NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

"डा. बाबुराम भट्टराईको नेतृत्वमा बहुमतीय सरकार बन्नेछ, अबको प्रधानमन्त्री उहाँ नै हो भन्ने कुरामा म ढुक्क छु'- माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Sitaram Baral   
Monday, 22 August 2011 09:35

"न्यूनतम आठ हजारको संख्यामा समायोजना गर्नु पर्ने पक्षमा छौं"
काठमाडौ- शान्ति प्रकृया र सरकार निर्माणकालागि प्रमुख मुद्धा बनेको माओवादी लडाकूको समायोजन सम्बन्धी विषयमा प्रमुख राजनीतिक दलहरु सहमतिमा पुगिसकेको दावी एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गरेका छन् ।

सहमतीय सरकारकै नेतृत्वको दावी गरिरहेको एमाओवादी अध्यक्ष प्रचण्डले बहुमतीय पद्धतिबाट प्रधानमन्त्री छान्ने अवस्था आएपनि एमाओवादी उम्मेदवार डा. बाबुराम भट्टराई नै प्रधानमन्त्रीमा बिजयी हुने दावी गरेका छन् ।

'लडाकु समायोजनको संख्या पुनरस्थापना प्याकेज, मोडालिटी  र दर्जामा दलहरु करिब करिव सहमतिमा पुगिसकेको छ, त्यसैलेपनि म्याद थप भएको तीन दिनमा सहमति बन्नेमा म अलि-अलि आशावादी छु' सोमबार आफ्नै निवासमा सन्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले भने- 'नेपाली कांग्रेस र नेकपा (एमाले) सहितका दलहरु अधिकतमा छ हजारको संख्यामा समायोजन गर्ने पक्षमा छन्, हामी चाहिँ न्यूनतम आठ हजारको संख्यामा समायोजना गर्नु पर्ने पक्षमा छौं ।'

बीचको सहमति खोज्ने क्रममा ६ देखि ८ हजारको बीचमा माओवादी लडाकूहरुलाई समायोजन गरिने बताउँदै प्रचण्डले पुनरस्थापनामा जाने लडाकूहरुलाई पुनरस्थापनाको प्याकेज र नेपाली सेनाको महानिर्देशनालय मातहतमा समायोजन गर्ने विषयमा पनि दलहरुवीच कुनै विमति नरहेको बताए । समायोजनलाई सजिलो बनाउन उच्च तहकामाओवादी लडाकूहरुलाई सम्मानजनक रुपले शिविर बाहिर ल्याउनुपर्ने उनको कथन थियो । उनले भने- 'शिविरमा रहेका केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यहरुलाई राज्यले सम्मानपूर्वक बाहिर ल्याए दर्जाको विवाद पनि मिल्नेछ ।'

शान्ति प्रकृया र सरकार निर्माणकालागि आफ्नो दल अरु लचिलो भएको उनको कथन थियो । 'शान्ति प्रकृयाकालागि पनि हामी लचिलो भएर प्रस्तुत भएका छौं, सहमति बने एक महिना भित्र ...रिगु्रपिङको काम गरेर देखाउन सकिन्छ' प्रचण्डले भने- 'हिजो आइतबारसम्मको छलफल सकारात्मक छ, राष्ट्रपतिले सहमतिको सरकारकालागि दिनु भएको बाँकी अवधि तीन दिनमा सहमति बन्न सक्छ ।' शान्ति प्रकृयामा सहमति बनेपनि सहमतिको सरकार बन्ने सम्भावनाप्रति भने उनी आशावादी देखिएनन् ।

'सहमतिको सरकार निर्माण गर्न सजिलो छैन, सरकार निर्माणमा सहमति बन्न सक्ने अवस्था छैन' अहिलेसम्मको स्थितिको विवेचना गर्दै उनले भने- 'तर शान्ति र संविधान निर्माण ...प्रकि्रयामा सहमति बन्छ र बहुमतीय प्रकि्रयाबाटै सहमतिको सरकार बन्छ ।' यसै क्रममा बहुमतीय सरकारपनि आफ्नै नेतृत्वमा बन्ने दावी गर्दै उनले भने- 'हाम्रो पार्टीले अघि सारेका उमेदवार डा. बाबुराम भट्टराईको नेतृत्वमा बहुमतीय सरकार बन्नेछ, अबको प्रधानमन्त्री उहाँ नै हो भन्ने कुरामा म ढुक्क छु ।'

बहुमतीय ....प्रकि्रयाबाटै सरकार बनेपनि सबै दल एक भएर त्यो सरकारलाई रचनातात्मक सहयोग गर्ने हुने विश्वास व्यक्त गर्दै प्रचण्डले नेपाली कांग्रेसले हतियार नबुझाएसम्म माओवादीको नेतृत्व स्वीकार नगर्ने भनेर पहिलेदेखि नै अडान लिँदै आएकाले सहमतिको सरकार बन्न नसकेको गुनासो गरे । 'कांग्रेसको हामीले तत्कालै हतियार बुझाउनु पर्छ भन्ने शब्दावली प्रति हाम्रो असहमति छ' प्रचण्डले भने- 'हतियार बुझाउने होइन यो सेना समायोजन र पुनरस्थापनाबाट टुङ्गयाउनुपर्ने विषय हो ।'

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?