Inside

All Time Top 50 News

नेपाली छोरी ११ बर्शिय तेरिया मगर भारतका ४० हजार प्रतिस्पर्धीलाई उछिन्दै 'डान्स ईन्डिया डान्स लिटल मास्टर' उपाधी जित्न सफल भईन् PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Pradeep Thapa Magar in New York & Numa Rahadi Magar in Butwal   
Sunday, 22 June 2014 01:02

Exclusive: 8 photos, 1 video: बुटवल / न्यू योर्क- भारतीय टेलिभिजन लियालिटी शो डान्स इन्डिया डान्स (DID) को लिटल मास्टर सिजन-३ न्रित्य प्रतियोगितामा आफ्नो मनमोहक न्रित्य गरेर नेपाली छोरी ११ बर्शिय तेरिया मगरले भारतका ४० हजार प्रतिस्पर्धीलाई उछिन्दै डान्स ईन्डिया डान्स लिटल मास्टर उपाधी जित्न सफल भएकिछिन्। यो जीतसम्म आई पुग्दा उनले सम्पूर्ण नेपालीलाई शिर्फ "हामी नेपाली" एकताको सुत्रमा बाँध्न सफल भएकिछिन् भने नेपाल र नेपालीको नाम विश्वभर चम्काउन सफल भएकिछिन्।

Dance India Dance Litter Master 2014 winner Teriya Magar. She won this coveted title from among the 40,000 contestants on June 21, 2014 . Photos courtesy: Zeetv.com

जुन २१ तारिख बेलुकी जि टिभीको उक्त लियालिटी शोमा तेरियालाई बिजयी घोशित गर्नु अघि जि टिभीले तेरियाको बुवा बिजय फौँजा मगरलाई दुबईबाट चार्टर गरेर ल्याएर मन्चमा तेरियालाई आँखा चिम्म गर्न लगाएर बक्स खोलेर उपहारकोरुपमा प्रस्तुत गरेको थियो। दुई बर्षदेखि आफ्नो बुवालाई नदेखेकी तेरियाकोलागि त्योभन्दा खुशीको क्षण अरु के हुन्थ्यो र ! तेरियाले आश्चर्य र अत्यन्त हर्सित हुँदै आफ्नो बुवालाई अंकमाल र चुम्बन गर्न पुगेकी थिईन् भने उनका बुवाले पनि हर्स बिभोर हुँदै रुँदै छोरी तेरियालाई अंकमाल र म्वाई खाएका थिए। मन्चबाट कार्यक्रम सन्चालकले दर्शक दीर्घामा खुशीको आल्लादमा डुबिरहेकी तेरियाकि आमा अनिता फौँजा मगरलाई मन्चमा डाकेपछि बाबु-आमा र छोरीको सुखद मिलन हुन पुगेको थियो।

Teriya with parents; father Bijay Phauja Magar and mother Anita Phauja Magar on stage moment before winning the DID Little Master title on June 21, 2014. Photo courtesy: Zee TV footage

यस अघि टप फाईभ भएपछि उनको के त्यस्तो एउटा चाहना छ भन्ने सोधिएको प्रश्नमा तेरियाले रुँदै दुई बर्षदेखि भेट हुन नसकेको आफ्नो बुवालाई भेट्ने उत्कट चाहना भएको बताएकी थिईन्। उक्त बाल शुलभ इच्छा जि टिभीले पुरा गरिदिएको छ।

Teriya Magar with her mother Anita Fauja Magar. Photos courtesy: Zeetv.com

तेरिया मगरले ११ बर्षदेखि १४ बर्ष उमेर बिचका झन्डै ४० हजार प्रतिस्पर्धी मुख्यत: भारतीय बाल बालिकाहरुलाई आफ्नो मनमोहक न्रित्यद्वारा उछिन्दै डिआईडि लिटल मास्टर उपाधी जित्न सफल भएकी हुन्। मुम्बईमा भएको ३ वटा अडिसन, भारतको राजधानी नयाँ दिल्लीमा भएको टेलिभिजन अडिसन, कोरियो ग्राफर र मेगा राउण्ड हुँदै उत्कृष्ट १६, उत्कृष्ट १०, उत्कृष्ट ५ सम्म नंबर एकमा जित्दै तेरिया अत्तत: यो बहुचर्चित उपाधीको बिजयी बनेकी हुन्। उनले यो उपाधीसंगै १० लाख भारतीय रुपैयाँसहित अन्य थुप्रै पुरस्कारहरु प्राप्त गर्नेछिन्।



