NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

'सहमति र विकल्प बेगर राष्ट्रलाई अन्योल र कामचलाउ अवस्थामा पुर्याएर जिम्मेवारी छाड्न मिल्दैन'- प्रधानमन्त्री झलनाथ खनाल PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Monday, 30 May 2011 13:15

काठमाडौं- संविधान सभाको थपिएको तीन महिनाको अवधि अत्यन्तै अनमोल रहेको बताउँदै प्रधानमन्त्री झलनाथ खनालले आफूले तत्काल पद नछाड्ने घोषणा गरेका छन् ।

सोमबार बिहान वालुवाटारस्थित आफ्नो सरकारका निवासमा सरकारी संचार माध्यमका प्रतिनिधिहरुसँग कुरा गर्दै खनालले सम्बिधान सभाको थप भएका तीन महिना अवधि सदुपयोग गर्ने राष्ट्रिय वातावरण निर्माण गर्न आग्रह गरेका छन् ।

पाँचबुँदे सहमति निर्माणको क्रममा संविधान सभा विघटन हुनुपर्ने तत्वहरुको कलुषित आशयसमेत राम्रैसँग प्रकट भएको दावी गर्दै खनालले  कतिपयले बिखण्डनकारी धारणासमेत राखेको बताए । उनले भने- 'तर नेपाली जनताको संविधान सभाबाटै नयाँ संविधान जारी हुनुपर्ने स्पष्ट जनादेश र अभिमत रहेको हुँदा दिनरात छलफल गरेर भए पनि संविधान सभाको म्याद थप गर्ने निर्णय गरियो ।'

जुनसुकै मूल्य चुकाएर भए पनि शान्ति प्रक्रिया र संविधान निर्माणको काम दृढतापूर्वक पूरा गर्नुपर्ने बताउँदै खनालले भने- 'यसमा आमजनताले खबरदारी गर्नु पनि जरुरी छ ।' राष्ट्रिय सहमतिको आधारमा नयाँ विकल्प प्रस्तुत हुनासाथ आफू राजिनामा गरेर मार्गप्रशस्त गर्न तयार रहेको उनले बताए । उनले भने- 'सहमति र विकल्प बेगर राष्ट्रलाई अन्योल र कामचलाउ अवस्थामा पुर्याएर जिम्मेवारी छाड्न मिल्दैन ।'

सहमतिको कार्यान्वयनकालागि सर्वप्रथम आफूले प्रमुख दलका नेताहरुलाई भेट्ने जानकारी दिँदै खनालले सेना समायोजन सम्बन्धी विशेष समितिमार्फत् शान्ति प्रक्रियाको कामलाई तीब्रता दिन ध्यान केन्द्रित गरिने बताए । 'त्यस क्रममै उपयुक्त रुपमा अघि बढ्ने वातावरण बन्नेछ भन्ने मलाई लागेको छ' उनले भने- 'यसकालागि मलाई सबैको सहयोग र समर्थनको खाँचो रहेको छ, यस्तो समर्थन र सहयोग पाउँछु भन्नेमा म आशावादी छु ।'

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?