको सुश्म तबरले छानविन गर्नु पर्ने, अनुसन्धानपछि थप अभियुक्त पक्राउ गरी सार्वजनिक गर्नु पर्ने, घटना स्थलमा भेटिएका कपडा र थप सामानको अनुसन्धान र परिक्षण गर्नु पर्ने, लगाएका माग राखेका छन् ।

Neha's killer Satish aka Kritan Khadgi. Photo from Neha's facebook public page

समाजको नेतृत्वमा बिहीबार शान्तिपूर्ण दवाब मुलक र्‍याली पनि निकाल्ने भएको छ । र्‍याली पोखराको चिप्लेढुंगाबाट सुरु भएर जिल्ला प्रहरी कार्यालय, पालिखे चोक, महेन्द्र पुल, नयाँ बजार, लखनचोक, सृजनाचोक हुँदै जिल्ला प्रशासन कार्यालय अगाडी कोष सभा हुने समाजका अध्यक्ष चन्द्रबहादुर पुन मगरले जानकारी दिए ।

मगर चलचित्रकी नायिकासमेत रहेकी पोखरा-१५, नयाँ गाउँ, ऋषिमार्गकी १९ वर्षीया योरुना पुन 'नेहा' मंगलबार आफ्नै घर नजिकै हत्या गरी फालिएको अवस्थामा फेला परेपछि सो हत्याको चौतर्फी विरोध भएको थियो ।

Neha's murder protest rally in Pokhara. Photo courtesy: jukson.com

बलात्कार प्रयासपछि हत्या गरी फालिएको अवस्थामा नेहाको शव फेला परेको समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जाल नेहाका हत्यारालाई कारबाहीको माग गर्दै अपलोड गरिएका उनको तस्वीरले भरिएका छन् ।

Actress Priyanka Karki at candle light vigil. Photo from Neha's facebook public page

यसैबीच, नेपाल मगर संघ कास्कीले एक विज्ञप्ति प्रकाशित गरी नायिका नेहा पुनको हत्याको विरोध गरेको छ । अध्यक्ष पूर्णबहादुर राना मगरले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै नेहाका हत्याराको तत्काल खोजी र सार्वजनिक गरी कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, "मगर चलचित्र 'गाउला' तथा 'यूँपा' की नायिका नेहा पुन मगरको हत्या गरिएको घटनाले हामी सम्पूर्ण कस्केली मगर समुदाय स्तब्ध बनेका छौं, हत्यारा जोसुकै भएपनि प्रशासनसमक्ष कडा कारबाहीको लागि जोडदार माग गर्दछौं ।"

यस घटनाले सम्पूर्ण कस्केली नागरिकले असुरक्षित महसुस गरेको भन्दै विज्ञप्तिमा हत्यारालाई तत्काल पक्राउ गरी आम नागरिकको बाँच्न पाउने अधिकारको प्रत्याभूति दिलाउन तथा शान्ति, सुरक्षाको वातावरण मजबुत बनाउन मागसमेत गरिएको छ ।

त्यस्तै, बागलुङ-पोखरा मगर समाजका अध्यक्ष मेखबहादुर छन्त्याल मगरले पनि बुधबार साँझ एक विज्ञप्ति प्रकाशित गरी नेहाका हत्यारालाई तत्काल सार्वजनिक गरी कडा कारबाही गर्न माग गरेका छन् ।

Neha's mother Dhak Kumari Pun Magar. Photo: Fewa TV

नेहा हत्याको घटनाले आम नागरिकमा त्रास निम्त्याएको भन्दै विज्ञप्तिमा शान्ति, सुरक्षाको प्रत्याभूमि दिलाउन प्रशासनसमक्ष जोडदार माग गरिएको छ ।

नेहाले मगर भाषाको चलचित्र 'गाउला' (गोठालो) सह-नायिकाका रूपमा अभिनय गरेकी थिइन् भने उनको मुख्य भूमिका रहेको अर्को मगर भाषाको चलचित्र 'यूँपा' भने रिलिजको क्रममा छ । नेहाले १० कक्षामा अध्ययनरत छँदा नै यी दुई मगर चलचित्रमा अभिनय गरेकी थिइन् ।

नेहाको पुरानो गाउँ म्याग्दी चिमखोला हो भने उनी हाल  पोखरा-१५, नयाँ गाउँमा बसोबास गर्दै आएकी थिईन् ।

-रूद्र श्रीस मगर, पोखरा
-Rudra Shrees Magar in Pokhara

नोट: पत्रकार रुद्रबहादुर श्रीस मगर फेवा टेलिभिजनका न्यूज डेस्क प्रमुख र कास्की आवाज दैनिकका सह-सम्पादक हुन् ।
www.fewatelevision.com