जि टिभिले यस अघि तेरिया उत्कृष्ट ५ जना (Top 5) मा चुनिन सफल भएपछि तेरिया र उनको आमासंग गत जुन ५ तारिख जिटिभीका २ जना क्यामेरामेन र १ जना न्रित्य कोरियोग्राफरसाथ लगाएर मुम्बईबाट काठमाडौं-भैरहवा, बुटवल हुँदै तेरियाको गाउँ रुपन्देहीकै रुद्रपुरसम्म 'फलो अफ' गरेको थियो।

Dance India Dance's Top 5 Little Master winner Teriya Magar has attended her public reception in Rupandehi, her home district on June 5, 5 and 7, 2014. Photos: Numa Rahadi Magar

तेरियाले न्रित्य प्रशिक्षण लिएको बुटवलको बागेश्वरी कला केन्द्रको आयोजनामा तेरिया र उनको टोलीलाई भैरहवा एयरपोर्टबाट भब्य जनस्वागत गरिएको थियो भने बाटामा बुटवल हुँदै तेरियाको गाउँ रुपन्देहीकै रुद्रपुरसम्म हजारौं जनमानसले बाजागाजासहित उनको स्वागत गरेका थिए। तेरिया दुई रात आफ्नो घर रुद्रपुर बसेर जुन ७ तारिख शनिबार अन्तिम प्रतियोगिताकालागि काठमाडौं हुँदै मुम्बई फर्किएकि थिईन्।

Teriya Magar and her mother with Zee TV crew arriving at Bhairahawa Airport on June 5, 2014.Photos: Numa Rahadi Magar


बिहीवार तेरिया र जिटिभीको टीमलाई भैरहवा एयर्पोर्टबाट स्कोर्ट गरी आएको टोलीलाई बुटवलमा तेरियाको पुर्ख्यौली घर गुल्मी ठूलो लुम्पेकबासीहरुको सन्जाल र लुम्पेकी साँस्कृतिक मन्चद्वारा स्वागत गरिएको थियो भने स्वागतपछि तेरियाको टोली उनको हालको गाउँ रुपन्देहीकै रुद्रपुरको वडा नं. ६ को हरैया पुगेको थियो।

The crowd waiting see a glimpse of Dance India Dance's Top 5 Little Master winner Teriya Magar at her public reception in Rupandehi on June 5, 5 and 7, 2014. Photos: Numa Rahadi Magar

बगेश्वरी कला केन्द्रको आयोजनामा बुटवलको ट्राफिक चौकमा जुन ६ तारिख शुक्रबार एक भब्य नागरिक अभिनन्दन सभाको आयोजना गरिएको थियो। सो टोलीलाई शुक्रबारनै कपिलबस्तु ४ नम्बरका जनताले पनि भब्य स्वागत गरेका थिए।

जिटिभी टोलीले तेरियाको घरमा उनकी कक्षा ८ मा पढ्दै गरेकी दिदी रिक्मा र बाजे भारतीय गोर्खाली सेना ११ गोर्खा राइफल्सका अनरेरी नाईक सुबेदार कृष्णबहादुर फौँजा मगर र बजैलाई भेटेर अन्तरवार्ता लिएको थियो भने सो टोलीले तेरियाले अध्ययन गर्ने हरैयामा एक्स आर्मी बोर्डिङ स्कूल, र बुटवलमा तेरियाले न्रित्य प्रशिक्षण लिएको बागेश्वरी कला केन्द्रमा पुगेर भिडियो सुटिङ गरेको थियो। उक्त कला केन्द्रमा न्रित्य निर्देशक मुकेश गुरुङले तेरियालाई न्रित्य सिकाएका थिए भने केन्द्रका प्रिन्सिपल सुरेश सेन्चुरी हुन्।

को हुन् यि बालिका?

