Inside

All Time Top 75 News

'पटकपटक असफल भइसकेको प्रकि्रयाको अभ्यासमा नलाग्न राजनीतिक दलहरुलाई मेरो आग्रह छ'- प्रधानमन्त्री झलनाथ खनाल PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Friday, 26 August 2011 14:04

काठमाडौं- सहमतीय सरकारकालागि भन्दै पदबाट राजिनामा दिन बाध्य गरिएका प्रधानमन्त्री झलनाथ खनालले बहुमतीय सरकारकालागि लिगलिगे दौडबाट शान्ति र संविधानको कार्यभार पूरा हुन नसक्ने बताएका छन् ।

विगतका तीनवटा बहुमतीय सरकार शान्ति र संविधान निर्माण टुङ्गोमा पुर्याउन असफल भएको बताउँदै प्रधानमन्त्री खनालले शान्ति र सम्बिधानकालागि सहमतीय सरकार नै आवस्यक हुनेमा जोड दिएका छन् ।

'पटकपटक असफल भइसकेको प्रकि्रयाको अभ्यासमा नलाग्न राजनीतिक दलहरुलाई मेरो आग्रह छ' शैक्षिक सुधारकालागि आयोजित सर्वपक्षीय सम्मेलनलाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै प्रम खनालले भने- 'इतिहासका ती कटु अनुभवबाट पाठ सिकेर हामीले सहमति, एकता र विवेककासाथ परिवर्तनका उपलब्धिहरुलाई संस्थागत गर्न सबै प्रकारले ध्यान केन्द्रित गर्नुपर्छ, तबमात्रै हामी मुलुकको सबै क्षेत्रको बहुआयामिक विकासमा केन्द्रित हुन सक्नेछौं ।'

सहमतिकालागि अहिले पनि समय नसकिएको प्रधानमन्त्री खनालको भनाई थियो । 'हामी सबैले प्रयत्न गर्ने हो भने बहुमतीय प्रक्रियाभित्र पनि सहमतीय सरकार गठन गर्न कसैले रोक्न सक्दैन' उनले भने- 'मुलुक इतिहासको अत्यन्तै संवेदनशील मोडमा उभिएको छ, मुलुकको आर्थिक-सामाजिक, शैक्षिक र सांस्कृतिक विकासलगायत समग्र विकास प्रक्रियाकालागि मुलुकले अवलम्बन गरेको राजनीतिक पद्धतिलाई संस्थागत गरेर अघि बढ्न अत्यावश्यक छ, यसकालागि पनि सहमतीय सरकारको आवस्यकता छ ।'

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Find Us at Facebook