NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

'प्रधानमन्त्री राजिनामा गर्ने प्रतिबद्धतामा दृढ हुनु हुन्छ ।'- प्रधानमन्त्री खनालका प्रमुख राजनीतिक सल्लाहकार प्रकाश ज्वाला PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Friday, 12 August 2011 22:11

काठमाडौ- विहीबारमात्र शान्ति प्रकृयाका सम्बन्धमा सकरात्मक संकेत देखिएको बताउँदै साउन २८ गते प्रम झलनाथ खनालले राजिनामा दिनुनपर्ने स्थिति सिर्जना भएको बताएका प्रधानमन्त्री झलनाथ खनालका प्रमुख राजनीतिक सल्लाहकार प्रकाश ज्वालाले पूर्व घोषणा अनुसार नै प्रधानमन्त्री झलनाथ खनालले भोली पदबाट राजिनामा गर्ने बताएका छन् भने सहमतीय सरकारको नेतृत्वमात्र आफूले गर्ने बताइरहेका एमाओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईका प्रमुख सहयोगी नेताले चाहिँ बहुमतीय सरकार बन्ने भएमापनि त्यसको नेतृत्व डा. भट्टराईले नै गर्ने दावी गरेका छन् ।

प्रमुख सल्लाहकार ज्वालाले शुक्रबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा सहमतिको आधार निर्माणको लागि प्रधानमन्त्रीले राजिनामाको घोषणा गरेको भन्दै भोलिसम्म सहमति नबने राजिनामा दिने बताए । विहीबार प्रम खनाल र एमाओवादी अध्यक्ष प्रचण्डबीच भएको कुराकानीपछि चाहिँ ज्वालाले प्रधानमन्त्रीले राजिनामा दिनु नपर्ने परिस्थिति सिर्जना भएको बताएका थिए । खनाल-प्रचण्डबीचको कुराकानीमा प्रचण्डले शान्ति प्रकृयाका सम्बन्धमा आफ्नो पार्टीले ब्रेक थ्रु हुने गरी निर्णय गर्ने बताएको दावी गर्ने ज्वाला नै थिए ।

'भोलिसम्म सहमति नबने प्रधानमन्त्री खनालले राजिनामा दिनु हुनेछ, दलहरुवीच सहमति भए सहमतिअनुसार नै गर्नु हुन्छ, अब प्रधानमन्त्री टाँसिएर बसिरहने पक्षमा हुनु हुन्न' ज्वालाले भने- 'प्रधानमन्त्री राजिनामा गर्ने प्रतिबद्धतामा दृढ हुनु हुन्छ ।' सहमतिको सरकार निर्माण गर्ने  शान्ति निष्कस्रमा पुर्याउने र संविधान निर्माण गर्ने मिसनमा प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको सरकार असफल भएको स्वीकारोक्ति पनि ज्वालको थियो ।

यद्यपी शान्ति प्रकृया अगाडि बढाउने र सहमतिको सरकार निर्माण गर्ने सम्बन्धमा भोलिसम्म ठोस सहमति बन्ने आशा बाँकी नै रहेको दावी गरे । 'दलहरुवीच गहन छलफल भइरहेको छ, भोलिसम्ममा शान्ति र सहमतिको सरकारको विषयमा सहमति बन्न सक्छ' ज्वालाको भनाई थियो- 'शान्ति प्रकृया टुङ्गयाउनुको बिकल्प छैन, सहमतीय सरकारको पनि बिकल्प छैन, त्यसैले भोलिसम्ममा यसबारेमा राजनीतिक दलहरु ठोश सहमतिमा पुग्न सक्छन् ।'

कार्यक्रममा एकीकृत नेकपा (माओवादी) का डा. बाबुराम भट्टराई पक्षीय पोलिटब्यूरो सदस्य देबेन्द्र पौडेल (सुनिल) ले सहमति भए सहमतिको नभए बहुमतीय सरकारको नेतृत्व पनि आफ्ना पार्टीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले नै गर्ने बताएका थिए । 'डा. भट्टराईले सकेसम्म सहमतिको सरकारको नेतृत्व गर्नु हुन्छ, सहमति नबने बहुमतीय वा एक्लै पनि सरकार चलाउन उहाँ तैयार हुनुहुन्छ' पौडेलको भनाई थियो- 'जुन सुकै बिकल्पकालागिपनि उहाँ तैयार हुनुहुन्छ ।' डा. भट्टराईले चाहिँ आफूले सहमतीय सरकारको नेतृत्व नगर्ने दावी गर्दै आएका छन् ।

माओवादी नेता पौडेलले प्रधानमन्त्रीले बोलिसकेकोले भोलिसम्म कुनै पनि हालतमा राजिनामा दिनु पर्ने माग गरे । आफ्नै बचन अनुसार  राजिनामा नदिए माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकार ढाल्ने चेतावनी उनले दिए । 'प्रधानमन्त्री प्रतिबद्धता बाहिर गएर एक्लै हिड्न खोजे सरकार ढल्नेछ' पौडेलको भनाई थियो- 'प्रतिबद्धता अनुसार नै प्रधानमन्त्रीले राजिनामा दिनु भएमा उहाँको राजनीतिक जीवनकालागि पनि सकरात्मक घटना हुनेछ ।'

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?