NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

प्रधानमन्त्रीद्वारा प्रधानमन्त्रीलाई शुभ कामना ! PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Sitaram Baral   
Monday, 29 August 2011 20:24

काठमाडौं- निवर्तमान प्रधानमन्त्री झलनाथ खनालले नवनियुक्त प्रधानमन्त्री झलनाथ खनाललाई बधाई दिएका छन् । सम्भवत: नयाँ प्रधानमन्त्रीलाई औपचारिक रुपमा अर्को प्रधानमन्त्रीले बधाई दिएको यो पहिलो पटक हो ।


भट्टराईले शपथ ग्रहण गर्नु अगाडिसम्म उनको हैसियत प्रधानमन्त्रीकै भएकाले सोही हैसियतमा उनले भट्टराईलाई बधाई दिएका हुन् ।

स्मरणीय छ, खनाल नेपालका ३४ औं प्रधानमन्त्री हुन् भने भट्टराई चाहिँ ३५ औं प्रधानमन्त्री । प्रधानमन्त्री खनालले हिजो भएको प्रधानमन्त्रीको निर्वाचनमा मत चाहिँ नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई हालेका थिए ।

'सर्वप्रथम अत्यन्तै जटिल र संवेदनशील परिस्थितिमा यहाँ मुलुकको गरिमामय प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएकोमा म हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु, यतिबेला मुलुक अत्यन्तै जटील संक्रमणकालीन मोडबाट अगाडि बढिरहेको तथ्य यहाँलाई अवगत नै छ, अहिले पनि हाम्रा सामु शान्ति र संविधानको प्रकि्रयालाई पूर्णतामा पुर्याउने सबैभन्दा ठूलो चुनौति रहेको छ' खनालले भट्टराईलाई पठाएको बधाई पत्रमा भनिएको छ- 'त्यस निम्ति राष्ट्रिय सहमति अपरिहार्य छ, यी कुराहरुलाई समेत ह्दयङ्गम गर्दै तपाईको बौद्धिक र जिम्मेवार नेतृत्वमा मुलुकले दिगो शान्ति र नयाँ संविधान प्राप्त गर्ने गरी राष्ट्रिय सहमति निर्माण गर्न सफलता मिल्नेछ भन्ने कुरामा म हार्दिक विश्वास व्यक्त गर्दछु ।'

आज आयोजित भट्टराईको शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्रीका हैसियतले खनाल उपस्थित भएपनि शपथ ग्रहण कार्यक्रममा एमालेका तर्फबाट शक्तिशाली नेताहरु उपस्थित भएनन् । माधब नेपाल, केपी ओली, बामदेव गौतम, इश्वर पोखरेल लगायतका मुख्य एमाले नेताहरुले शपथमा भाग लिएनन् । खनालपछि एमालेबाट शपथ ग्रहणमा सहभागी हुने एमालेका मुख्य नेतामा सचिवद्धय बिष्णु पौडेल र शंकर पोखरेल थिए ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?