प्रेस बिज्ञप्ति

बिषय- पत्रकार सम्मेलन सम्बन्धमा

यहि मिति २०७२ माघ १८ गते राति भएको नेहा पुनको (योरुना) हत्या काण्डमा सोहि दिननै समातिएका बर्ष २१ का पो.उ.म.न पालिका नयाँ बजार बस्ने सतिस भनिने किर्तन खड्गीलाइ एक हप्ता पछि प्रहरीले निम्न तल उल्लेखित तथ्यहरु प्रस्तुत गर्दै हत्याको अभियोगमा हिजो माघ २५ , गते पत्रकार सम्मेलन गरि सार्बजनिक गरेको थियो | जसमा घटनाको बिषयलाइ सामान्य तरिकाले प्रस्तुत गरिएको छ भने पहिलो मुचुल्का र प्रहरी प्रतिबेदन बाटनै सार्बजनिक गरिएको सामुहिक बलात्कार गरि हत्या गरिएको भन्ने मुख्य बिषयलाईनै ढाक छोप गरीएकोले पिडित परिवार र महिला संगठन र समग्र सामाजिक संजाल र पत्रपत्रिका, एफएम, रेडियो, टेलिभिजन, लगाएत समग्र पोखराको मिडिया माथिनै चुनौती र प्रश्न उठ्ने गरि अस्वभाविक खालको प्रशासनले पूर्ण रिपोर्ट बिनानै चित्त नबुझ्दो बयानबाट एक जना हत्यारालाइमात्र सार्बजनिक गरेको छ यस प्रति असहमत रहदै पुन गहिरो अध्ययन गरि पाउ भनि ध्यानाकर्सन गराउदै अन्य अभियुक्तहरुलाई पनि उम्कने अवसर नदिइ छिटोभन्दा छिटो प्रहरी कठ्घारामा ल्याउनु पर्ने माग सहित पुन नया तरिकाले आफ्नो शान्ति दबाब मुलक जुलुसलाइ पुन समाज नगर कमिटि पोखराको आयोजनामा यहि मिति २०७२ माघ २८ गते चिप्ले ढुंगाबाट सुरु भै सीडीयो कार्यलयमा पुगी कोणसभा गरिने जानकारी गराउदै विभिन्न संघ संस्था, ब्याक्ति निकाय र देश बिदेशमा रहेका महिलाकर्मी समग्र पोखरा बासि जनसमुदायहरुलाई हत्या हिंशा विरुद्द एक हौ भनि सहभागीको लागि अपिल गर्दछौं ।

हत्यारा अभियुक्तको बयान

"नेहालाइ मैले इन्द्र चोक सम्म छोडी दिएको थिए त्यस पछि के भयो थाहा भएन
नेहालाइ मैले घर छोड्ने बेला बाटोमा आज घर नजाउ लेक तिर जाउँ भनेको थिएं "
"नेहा पुनलाई घर पुग्ने बेला सेक्स प्रस्ताब राख्दा नमानेको र मैले कर गर्दा गालि गलोज गरि सहन नसकी हेलमेटले हान्दा ढलेको र आफु भागेको" भन्ने आधार सहित आफुले मारेको स्वीकार गरेको भनेर उल्लेख गरिएको छ भने
खै यी बिषयहरु कता छन् पिडित पक्षबाट:

१, बलात्कार भनेर सार्बजनिक रुपमानै पत्रपत्रिका, टेलिभिजन, रेडियो एफ एम मार्फत प्रचार प्रसार भै सकेको र पहिलो मुचुल्का र पुलिसको प्रतिबेदनमा साथै लासको प्रकृति हेर्दा पनि सामुहिक बलत्कार गरि हत्या गरिएको स्पष्ट हुदा हुदै पनि किन यो बिषयलाई ढाक छोप गरिएको छ । यसको स्पष्ट तथ्य नजिक रहेर अन्य हत्याराहरुको पनि खोजि गरि कठघारामा ल्याउनुमा प्रशाशनले बेवास्ता गरेको देखिन्छ ।

२, हत्याराका आरोपित (सतिस) किर्तन खड्कीबाट जुन बयान दिइएको छ । यो सरासर बनावटि छ इन्द्र चोकमा छोडेको भन्ने हत्याराले पछि यौन प्रस्ताब गर्दा नमानेर हेलमेटले हानेर करनी गर्न खोज्दा रगत देखेर भागेको भन्ने बयानले कुनै पनि अर्थमा यो साचो हुन सक्दैन, कति बेला ? कुन ठाउमा ? को को मिलेर करनी गरि हत्या गरिएको हो यसको सत्य तथ्य खोजि गरि हदै सम्मको सजाय हुनु पर्यो ।

३ बिना पूर्ण रिपोर्ट कुनै तथ्य बिनानै एउटा सानो बिषयमा म एक्लैले मारेको हो भन्नु नाटकीए रुप देखिन्छ । यसको तथ्य अरुपनि हुन सक्ने हुदा पोष्मार्टम रिपोर्टमा ढिलाई र आनाकानी गर्नुले प्रशाशनिक चलखेल संगै अन्य हत्याराहरुलाई लुकाउने प्रयास गरिएको छकि ? यसलाई गहन रुपमा लिएर अध्ययन गर्न हामि अनुरोध गर्दछौं ।

पत्रकार सम्मेलन
मिति २०७२ माघ २८ गते
स्थान- स्माइल क्याफे न्युरोड नगर पालिका नजिकै
सम- दिनको ठिक १ बजे
प्रचार प्रसार- जय पुन पूर्व सचिब (पुन क्लब पोखरा) ९८४६०८३४४३
बर्तमान सचिब- उदय पुन ९८४६०३०१०९

Late actress Neha aka Yoruna Pun Magar. Photo from Neha's facebook profile

Late actress Neha aka Yoruna Pun Magar. Photo from Neha's facebook profile

Late actress Neha aka Yoruna Pun Magar. Photo from Neha's facebook profile

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.