NEWS: बिबिसी नेपाली सेवा ::

Inside

नेपाल परिवार दलले भदौ २४ र २५ गते राजधानीमा पहिलो महाधिवेशन गर्ने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Wednesday, 08 September 2010 15:59

काठमाडौं- सम्बिधान सभामा एक सिटमात्र रहेको नेपाल परिवार दलले भदौ २४ र २५ गते राजधानीमा आफ्नो पहिलो महाधिवेशन गर्ने भएको छ ।

महाधिवेशनको नारा 'सम्पूर्ण नेपालीहरु एक हौऔं, हाम्रो राष्ट्र, हाम्रो पार्टी, हाम्रो गौरव' तय गरिएको अध्यक्ष एकनाथ ढकालले बताएका छन् । उनी दलको तर्फबाट एकमात्र सम्बिधान सभा सदस्य हुन् ।

महाधिवेशनमा पचहत्तरै जिल्लाका १८ सय जना प्रतिनिधिले भाग लिने दावी अध्यक्ष तथा सभासद ढकालले गरे । यद्यपि यो पार्टी ७५ वटै जिल्लामा त्यति राम्रो संगठन भएको पार्टी भने होइन । यो दलले नेपालको क्रीस्चियनहरुलाई संगठित गर्दै गरेको आरोप बेलाबखत लाग्ने गरेको छ । पछिल्लो समयमा यो दलले युवा फोर्सको गठन गरिएको दावीपनि गरेको छ ।

महाधिवेशनमा दर्जनभन्दा बढी विभिन्न मित्र राष्ट्रबाट उच्च तहका नेता एवं विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहने अध्यक्ष ढकालले बताएका छन् ।

महाधिवेशन तयारी अन्तिम अवस्थामा पुगेको जानकारी गराउदै ढकालले महाधिवेशन सफल पार्न विभिन्न नौ विषयगत समिति गठन भई काम गरिरहेको जानकारी दिए ।

'शान्ति र विकासकालागि सहकार्य' नारा लिएर सो दलले शान्ति बल नामक युवा फोस्र गठन गरेको छ । पार्टीका केन्द्रीय सदस्य रामहरि गिरीको अध्यक्षता ३ सय सदस्यीय सो फोस्र सुरुमा ३ सय युवा समेटिएको र त्यसलाई ३० हजार पुर्याइने दावी ढकालले गरेका छन् । तर आफ्नो दलको यो फोर्स ब्यारेकमा नबस्ने
जानकारी उनले दिएका छन् ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?