Inside

All Time Top 50 News

प्रभु बैंक बन्यो नेपालको सबैभन्दा ठूलो प्राईभेट बैंक PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Friday, 12 February 2016 21:28

प्रभु बैंक र ग्राण्ड बैंक विच मर्जर प्रक्रिया सम्पन्न
काठमण्डौं - नेपाल राष्ट्र बैंकबाट 'क' वर्गका ईजाजतपत्र प्राप्त प्रभु बैंक लिमिटेड र ग्राण्ड बैंक नेपाल लिमिटेड विच एकापसमा गाभिने मर्जर प्रक्रिया सम्पन्न भई माघ २९ गतेबाट प्रभु बैंक लिमिटेडको नामबाट एकीकृत कारोबारको शुभारम्भ भएको छ । यसअघि प्रभू विकास बैंक, किष्ट बैंक, गौरीशंकर डेभलपमेन्ट बैंक र जेनिथ फाइनान्स एकआपसमा गाभिएपछि प्रभू बैंक बनेको थियो भने ८ वटा वित्तिय संस्थाहरुको मर्जर पछि अन्तत: प्रभु बैंक लिमिटेड नेपालको सबैभन्दा ठूलो प्राईभेट बैंक बन्न पुगेको छ । मर्जर पश्चात् प्रभु बैंकको चुक्ता पूँजी रु. ५२४ करोड, निक्षेप रु. ५,६०० करोड, कर्जा रु. ४,१०० करोड पुगेको छ भने बैंकको शाखा संख्या १३६, एटिएम संख्या १२२ र निक्षेपकर्ता (डिपोजिटकर्ता) हरुको संख्या ७ लाख ५० हजारभन्दा बढि पुगेको छ । प्रभु बैंकमा ७९ हजार व्यक्ति शेयरधनि रहेका छन् । शेयर लगानीकर्ताहरुको यो संख्या नेपालको नीजि बैंकमा सबैभन्दा धेरै संख्या हो । प्रभु बैंकमा करिव १२ सय कर्मचारी कार्यरत छन् । प्रभु बैंकको २५ वटा हाइड्रो पावरमा ४ अर्ब रुपयाँ बढी लगानी रहेको छ ।

Prabhu Bank has launched successful merger with Grand Bank in Kathmandu on February 12, 2016. Photo courtesy: PrabhuBank.com

बैंकको प्रधान कार्यालय बबरमहल, काठमाण्डौमा माघ २९ गते विहान सम्पन्न मर्जर समारोह प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले समुदघाट्न गरेका थिए ।

Prabhu Bank's Chairman Devi Prakash Bhattachan and Grand Bank's Chairman Shwarup Gurung shaking hands after the two banks' merger in Kathmandu on February 12, 2016. Photo courtesy: PrabhuBank.com

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले स्वागत मन्तव्य राखेका थिए । शेरचनले बैंक तथा वित्तीय संस्थाहरु विचको मर्जर देशको आवश्यकता रहेको कुरा बोध गरेर नै प्रभु बैंकले मर्जरलाई प्रमुखता दिएको र मर्जरबाट प्राप्त सकारात्मक परिणमहरुलाई उपलब्धीका रुपमा लिँदै यससँगै आउने विभिन्न किसिमका चुनौतिहरुको समाधानका लागि प्रभु बैंक सक्षम रहेको बताए ।

प्रमुख अतिथि गभर्नर डा. चिरञ्जिवी नेपालले "केही समयदेखि असहज बनिरहेको देशको अर्थतन्त्र सहजीकरणतपर्फ उन्मुख भैरहेको समयमा प्रभु बैंकले शुरु गरेको एकीकृत कारोबारलाई राम्रो संयोग मात्र नभएर राम्रो संकेतका रुपमा लिनु पर्दछ भन्दै चुक्ता पूँजी वृद्धि हुनु भनेको बैंकको क्षमता वृद्धि हुनु हो, जनविश्वास नै बैंक तथा वित्तीय संस्थाको सम्पत्ति हो, जसलाई प्रभु बैंकले प्राप्त गर्न सकेको छ र बैंक तथा वित्तीय संस्थाको मर्जरको ईतिहासमा प्रभु बैंकले राम्रो योगदान गर्न सकेकोमा खुशी व्यक्त गरे ।  गभर्नर डा. नेपालले भने- "अब प्रभु बैंकले देशका विकट क्षेत्रमा समेत आफ्नो सेवा विस्तार गर्ने पहल गरोस् ।"

