NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

प्रधानमन्त्री पदको निर्वाचनको पहिलो दिन नै नयाँ प्रधानमन्त्री निर्बाचित हुने सम्भावना PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Friday, 26 August 2011 14:08

काठमाडौं- तोकिएको समयावधिभित्र प्रधानमन्त्री पदकालागि दुई जना उम्मेदवारले मात्र उम्मेदवारी दर्ता गरेपछि प्रधानमन्त्री पदको निर्वाचनको पहिलो दिन नै मुलुकले नयाँ प्रधानमन्त्री पाउने सम्भावना देखिएको छ ।

प्रधानमन्त्रीकालागि सम्बिधान सभाको सबैभन्दा ठूलो दल एकिकृत नेकपा (माओवादी) बाट डा. बाबुराम भट्टराई र दोश्रो ठूलो दल नेपाली कांग्रेसबाट रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । प्रधानमन्त्री पदको पहिलो निर्वाचन भदौ ११ गते आइतबारका दिन हुँदैछ ।

डा. भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन उम्मेदवारी पत्रमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रस्ताव गरेका छन् भने समर्थकमा एमाओवादी संसदीय दलका उपनेता नारायणकाजी श्रेष्ठ (प्रकाश) छन् । उम्मेदवारीको सूचना दर्ता गराउन डा. भट्टराई, अध्यक्ष प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सचिव पोष्टबहादुर बोगटी र प्रवक्ता दिनानाथ शर्मा र पत्नी हिसिला यमीसहित संसद सचिवालय पुगेका थिए । ११ बजेर १५ मिनेट जाँदा उनको मनोनयन दर्ता भएको थियो ।

भट्टराईको उम्मेदवारी दर्ता भएको केही समयपछि कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका थिए । पौडेलको समर्थकमा महामन्त्री एवम् संसदीय दलका उपनेता प्रकाशमान सिँह र समर्थकमा विमलेन्द्र निधि छन् । उम्मेदवारीकालागि उनलाई चुनौति दिएका बरिष्ठ नेता शेरबहादुर देउवा प्रस्तावक बसेर पौडेलको उम्मेदवारी दर्ता गराइने विश्वास गरिएपनि देउवा प्रस्तावक नबसेपछि पौडेलको उम्मेदवारीप्रति देउवा अझै असन्तुष्ट रहेको अनुमान गरिएको छ ।

यस अगाडि जस्तो प्रम चुनावमा तटस्थ बस्न नपाइने र प्रमका लागि दुई जनामात्र उम्मेदवार भएकाले एकै पटकको निर्वाचनबाट प्रधानमन्त्री चुनिने सम्भावना देखिएको छ । अहिलेसम्मको स्थितिमा डा. भट्टराई बलिया उम्मेदवार देखिएका छन् । माओवादीप्रति सकरात्मक मधेशी मोर्चाको मत पाएमा उनी सहजै विजयी हुनेछन् । पौडेलका लागि चाहिँ मोर्चा र एमाले दुवैको मत आवस्यक छ । एमालेले कसलाई दिने भन्ने टुङ्गो गरिसकेको छैन । संघीयताप्रति अनुदार पौडेलप्रति मोर्चा निकै नकरात्मक देखिन्छ ।

दुवै उम्मेदवारले शान्ति प्रकृया र सम्बिधान लेखनकालागि आफ्नो उम्मेदवारी रहेको बताए । मनोनयन दर्ता गराएपछि सन्चारकर्मीहरुसँग कुरा गर्दै डा. भट्टराईले आफू प्रममा निर्वाचित भए शान्ति प्रक्रिया र संविधान निर्माण निष्कर्षमा पुग्ने बताए । साथमा रहेका एमाओवादी अध्यक्ष प्रचण्डले यस पटक शान्ति प्रकृयाकालागि एमाओवादी बोल्ड बनेर आएकाले आफ्ना उम्मेदवार विजयी हुने विश्वास गरे ।

पौडेलले पनि आफू प्रधानमन्त्रीमा निर्वाचित हुने पक्का भएको बताउँदै आफू प्रममा निर्वाचित भएमा मात्र शान्ति प्रकृया र सम्बिधान लेखन कार्य सहजताका साथ अघि बढ्ने दावी गरे । पौडेल यसअघि भएका प्रधानमन्त्री निर्वाचनमा चाहिँ १७ पटक पराजित भएका थिए । एमालेको माधब नेपाल केपी ओली पक्ष उनलाई मत दिने पक्षमा भएपनि संस्थापन पक्ष भने उनीप्रति अझै उदार बन्न सकेको छैन । एमालेको मत नपाउने हो भन्ने अन्य दलकोमात्र मतले उनी विजयी हुने सम्भावना छैन ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?