NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

पौडेल र देउबा बिच फेरी मारामारी PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Monday, 22 August 2011 09:32

काठमाडौ- सहमतिको सरकार बन्न नसकेपछि नेपाली कांग्रेसभित्र फेरि उम्मेदवार विवाद चर्केको छ ।

शेरबहादुर देउवालाई सहमतिको सरकारको नेतृत्वकालागिमात्र उम्मेदवार बनाउने सहमति भएको दावी गर्दै संसदीय दलका नेता रामचन्द्र पौडेलले अव देउवाको प्रस्तावित उम्मेदवारी सम्बन्धी निर्णय फिर्ता लिनुपर्ने माग गर्न थालेपछि र देउवा पक्षले बहुमतीयमा पनि देउवा नै प्रधानमन्त्रीको उम्मेदवारी हुने भन्दै सभापति सुशील कोइरालालाई दबाव दिएपछि काग्रेस भित्रको विवाद फेरि बल्झिन थालेको हो । विवादले गर्दा थाति राखिएको पौडेललाई संसदीय दलको नेताबाट हटाउन अविश्वास प्रस्ताव ब्युँतने सम्भावना छ ।

को उम्मेदवार हुने भन्ने सम्बन्धमा पौडेल र देउवाबीच प्रतिस्पर्धा भएपछि गत हप्ता सम्पन्न कांग्रेस केन्द्रीय समितिले देउवालाई बहुमतीय सरकारको प्रम बनाउने निर्णय गरेको थियो । बहुमतीय सरकारको उम्मेदवार को हुने भन्ने निर्णय चाहिँ केन्द्रीय समितिले गरेको थिएन । यसलाई पौडेलले बहुमतीयमा आफू उम्मेदवार हुने भन्ने सहमति भएको दावी गरेका थिए । देउवा पक्ष चाहिँ यस विषयमा मौन बसेको थियो । सहमतिको सरकार बन्न नसक्ने सम्भावना देखिएपछि पौडेलले फेरि उम्मेदवारीको दावी गरेका छन् ।

बहुमतीय प्रमकालागि आफूलाई उम्मेदवार बनाउनुपर्ने माग सहित संसदीय दलका नेता पौडेलले सभापति कोइरालालाई दबाव दिन थालेको बुझिएपछि देउवा पक्षलेपनि बहुमतीयमा पनि देउवा नै उम्मेदवार हुनुपर्ने मागसहितको लविङ्ग थालेको छ । पौडेल पार्टी उपसभापति र संसदीय दलको नेता दुवै जिम्मेवारीमा भएकाले आफूलाई प्रमको उम्मेदवार वनाइएको दावी गर्दै देउवाले आफूले पार्टीको कुनै जिम्मेवारी नपाएको अवस्थामा बहुमतीयमा पनि आफै प्रमको उम्मेदवार हुनुपर्ने मा गरेका छन् ।

श्रोतका अनुसार, देउवा सहमतिको सरकारको प्रधानमन्त्री बन्ने सम्भावना टरेकाले अव आफू प्रधानमन्त्रीको उम्मेदवार हुने भन्दै पौडेलले कसरत सुरु गरेका छन् । यसकालागि पौडेलले पार्टीका केन्द्रीय सदस्य र सभासदहरुसँग परामर्श थालेका छन् भने देउवाले चाहिँ आफू पक्षधर केन्द्रीय सदस्य र सभासदहरुको गोप्य भेला गरेका छन् । सो भेलामा उनले बहुमतीयमा पनि आफू नै उम्मेदवार हुने दावी गरेका थिए ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?