NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

प्रधानमन्त्री झलनाथ खनालद्वारा कांग्रेस र एमाओवादीबाट सहयोग नपाएको आरोप PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Monday, 15 August 2011 09:18

काठमाडौ- राष्ट्रिय सहमतिकालागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र शान्ति प्रकृयाकालागि सत्ता साझेदार एकिकृत नेकपा माओवादीबाट सहयोग नपाएको आरोप लगाउँदै प्रधानमन्त्री झलनाथ खनालले व्यवस्थापिका संसदको बैठकबाट पनि आफ्नो राजिनामाको घोषणा गरेका छन् ।



औपचारिक रुपमा भने उनले हिजै राष्ट्रपति डा. रामबरण यादवलाई राजिनामा दिइसकेका छन् ।

संविधान सभाको सबैभन्दा ठूलो दल एकिकृत नेकपा (माओवादी) लाई चारैतिरबाट एक्ल्याउन खोजिएको बेला आफूले माओवादीलाई साथ दिएर माओवादीलाई एक्ल्याउँदा निम्तिने जोखिमबाट मुक्त गरेको बताउँदै प्रधानमन्त्री खनालले माओवादीलाई साथ लिँदा पार्टी भित्र र पार्टी बाहिरबाट निकै ठूलो अप्ठेरो सामना गर्नुपरेको बताए । यद्यपी आफूले माओवादीबाट साथ नपाएकोमा उनी उनी दुखी देखिन्थे ।

आफ्नो सरकार राष्ट्रिय सहमतिको सरकार नभएपनि आफू पदमा रहँदा राष्ट्रिय सहमतिको महत्वलाई अरु दर्शाउने काम गरेको दावीपनि उनले गरे । आगामी सरकार राष्ट्रिय सहमतिकै सरकार बनाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री खनालले सहमतिको बिकल्प नखोज्न एमाओवादी र नेपाली कांग्रेससँग आग्रह गरे । उनको भनाई थियो- 'सहमतिमा अघि बढ्न नखोजे हामी कहीँपनि पुग्न सक्ने छैनौं, त्यसैले सहमतिको बिकल्प खोज्ने काम नगरौं ।'

आफ्नो नेतृत्वको सरकारले पुगनपुग ७ महिनाको अवधिमा हासिल गरेका उपलब्धिहरुको फेहरिस्त प्रस्तुत गर्दै सबैभन्दा धेरै उपलब्धि उर्जा मन्त्रालय र गृह मन्त्रालय अन्तर्गत भएको बताए । यसैगरी, शान्ति प्रकृयाका सम्बन्धमा एमाओवादी नेतालाई दिइएको दोहोरो सुरक्षा प्रणाली हटाइएको, समायोजित हुने लडाकूको संख्यामापनि सहमति बनिसकेको दावी गरे । सम्बिधान निर्माणका सम्बन्धमापनि थुप्रै सहमति जुटेको बताउँदै उनले अव सम्बिधान बनाउन लामो समय नलाग्ने जानकारी दिए ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?