तेरिया मगर सन् २०१२ मा काठमाडौंमा स्कूल वेल्फिल्ड्स काराभानद्वारा आयोजित एक लाख रुपैंयाँ नगद पुरस्कारको 'मेघा डान्स कन्टेस्ट' (१० बर्ष मुनिका) प्रतियोगितामा प्रथम भएकी प्रतिभाशाली नेपाली बालिका हुन्।

यो पङ्तिकारको गाउँ गुल्मी जिल्लाको ठूलो लुम्पेक वडा नं १ बुझुङ खोला पुर्खौली घर भएकी तेरियाको हालको बसाई रुपन्देही जिल्लाको रुद्रपुर-६ हरैयामा रहेको छ। उनी हरैयास्थित एक्स आर्मी बोर्डिङ स्कूलकि कक्षा ५ कि विद्यार्थी हुन्। काठमाडौं विश्वबिद्यालयका प्राध्यापक कवि तथा मूर्तिकार भुवन थापा मगर बहुवीकाअनुसार उनका बुवा बिजय फौँजा मगर अहिले दुबईमा कार्यरत छन् भने उनकी आमा अनिता फौँजा मगर अहिले तेरियालाई लिएर मुम्बईमा रहेकिछिन्। तेरियाका बाजे कृष्णबहादुर फौँजा मगर भारतीय गोर्खाली सेना ११ गोर्खा राइफल्सका अनरेरी नाईक सुबेदार हुन् भने उनका बाजे रुद्रबहादुर फौँजा मगर परिचित समाजसेवी हुन्।

Dance India Dance Litter Master Top 10 finalist Teriya Magar. Photos courtesy: Zeetv.com


अन्तमा, नेपाल र नेपालीको शीर उँचो पार्न सफल नेपाली छोरी तेरियालाई हाम्रो आशिर्वाद र बधाई छ। उनको भबिश्य अझ सफलताले चुमोस्।

उसो त सन् २००७ को बहुचर्चित ईण्डियन आईडल गिती प्रतियोगितामा विश्वभरका झन्डै एक अर्ब भारतीयहरुबिच नेपाली मुलका भारतीय गायक प्रशान्‍त तामाङलाई जिताउन पनि नेपालीहरु यसरीनैलागि परेका थिए।

भारतको आधुनिक ईतिहासमा नेपालीको देन

भारतको आधुनिक ईतिहास प्रशान्त र तेरिया जस्ता प्रतिभाशाली नेपाली र नेपाली मुलका भारतीयहरुको नाम नलिने हो भने पुरा हुन सक्दैन। तपाईं हामी कतिलाई थाहा छ कि भारतको राष्ट्र गान 'जन गण मन' को संगितका सर्जक नेपालीमुलका सुपुत्र क्याप्टेन रामसिंह ठाकुर थिए भन्ने?

"म भक्त छु आफ्नो जाति (नेपाली) को, मेरो बिन्ती फालाफाल नगर
चोट लागेर दुखेको यो दिललाई, नून छरी अझ बेहाल नगर
जाति धर्म बुझें जहिलेदेखि, जाति प्रेममा जोगी भएको छु
म अलख जगाउँदै डुल्दैछु, मलाई भिक्षु भनी अपगाल नगर"
-मास्टर मित्रसेन


माथि उद्ध्रित गरिएको गीतले दिएको 'हामी नेपाली' सन्देशको सम्बाहक-सर्जक १९ औं शताब्दीका बहुचर्चित लोक गायक एबं गीतकार मास्टर मित्रसेन थापा मगर (१८९५-१९४६) नेपाली लोक गीतका पहिलो सर्जक थिए जो भारतको हिमान्चल प्रदेशको धरमशालामा जन्मिएका थिए।

