NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

प्रचन्ड र पारसको आशिर्बाद प्राप्त संस्थाको पर्दाफास PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Friday, 19 August 2011 13:01

काठमाडौ- लुम्बिनीको विकासकालागि लगानी गर्न तत्परता जनाइरहेको एसिया प्यासेफिक एक्सचेन्ज को-अपरेसन फाउन्डेसन (एपेक) र संयुक्त राष्ट्रसंघीय औद्योगिक विकास संगठन यूनीडो बीच कुनै सम्झौता नभएको दावी परराष्ट्र मन्त्री उपेन्द्र यादवले गरेका छन् ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्व युवराज पारश उपाध्यक्ष रहेको सो संस्थाले केही दिन अघि युनिडोसँग लुम्बिनीको विकासकालागि आर्थिक सम्झौता भएको समाचार सार्वजनिक गरेको थियो ।

उपप्रमसमेत रहेका परराष्ट्रमन्त्री उपेन्द्र यादवले राजधानीमा शुक्रबार आयोजित साक्षात्कार कार्यक्रममा भगवान बुद्धको जन्म स्थल लुम्बिनीको विकासकालागि ३ अर्ब अमेरिकी डलर लगानी गर्ने दावी गरेको एसिया प्यासेफिक एक्सचेन्ज को-अपरेसन फाउन्डेसन (एपेक) र संयुक्त राष्ट्रसंघीय औद्योगिक विकास संगठन (युनिडो) वीच कुनै सम्झौता नभएको आधिकाकिर जानकारी सहितको पत्र युनिडोले पठाएको बताए ।

'युनिडोले नै नै विज्ञप्ति निकालेर एपेक र यूनीडोबीच लुम्बिनीमा लगानी गर्ने कुनै सम्झौता नभएको बताएको छ, उसले कसैले त्यस्तो गलत प्रचार गरेकोले त्यो युनिडोको आधिकारिक धारणा नभएको बताएको छ' यादवले भने- 'शुक्रवार नै युनिडोले परराष्ट्र मन्त्रालयलाई समेत यस सम्बन्धमा जानकारी सहितको आधिकारिक पत्र पठाएको छ ।' यूनीडोले नै एपेक सँग लगानी गर्ने सम्झौता नभएको बताएकाले एपेकको 'च्याप्टर क्लोज' भएको बताए ।

साक्षात्कार कार्यक्रममा संस्कृति मन्त्री खगेन्द्र प्रसाईले पनि एपेक र युनिडोबीच  भएको भनिएको सम्झौताबारे मन्त्रालयलाई कुनै औपचारिक जानकारी नभएको बताएका थिए । उनले एपेकका पदाधिकारीले लुम्बिनीको भ्रमण गरेर फर्केको विषयमा पनि सरकार अनभिज्ञ रहेकोपनि बताए । एपेक टोली चाहिँ एमाओवादी अध्यक्ष प्रचण्डसँगै गत हप्ता नेपाल आएर लुम्बिनीको भ्रमण गरेको थियो । लुम्बिनीमा लगानी गर्ने विषयमा मन्त्रालयले छानविन गरिरहेको बताउँदै मन्त्री प्रसाईँले एपेक हङकङमा दर्ता भएको सम्मको जानकारी मन्त्रालयसँग रहेको बताए ।

कार्यक्रममा पूर्व संस्कृति मन्त्री डा मिनेन्द्र रिजालले एपेक र युनेस्कोबीच नभै एपेक र युनिडोबीच सम्झौता भएको विषयले आशंका उब्जाएको बताउँदै लुम्बिनीलाई बिक्री वा राजनीतिको साधन बनाउन नहुनेमा जोड दिएका थिए । राष्ट्रलाई नै गुमराहमा राखेर गरिएको लगानी सम्झौता  मुलुकको सार्वभौम सत्तामाथिको आक्रमण भएको उनको आरोप थियो ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?