NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

प्रसुती गृहमा डाक्टर कुर्दाकुर्दै गर्भ मै बच्चाको मृत्‍यू PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Chandrakanta Khanal   
Friday, 09 December 2011 12:29

हाम्रो नेपालमा: रुपन्देही- शल्यकृया गर्ने कक्षमा प्रसब पीडामा छटपटाइरहेकी गर्भवती महिलालाई राखेर चिकित्सक टोलीलाइ खोज्न जाँदा ती महिलाले आफ्नो शिशु गुमाउनु परेको छ ।

भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स शिक्षण अस्पतालमा प्रसुतीको पीडा लागेर भर्ना भएकी सिद्दार्थ नगरपालिका-२ की अनिता बस्नेतले हिजो राती अस्पताल प्रशासनको चरम लापरवाहीका कारण शिशु गुमाउनु परेको हो ।

घटना विवरणअनुसार गर्भवती भएदेखि नै सोही अस्पतालमा कार्यरत डा. यसोदा कोचरसंग नियमित स्वास्थ्य परिक्षण गराउँदै आएकी बस्नेतलाइ हिजो दिउँसो साढे २ बजे प्रसुतीको पिडा भएपछि अस्पताल भर्ना गरिएको थियो । शुरुदेखि नै डा. कोचरले बस्नेत र शिशुको अवस्था सामान्य रहेकाले सामान्य प्रकि्रयाबाटै बच्चा जन्मिने बताएकी थिइन् ।

सो दिन अस्पतालमा कार्यरत प्रसुतीबिज्ञ डा. कन्चनले ६ बजे जाँच गर्दा सांझ ९ वजेसम्म सामान्य प्रकि्रयाबाटै शिशुको जन्म हुने बताए पनि साढे ७ बजेसम्म शिशु बाहिरिने प्रसबको क्रम कम भएकाले स्वास्थ्यकर्मीले शिशुले दिशा खाएको हुनसक्ने बताएकाले आफन्तहरुबाट तुरुन्तै शल्यकृया गरी शिशु निकाल्नु पर्ने दवाव दिइएको थियो ।

तर सांझ ८ बजे शल्यकृयाकालागि गर्भवती महिलालाइ शल्यकृया कक्षमा लैजाँदा चिकित्सा टोली नै त्यहाँ थिएनन् । 'एउटा सवारी साधनबाट भैरहवाका बिमानस्थल बेलहिया र अंचलपुर भन्ने स्थानबाट स्वास्थ्यकर्मी जुटाउँदा साढे नौ बज्यो' पिडित पक्षका राजेन्द्रसिह खड्काले भने- 'अलग अलग सवारी साधन प्रयोग गरेर टोली जुटाउन भन्दा कसैले सुनेनन्। शल्यकि्रयागर्दा बेहोस बनाउने डा. १० बजे आए भने डा. कन्चन आइपुग्दा पौने ११ बज्यो ।

अस्पतालको लापरवाहीकाकारण शल्यकृया गर्दासम्म शिशुको पेटमा नै मृत्यु भैसकेको उनले बताए । २४ सै घण्टा आकस्मिक कक्ष सुचारु हुनुपर्ने अस्पतालमा ब्यवस्थापनको कमजोरीका कारण शिशुको ज्यान गएको खडकाले दाबी गरे । बिरामीलाइ शल्यकृया गर्ने कक्षमा लगेर मात्र चिकित्साकर्मी खोज्न हिडने चरम लापरवाहीको नमुना भएको उनले बताए ।

सो घटनाका सम्बन्धमा अस्पतालका मेडिकल सुपरिटेण्डेन डा. एस डी मिश्राले अप्रेसनको तयारीसंगै चिकित्साकर्मी जुटाउन परेको स्विकार गर्दै कर्मचारीको कमी भएको र कर्मचारी पाउनै समस्या परेको बताए । अस्पतालको कमजोरी रहेपनि सुधार्नै प्रयास भैरहेको उनले बताए ।

-Chandrakant Khanal in Butwal

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?