NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

यस्तै रहेछ यहाँ को चलन... हार्नेको हाँसो हाँसो, जित्नेको आँसू आँसू PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Thursday, 18 June 2009 00:27
फेरी पनि छैन माकुने ज्युलाई हाम्रो केही गुनासो
काठमाण्डौं- संविधान सभा निर्वाचनमा दुई दुई स्थानबाट पराजित भएपनि प्रधानमन्त्री बनेका एमाले बरिष्ठ नेता माधब नेपालको मन्त्री मण्डलमा संविधान सभा निर्वाचनमा पराजितहरुको संख्या अरु बढेको छ ।

मन्त्री मण्डलको पहिलो विस्तारका बेला काठमाडौं ४ बाट पराजित विद्या भण्डारीलाई रक्षामन्त्री बनाएका नेपालले मन्त्री मण्डल तेश्रो पटक विस्तार गर्दा एमालेका एक हरुवा नेतालाई मन्त्री बनाएका छन् । संविधान सभा निर्वाचनमा शर्मनाक पराजय भोगेका नेपाली कांग्रेसका एकजना नेतापनि मन्त्री बन्न सफल भएका छन् ।
 
संविधान सभा निर्वाचनमा धनकुटा- १ मा एमालेको तर्फबाट उम्मेदवार बनी पराजित बनेका रकम चेम्जोङ्गलाई प्रधानमन्त्री नेपालले शान्ति तथा पुननिर्माण मन्त्री बनाएका छन् । चेम्जोङ्ग एमाले अध्यक्ष खनालनिकट मानिन्छन् । माओवादी उम्मेदवार हेमराज भण्डारीसँग उनी ५ हजार भन्दा बढि मतको अन्तरले पराजित भएका थिए । संविधान सभा निर्वाचनमा माओवादीका भण्डारीले १७ हजार २ सय २ मत पाई विजयी बनेका थिए भने एमालेका चेम्जोङ्गले ११ हजार १ सय ७४ मत ल्याई निकटतम प्रतिद्धन्दी बनेका थिए ।

शान्ति तथा पुनर्निर्माण मन्त्रालयकै राज्यमन्त्री बनाइएका एमालेका डिल्लीबहादुर महतपनि संविधान सभा निर्वाचनमा जनताबाट अस्वीकार गरिएका व्यक्ति हुन् । जुम्लाबाट एमालेका उम्मेदवार बनेका महतले संविधान सभा निर्वाचनमा तेश्रो स्थान प्राप्त गरेका थिए । सो जिल्लाबाट विजयी माओवादीका नरेश भण्डारीले २१ हजार १ सय २७ मत पाएका थिए भने दोश्रो स्थानमा रहेका नेपाली कांग्रेसका दीनबन्धु श्रेष्ठले ९ हजार २ सय १० मत पाएका थिए । तेश्रो स्थानमा पुगेका एमालेका महतले जम्मा ५ हजार ७ सय ४ मतमात्र पाउन सके ।

नेपाली कांग्रेसपनि के कम ! उसले त अझ संविधान सभा निर्वाचनमा उम्मेदवार बनी चौँथो स्थानमा पुगेका एक नेतालाई राज्यमन्त्री बनाएको छ । उनी हुन् चन्द्रसिँह भट्टराई । कैलाली ३ बाट नेपाली कांग्रेसको उम्मेदवार बनेका उनी चौँथो स्थानमा पुगेका थिए । सोही क्षेत्रमा माओवादी उम्मेदवार बीरमान चौधरी १९ हजार ७ सय ३९ मत ल्याई बिजयी बनेका थिए भने दोश्रो स्थानमा रहेका राप्रपाका मोहनराज मल्लले ६ हजार १ सय २६, तेश्रो स्थानमा रहेका एमालेका होरीलाल चौधरीले ५ हजार ३ सय ८१ र कांग्रेसका भट्टराईले ५ हजार ३ सय २४ मतमात्र पाएका थिए ।

संविधान सभाको चुनावै नलडेका एमालेका रबीन्द्र श्रेष्ठ लगायतका नेताहरुपनि मन्त्री बन्न पुगेका छन् । सामान्यतया संसदीय व्यवस्थामा संसदमा रहेका व्यक्तिहरुलाईमात्र सरकारमा लैजाने गरिन्छ । तर एमाले नेतृत्वको सरकारमा चुनावै नलडेका, चुनाव हारेका र प्रत्यक्ष निर्वाचनमा विजयी हुनेभन्दा समानुपातिक निर्वाचनको अप्रत्यक्ष बाटोबाट संविधान सभामा छिरेकाहरुको हालीमुहाली हुन पुगेको छ । संविधान सभा निर्वाचनमा जनताले अस्वीकार गरेपनि चुनावी हार नै उनीहरुकालागि प्रधानमन्त्री र मन्त्री बन्ने लाइसेन्स बन्न पुगेको छ ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?