NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

प्रधानमन्त्रीको अर्को चुनाव असोज १० गते (September 26) हुने PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Santa Bagam   
Tuesday, 07 September 2010 15:23

काठमाडौं- नयाँ प्रधानमन्त्री चयनकालागि असोज १० गते फेरी निर्वाचन हुने भएको छ । भदौ २२ गते भएको सातौं पटकको मतदानमा दुबै प्रधानमन्त्रीले आवश्यक मत ल्याउन नसकेपछि आठौं पटक निर्वाचनको मिति तय भएको हो ।

व्यवस्थापिका संसदमा भएको निर्वाचनमा प्रधानमन्त्रीका उमेदवारद्वय एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले बहुमत पुर्याउन नसकेपछि आजको निर्वाचन पनि निरर्थक भएको छ ।

आज भएको निर्वाचनमा माओवादी उमेदवार प्रचण्डको पक्षमा २५२ मत तथा विपक्षमा ११० मत र तटस्थमा १५९ मत परेको छ । प्रचण्डको निर्वाचनका बेला ५ सय २१ सभासद उपस्थित रहेका थिए । प्रचण्डले छैटौं चरणको प्रधानमन्त्री निर्बाचनभन्दा १२ मत मात्र बढी ल्याउनु भएको छ ।

त्यस्तै, अर्का प्रत्यासी एवम् नेपाली काङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलको पक्षमा १ सय १९ मत विपक्षमा २४५ मत परेको छ । उपस्थित ५ सय १५ मध्ये १ सय ५१ जना सभासद भने पौडेलको निर्वाचनका बेला तटस्थ बसेका थिए ।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले निर्बाचनमा कस्लाई समर्थन गर्ने भन्नेमा निर्णय लिन नसकेपछि निर्वाचनमा उपस्थिति जनाएन भने मधेसी जनअधिकार फोरम नेपालले पनि आजको निर्बाचनमा भाग लिएन । एमाले र दुई मधेशी दल भने आज पनि तटस्थ बसेका थियो ।

यसअघि साउन ५, ७, ११, २१, भदौ ७ र २० गते यस्तै नतिजाहिन निर्बाचन भएको थियो । असार १६ गते प्रधानमन्त्रीले राजिनामा दिए यता मुलुक कामचलाउ सरकारको भरमा टिकीरहेको छ ।

-Santa Bagam in Kathmandu

Comments

avatar hari
+1
 
 
well done ,nepal should keep doing comedy job,
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Sarmila Lama
0
 
 
Nepali janta sabailai deshko maya chha, Netaharu kasailai pani desko maya chaina. UNiharu afna swarthaka lagi nepal aamalai bechana tayar chhan.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?