उनको उबेलाको लोकगीत-संगितले पहिलो पटक नेपालका नेपाली, भारत, बर्मा र विश्वभरका नेपालीलाई एक सुत्रमा बाँध्न सफल भएको थियो।

ब्रिटिश साम्राज्यबाट मुक्तिकोलागि भएको भारतको स्वतन्त्रताको लडाईंमा हजारौं नेपाली र नेपाली मुलका भारतीय नेपालीहरुले आफ्नो प्राणको बाजीलगाएर लडेका थिए। नेपाली मुलका मेजर दुर्गा मल्ललाई सन् १९४४ को अगस्ट २४ तारिख इन्डिया गेट नजिकै मारिएको थियो भने क्याप्टेन दलबहादुर थापालाई दिल्लीको लाल किल्ला नजिकै सन् १९४५ को मे ३ तारिख मारिएको थियो। उसो त सन् १९३० मा महात्मा गान्धीले ब्रिटिश राजको बिरुद्ध प्रशिद्द नमक सत्यग्रह (साल्ट मार्च) शुरु गर्दा ७८ जना यात्रीहरु मध्ये दुई जना नेपालीहरु थिए- महाबिर गिरी र खरगबहादुर सिंह गिरी।

तेती मात्र कहाँ हो र, २५ सय बर्ष अघि शान्तीका अग्रदूत नेपालकै महामानव गौतम बुद्धले भारतको बोध गयामा बोधी ज्ञान (इन्लाइटन्मेन्ट) प्राप्त गरेका थिए र आफ्नो विश्व शान्तीको पहिलो ज्ञान भारतीय अनुयायीहरुबीच बाँडेका थिए।

भारतीयहरु हरेक साँझ आफ्नो घरमा निश्चिन्त सुत्न सक्नुको पछाडि अहिले पनि हाम्रा हजारौं गोर्खाली सेनाहरु कार्गिल र कश्मिरमा भारतीय सीमा र सार्बभौमताको रक्षार्थ अहोरात्र पहरेदारी गरिरहेका कारण होभन्दा अतियुक्त हुनेछैन।

हो, अब प्रशान्त र तेरियाहरुहरुले फेरी आधुनिक भारतको ईतिहास रचेकाछन्, रच्न गैरहेकाछन्। उनीहरुले फेरी भारतीय ईतिहासमा नेपालीको एउटा अर्को सुनौलो खाता खोल्नेछन्।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it and Numa Rahadi Magar in Butwal

Read related news:

-भारतलाई नचाउने नेपाली छोरी तेरिया मगरको आफ्नो गाउँमा भब्य स्वागत

-नेपालकि प्रतिभाशाली ११ बर्शिय बालिका तेरिया मगर भारतीय Zee TV को टप टेन डान्स ईन्डिया डान्स लिटल मास्टरमा छनौट, भोट दिने होईन?

-अमेरिकि राजनीतिमा अर्को नेपाली छोरो एचबी भण्डारी यसरी भिड्दैछन्, सहयोगको अपिल

--अमेरिकामा नेपाली चेलीलाई सामाजिक सेवाको उच्च कदर गर्दै मानार्थ बिद्यावारिधी

-अमेरिकाको कङ्ग्रेसम्यानमा उम्मेद्वारी दिने पहिलो नेपाली बने दर्शन रौनियार

--अमेरिकामा पुरस्कारको पोको, नेपालमा दलित महिला र बालबालिकाकोलागि मरिमेट्ने धोको !

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

-A Son of a Priest, now Hero in a World's Best University

-Manose Treats New Yorkers to Sounds of Nepalese Mountain Music

-"हामी सबै जना मिलेर माया बाटौं"- Prashant Tamang, Indian Idol-III 2007 winner

-Indian Idol winner Prashant Tamang Idolized by His fans in New York

-Prashant Tamang & Other Nepalese Indian Heroes Who Made us Proud

 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.