NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

'सहमतीय सरकार बन्ने सम्भावना ज्यादा छ'- प्रधानमन्त्री झलनाथ खनाल PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Saturday, 20 August 2011 17:11

काठमाडौ- राष्ट्रिय सहमतिको सरकार गठनकालागि राष्ट्रपतिले दिएको समयावधि एक दिनमात्र बाँकी रहँदा सरकार नेतृत्वकालागि प्रतिस्पर्धामा रहेका एमाओवादी र नेपाली कांग्रेसले प्रयास तीब्र पारेका छन् ।

राष्ट्रपतिले सहमतिको सरकार गठनकाबारे प्रधानमन्त्री खनालसँग जिज्ञाशा राखेका छन् । एमाओवादीले सरकार नेतृत्वकालागि शान्ति प्रकृयाका सम्बन्धमा थप लचकता अपनाउने निर्णय गरेको छ भने नेपाली कांग्र्रेसले साना दलहरुको सहमति खोज्ने प्रयास गरेको छ ।

राष्ट्रपति यादव र प्रधानमन्त्री झलनाथ खनालबीच शनिवार विहान भएको भेटवार्तामा राष्ट्रिय सहमतिको सरकार गठनकालागि भएको प्रयासबारे प्रधानमन्त्रीसँग जानकारी मागेका थिए । प्रधानमन्त्री खनालले राष्ट्रिय सहमतिको सरकार गठनकैलागि आफूले राजिनामा दिएको बताउँदै यसकालागि भएका प्रयासहरु सन्तोषजनक भएको राष्ट्रपतिलाई बताएका थिए । उनको भनाई थियो- 'सहमतीय सरकार बन्ने सम्भावना ज्यादा छ ।'

एमाओवादीले चाहिँ राष्ट्रिय सहमतिको सरकारको नेतृत्वकालागि अघि सारिएका उपाध्यक्ष डा. बाबुराम भट्टराई नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न थप लचक हुने निर्णयग रेको छ । एमाओवादी स्थायी समितिको शनिवारको बैठकले यस्तो निर्णय गरेको हो । शान्ति प्रकृयाका मूलभूत विषयमा अन्य दलसँग थप लचकतासाथ प्रस्तुत हुने निर्णय गरेको एमाओवादी प्रवक्ता दीननाथ शर्माले जानकारी दिए । अब माओवादीले शान्ति र सम्बिधानलाई केन्द्रमा राखेर सरकार नेतृत्वको दावीसहित अन्य दलहरुसँग वार्ता गर्नेछ ।

सरकार नेतृत्वकालागि अन्य दलहरुले शान्ति प्रकृया टुङ्गोमा पुर् याउन भरपर्दो प्रतिबद्धता माग गरेपछि माओवादीले यस्तो निर्णय गरेको हो । स्थायी समितिको बैठकले भोलिसम्मा भट्टराईको नेतृत्वमा सहमतीय सरकार बन्ने निष्कर्षसमेत निकालेको प्रबक्ता शर्माले बताए । शर्माले सम्बाददाताहरुसँग भने- 'बैठकले आफ्नो दलको नेतृत्वमा सहमतीय सरकार गठनका लागि सघाउन संविधानसभाका सबैदलसँग आग्रह गरेको छ, अहिलेसम्मको स्थिति हेर्दा भट्टराईको नेतृत्वमा नै सरकार बन्ने देखिन्छ ।'

उता, अर्को दावेदार नेपाली कांग्रेसले चाहिँ राष्ट्रिय सहमतिको सरकारको नेतृत्वकालागि आफ्नो दावेदारीलाई अझ बलियो बनाउन संविधानसभामा रहेका विभिन्न साना दलहरुसँग वार्ता गरेको छ । कांग्रेस संसदीय दलको कार्यालयमा भएको सो वार्तामा विभिन्न १० साना दल सहभागी थिए, जहाँ प्रधानमन्त्रीका प्रत्यासी देउवालगायतका कांग्रेस नेताहरुले यस पटक सहमतिको सरकारको नेतृत्वकालागि कांग्रेसलाई सहयोग पुग्ने वातावरण बनाउन साना दलहरुसँग आग्रह गरेका थिए ।

राष्ट्रिय सहमतिको सरकारकालागि निर्णायक मानिएको तेश्रो ठूलो दल नेकपा (एमाले) ले चाहिँ सहमतिको सरकारकालागि आफ्नो तर्फबाट अन्तिम प्रयास गर्ने निर्णय गरेको छ । पार्टी स्थायी समितिको सोमबार बसेको बैठकले राष्ट्रिय सहमतिको सरकारका सम्बन्धमा गरिएका पूर्ववत निर्णयहरुलाई दोहोर् याउँदै उपरोक्त निर्णय गरेको हो । सो पार्टीले सरकार नेतृत्वको दावी गरिरहेका एमाओवादी र नेपाली कांग्रेस दुवैलाई सरकार नेतृत्वकालागि लचक भएर सहमति खोज्न आग्रहपनि गरेको छ ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?