प्रभु बैंकका सञ्चालक समितिका अध्यक्ष देवीप्रकाश भट्टचनले "प्रभु बैंकले ५ करोडको चुक्तापूँजीका साथ १० वर्ष अगाडि शुरु भएको प्रभु फाईनान्स कम्पनीको बैंकिङ्ग यात्रा मर्जर मार्फत् आज यो अवस्थामासम्म आईपुगेको हो" भन्दै अब बैंकले देशको वित्तीय क्षेत्र तथा समग्र अर्थतन्त्रलाई सकारात्मक योगदान दिँदै आगामी दिनमा सबल, सफल र सक्षम बैंक बन्ने प्रतिबद्धता व्यक्त गरे। अध्यक्ष भट्टचनले मर्जरका क्रममा बैंकलाई विभिन्न कोणबाट सहयोग गर्नुहुने सम्बन्धित सबैलाई हार्दिक धन्यवाद दिए ।


Devi Prakash Bhattachan, Chairman, Prabhu Group at his New York office. Photo: Pradeep Thapa for USNepalOnline.com

मर्जर समारोहमा ग्राण्ड बैंक नेपाल लिमिटेडका सञ्चालक समितिका अध्यक्ष स्वरुप गुरुङ, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल बैंकर एशोसियशनका अध्यक्ष उपेन्द्र पौड्याल, नेपाल धितो पत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्की र नेपाल स्टक एक्स्चेञ्ज लिमिटेडका कार्यकारी प्रमुख सिताराम थपलियाले सफल मर्जरको लागि हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमको अवसरमा बैंकले कर्जा लगानी गरेका कृषि क्षेत्रतर्फका सफल ग्राहकहरुमध्ये उखु खेतीतर्फ विरेन्द्रकुमार चौधरी, स्याउ खेतीतर्फ पाल्देन छेताङ्ग गुरुङ र स्ट्रावेरी खेतीतर्फ प्रेमबहादुर तामाङलाई सम्मान गरिएको थियो ।

Prabhu Money Transfer has been offering its remittance service in New York and Boston since 2010 and 2011 respectively. Photo courtesy: PrabhuOnline.com

रिमिट्यान्स सेवा सन्चालन

प्रभु बैंकद्वारा प्रभु मनी ट्रान्सफर रिमिट्यान्स सेवा पनि सन्चालनमा छ । बिदेशबाट सुरक्षित र भरपर्दो तरिकाले रेमिटेन्स भित्राउदै आएको प्रभु मनि ट्रान्सफरले मलेसिया र अमेरिकामा आफ्नै कार्यालयमार्फत तथा खाडी मुलुकसहित नेपाली कार्यरत सबैजसो मुलुकबाट बिभिन्न कम्पनीसंग मिलेर रेमिटेन्स भित्राउँदै आएको छ ।

Read related news:

-http://www.usnepalonline.com/prabhu-bank/

-रिमिट्यान्स भित्रेयाउन प्रभु मनि ट्रान्सफरको कुमारी वैंक लिमिटेड र कृषि विकास बैंकबिच सम्झौता

-बोस्टनबाट पनि प्रभु मनि ट्रान्सफरको सेवा सुरु

-न्यू योर्कमा नेपालको नम्बर एक फाइनान्स कम्पनी प्रभु ग्रुपका अध्यक्ष देबिप्रकाश भट्टचनसंग भलाकुसारी

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.