Inside

All Time Top 50 News

रिमिट्यान्स भित्रेयाउन प्रभु मनि ट्रान्सफरको कुमारी वैंक लिमिटेड र कृषि विकास बैंकबिच सम्झौता PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Munal J Karki   
Wednesday, 22 August 2012 20:40

काठमाण्डौ- बिदेशबाट  मुलुकको अग्रणी रेमिट्यान्स कम्पनी प्रभु मनि ट्रान्सफरमा पठाएको पैसा अब कुमारी वैंक लिमिटेड र कृषि विकास बैंकका शाखाबाट पाइने भएको छ।


The MoUs are signed between Prabhu Money Transfer, Agricultural Development Bank Ltd. & Kumari Bank Ltd. for remittance.

प्रभु मनी ट्रान्सफर र कुमारी वैंक लिमिटेड तथा प्रभु मनी ट्रान्सफर र कृषि विकास बैंकवीच रेमिट्यान्स भुक्तानीबारे छुट्टाछुट्टै सम्झौता भएपछि उक्त सेवाको प्रारम्भ भएको हो।

सम्झौतापछि प्रभु मनी ट्रान्सफरमार्फत बिश्वको जुनसुकै स्थानबाट पठाएको पैसा कुमारी वैंक लिमिटेडका मुलुकभर रहेका २८ वटा शाखा र कृषि विकास बैंकका २ सय ३२ वटा शाखाहरुबाट भुक्तानी लिन सकिने भएको छ ।

सम्झौतामा कुमारी वैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उदय उपाध्याय तथा कृषि विकास बैंककोतर्फबाट प्रमुख कार्यकारी अधिकृत तेजबहादुर बुढाथोकी र प्रभु मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र शेरचनद्वारा हस्ताक्षर गरिएको छ।

बिदेशबाट सुरक्षित र भरपर्दो तरिकाले रेमिटेन्स भित्राउदै आएको प्रभु मनि ट्रान्सफरले मलेसिया र अमेरिकामा आफ्नै कार्यालयमार्फत तथा खाडी मुलुकसहित नेपाली कार्यरत सबैजसो मुलुकबाट बिभिन्न कम्पनीसंग मिलेर रेमिटेन्स भित्राउँदै आएको छ ।

प्रभु मनी ट्रान्सफरले पछिल्लो समयमा संजाल विस्तारलाई तिब्रता दिएको छ । यसअघि करिव १ हजार ६ सय भुक्तानी एजेन्टमार्फत रकम भुक्तानी गर्दै आएको प्रभुले नेपाल बैंक लिमिटेड, बाणिज्य वैंक लिमिटेड, कृषि बिकाश वैंक र कुमारी वैंकसँग सम्झौता गरि करिव २ हजार १ सय भुक्तानी संजाल पुर्याएको छ ।

-Munal J Karki in Kathmandu

Read related news:

-बोस्टनबाट पनि प्रभु मनि ट्रान्सफरको सेवा सुरु

-न्यू योर्कमा नेपालको नम्बर एक फाइनान्स कम्पनी प्रभु ग्रुपका अध्यक्ष देबिप्रकाश भट्टचनसंग भलाकुसारी

Not enough of reading us? Visit our multimedia channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.