NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

'सत्ताभन्दा माथि शान्ति र संविधानलाई राखेर अगाडि बढे समस्या समाधान हुनेछ'- राष्ट्रपति डा. रामबरण यादव PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Thursday, 11 August 2011 11:55

'सहमतिको सरकार बने मात्रै राष्ट्रले निकास पाउँछ, शान्ति र संविधानकोलागी सहमतिको सरकार आवश्यक छ, त्यसमा ब्यवधान खडा गर्नु हुँदैन'
काठमाडौ- दलहरुको प्रमुख एजेण्डा सत्ता बनेको आरोप लगाउँदै राष्ट्रपति डा. रामबरण यादवले दलहरुमा बढ्दो यस्तो प्रबृतिप्रति चिन्ता व्यक्त गरेका छन् ।

राष्ट्रपति यादवले राष्ट्रको आवश्यकता शान्ति प्रक्रियालाई निश्कस्रमा पुर्याउँदै लोकतान्त्रिक संविधान निर्माण गर्नु भएको स्मरणपनि दलहरुलाई गराएका छन् । सन्चारकर्मीहरुसँग बुधबार कुराकानी गर्दै राष्ट्रपति यादवले उपरोक्त कुरा बताएका हुन् । उनले भने- 'दलहरुको प्राथमिकता शान्ति र संविधान माथि सत्ता हुन पुग्दा समस्या आएको हॊ, सत्ता भन्दामाथि शान्ति र संविधानलाई राखेर अगाडि बढे समस्या समाधान हुनेछ ।'

संविधान सभाको निर्वाचन यता गठन भएका तीन बहुमतीय सरकारले शान्ति र संविधान निर्माणमा ठोस काम गर्न नसकेको बताउँदै राष्ट्रपति यादवले तीन वटा बहुमतीय सरकारले केही गर्न नसकेको ब्यवहारले देखाईसकेकाले अव सहमतिको सरकार बताउनॆतर्फ लाग्नुपर्नेमा जोड दिए । 'सहमतिको सरकार बने मात्रै राष्ट्रले निकास पाउँछ' राष्ट्रपति यादवले भने- 'शान्ति र संविधानकोलागी सहमतिको सरकार आवश्यक छ, त्यसमा ब्यवधान खडा गर्नु हुँदैन ।' राजनीतिक दलहरुले विगतमा गरेको सहमति, अन्तरिम संविधान र पछिल्लो समयमा गरेको पाँच बुँदे सहमति कार्यान्वयन गरे सहमतिको सरकार बन्ने र त्यसले मात्रै राष्ट्रलाई निकास दिने उनको दावी थियो ।

दलहरुले शान्ति र संविधान निर्माणको कार्य समयमा सम्पन्न नगरेर समय लिदै जाँदा जनताले उनीहरुमाथि प्रश्न उठाउन थालेको बताएका राष्ट्रपतिले पछिल्लो समयमा अन्तराष्ट्रिय समुदायलेसमेत राजनीतिक दलहरुको क्षमतमामाथि प्रश्न उठाउन थालेको जानकारी दिए । राष्ट्रपतिको भनाई थियो- 'अन्तर्राष्ट्रिय समुदायले पनि प्रश्न उठाउने स्थिति आउनु राम्रो संकेत होइन ।' तीन दलवीचको सहमतिमात्रै राष्ट्रिय सहमति हुन नसक्ने बताएका उनले ठूला तीन दल र मधेसबादी दलहरुसहित चार शक्तिवीचको सहमति आवश्यक रहेको सुझाव दलहरुलाई दिए ।

राष्ट्रले संघीयतामा जाने संकल्प गरिसकेकोले बैज्ञानिक ढंगले भूगोल. आर्थिक सम्भाब्यता र सामाजिक हिसाबमा सबैले त्यसको लाभ पाउन गरी संघीयतामा जानु पर्ने सुझाव उनको छ । परिवर्तनका उपलब्धिहरुलाई संस्थागत गरेर मात्र आधुनिक राष्ट्र निर्माण जान सकिने बताउँदै राष्ट्रपति यादवले नेपाली जनताको झण्डै सात दशको आन्दोलनबाट परिवर्तन आएको भन्दै मुलुकलाई अखण्ड राख्दै परिवर्तनलाई संस्थागत गर्नु पर्नेमा जोड दिए ।

यसैबीच, राष्ट्रपति यादव र नेपाली कांग्रेसका सभापति सुशील कोइरालाबीच आज राजनीतिक बिषयमा कुराकानी भएको । विहान झण्डै पौने १ घण्टासम्म भएको भेटमा २८ साउनमा प्रधानमन्त्री झलनाथ खनालले राजीनामा दिए पछिको अवस्था, नयाँ सरकार र शान्ति प्रक्रियाकाबारेमा कुराकानी भएको थियो ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?