Inside

All Time Top 75 News

बहुमतीय आधारमै प्रधानमन्त्रीको पहिलो निर्वाचन आगामी ११ भदौमा हुने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Thursday, 25 August 2011 13:23

काठमाडौ- बहुमतीय आधारमै प्रधानमन्त्रीको निर्वाचन हुने भएपछि पहिलो निर्वाचन आगामी ११ भदौमा हुने भएको छ ।

प्रधानमन्त्रीकालागि उम्मेदवारी दर्ता भने भोलि हुने भएको छ । व्यवस्थापिका संसदको कार्यव्यवस्था परामर्श समितिको आजको बैठकले पहिलो निर्वाचनबाटै प्रधानमन्त्रीको चयन हुन नसके भदौ १३ गते पनि निर्वाचन हुने तालिका तय गरेको छ ।

जानकारीअनुसार पहिलो चरणमा प्रधानमन्त्री छान्न भदौ ११ गते पहिलो चरणको चुनाव हुनेछ । सम्बिधान सभाको म्याद थप गर्ने सहमति दलहरुबीच भएकाले प्रम चुनावको भोलिपल्ट १२ गते अन्तरिम संविधान दशौं संशोधन प्रस्ताव पेश गरिने भएको छ । सरकारले सम्बिधान सभाको म्याद ३ महिनाकालागि थप गर्ने प्रस्ताव व्यवस्थापिका संसदमा पेश गरिसकेको छ ।

हालसम्म प्रधानमन्त्रीकालागि एकिकृत नेकपा माओवादीबाट डा. बाबुराम भट्टराई र नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल प्रतिस्पर्धामा छन् । दुई जनामात्र उम्मेदवार भएकाले पहिाले चरणको निर्वाचनबाटै मुलुकले नयाँ प्रधानमन्त्री पाउने अपेक्षा गरिएको छ । अहिलेसम्मको स्थितिअनुसार एमाओवादी उम्मेदवार डा. बाबुराम भट्टराई प्रतिस्पर्धामा अगाडि छन् । उनलाई मधेशवादी दलबाटपनि मत प्राप्त हुने बलियो सम्भावना छ ।

शेरबहादुर देउवाले प्रधानमन्त्रीको प्रतिस्पर्धा त्याग गरेपछि नेपाली कांग्रेसले विहीबारमात्र आफ्नो उम्मेदवारकोरुपमा रामचन्द्र पौडेललाई अघि सारेको हो । सहमतीय भए देउवा प्रमको उम्मेदवार हुने आन्तरिक सहमतिअनुसार उनी सहमतीय प्रम हुन नसकेपछि पौडेललाई अघि सारिएको हो । पौडेललाई पार्टीकोतर्फबाट उम्मदेवार बनाउन विहीबार बिहान कांग्रेस केन्द्रीय समितिको बैठक बसेको थियो ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

 

Find Us at Facebook