NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

नेपाल सरकारद्वारा सन् २०१२ लाई सहकारी बर्षकोरुपमा मनाउन घोषणा PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Thapa Magar   
Wednesday, 26 October 2011 23:59

नेपालमा सहकारी संस्थाहरुको संख्या २२ हजारभन्दा बढी, सदस्यहरुको संख्या ३० लाख, १५० अर्ब रुपैयाँभन्दा बढी पूँजी परिचालन
Exclusive:
काठमाडौं- नेपाल सरकारले सन् २०१२ लाई अन्तररश्ट्रिय सहकारी बर्षकोरुपमा मनाउने घोषणा गरेको छ। नेपालमा हाल सहकारी संस्थाहरुको संख्या २२ हजार नाघी सकेकोछ।



उक्त सहकारी बर्ष मनाउन गत अक्टोबर १० तारिख बसेको मन्त्री परिषदको बैठकले कृषि तथा सहकारी मन्त्री नन्दकुमार दत्तको संयोजकत्वमा मूल आयोजक समिती गठन गरिसकिएको छ। कार्यक्रम कार्यान्बयनकालागि कृषि तथा सहकारी सचिब उमाकन्त झाको संयोजकत्वमा कार्यान्बयन समिती पनि निर्माण गरिएको छ।

सरकारी तथ्याङ्कअनुसार बिसं २०६७ चैत्र मसान्तसम्म सहकारी संस्थाहरुको संख्या २२ हजार ६४६ पुगेको छ।



के हो सहकारी संस्था?

सहकारी संस्था सरकारी र निजी बित्तिय तथा बैकको सामुदायिक लगानी प्रबर्धन गर्ने बिकल्प हो।

सहकारी अभियानको विश्व ईतिहास १६७ बर्ष नाघे पनि नेपालमा सहकारीको शुरुवात सन् १९५० देखी मात्र भएको हो। तर बिसं २०४८ मा जारी गरिएको "सहकारी एन २०४८" पछि सहकारी संस्थाहरुको बिकास भएको हो।

सहकारीबारे नेपालको अन्तरिम संबिधान २०६३ को धारा ३५ (२) मा "सरकार, सहकारी र निजी क्षेत्रको माध्यमबाट मुलुकमा अर्थतन्त्रको बिकास गर्ने निती राज्यले अबलम्बन गर्ने" स्पस्ट उल्लेख छ।

सरकारकोतर्फबाट सहकारीतालाई हेर्ने कृषि तथा सहकारी मन्त्रालय, बिभाग र सहकारी बिकास बोर्ड स्थापित छ भने गैर सरकारी तहमा National Cooperative Federation of Nepal (NCF/N) र Nepal Federation of Savings and Credit Cooperative Unions Ltd. (NEFSCUN) कृयाशिल छ।

नेपालमा सहकारी संस्थाहरु बचत तथा रिण, कृषि, दुग्ध, पसल, चिया, कफी, तरकारी तथा फलफूल, मह, उखु, जुनार, जडिबुटी, स्वास्थ्य, पर्यटन, संचार, बिद्युत आदी क्षेत्रहरुमा ब्याबसाय गर्ने गरी स्थापना गरिन्छ।

सहकारी संस्था दर्ता गर्न कम्तिमा २५ फरक परिवारका सदस्यहरु संलग्न हुनु पर्ने कानूनी प्राबधान छ। एक गाबिस या एक शहरी वार्डमा एक प्रकारको सहकारी दर्ता गर्न पाउने मान्यता छ।

सहकारी संस्थाहरुको लोकप्रियताले गाउँघरमा कृषि उत्पादन र अन्य उद्दममा ठुलो योगदान पुर्याएको छ।

सहकारीमा संलग्न सदस्यहरुको संख्या ३० लाख

हाल सहकारीमा संलग्न सदस्यहरुको संख्या ३० लाख पुगिसकेको अनुमान गरिएको छ भने महिला सहभागीता संख्या ४०.५ प्रतिशत रहेको 'सहकारी क्षेत्रका समस्या समाधानकालागि नितिगत, प्रकृयागत र संस्थागत बिषयमा सिफारिश गर्न गठित कार्यदलको प्रतिबेदन २०६८' मा उल्लेख छ। जसअनुसार २ हजार ५४४ सहकारी संस्थाहरु पूर्णरुपमा महिलाहरुको समूहद्वारा सन्चालनमा रहेको छ।

सहकारी संस्थामार्फत १५० अर्ब रुपैयाँभन्दा बढी पूँजी परिचालन

सहकारी संस्थामार्फत १५० अर्ब रुपैयाँभन्दा बढी पूँजी परिचालन भएको छ जुन कूल बित्तिय कारोबारको १५ प्रतिशतभन्दा बढी हो। सहकारीबाट ५० हजारभन्दा बढी ब्यक्तीहरुको प्रतक्ष रोजगारी र अप्रतक्ष रुपमा ५ लाखभन्दा बेशी ब्यक्तीहरुले रोजगारी प्राप्त गरेकाछन्।

-Pradeep Thapa Magar in Kathmandu. Comments? Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?