Inside

All Time Top 50 News

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी: संस्थापन पक्षको नयाँ परिभाषा र कोईराला परिवारको बर्चस्वको अन्त PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Anand Gurung   
Monday, 07 March 2016 21:47

Exclusive: 8 photos: काठमाण्डौं- नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा १ हजार ८ सय २२ मत प्राप्त गरी सभापति बनेकाछन् । निकटतम प्रतिद्वन्द्वी रामचन्द पौडेललाई पराजित गर्दै देउवा तेह्रौं राष्ट्रिय महाधिवेशनबाट सभापति निर्वाचित भएका हुन् । दोस्रो चरण अन्तरर्गत सोमबार भएको मतदानमा देउवाले १ हजार ८ सय २२ मत प्राप्त गरेका थिए भने रामचन्द्र पौडेलले १ हजार २ सय ९६ मत प्राप्त गरेका थिए । सोमबार सम्पन्न दोस्रो चरणको निर्वाचनमा कुल ३ हजार १ सय ४० मत खसेको थियो । जसमध्ये २२ मत बदर भएको थियो । देउवाले नेपाली कांग्रेसको इतिहासमा संस्थापन पक्षको नयाँ परिभाषा र कोईराला परिवारको बर्चस्वलाई पनि बदलिदिएका छन् । सुदुर पश्चिमको डडेलधुराको रुवाखोला ५ मा सन् १९४६ जुन १३ मा जन्मिएका देउवाको जीत १३औं महाधिवेशनमा कोइराला परिवारमा दरिलो प्रतिस्पर्धी जन्मन नसक्नु र संस्थापन पक्षमा देखिएको बिचलन प्रमुख कारण मानिएको छ । बि.सं. २०१७ सालको राजनीतिक घटनाक्रमबाट नेपाली राजनीतिप्रति आकर्षित भएका देउवा त्यसपछि नेपाली कांग्रेसको समर्थक भएर राजनीतिमा प्रवेश गरेका थिए । २०४८, २०५१ र २०५६ को संसदीय निर्वाचन तथा २०६४ र २०७० मा भएको संविधानसभा निर्वाचनमा डडेलधुरा जिल्लाबाट विजयी देउवाले २०४८ सालमा गिरिजाप्रसाद कोइरालाको सरकारमा गृहमन्त्री बनेका थिए । देउवाले २०५२, ५८ र ६१ मा गरी ३ पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । २०५१ मा भएको मध्यावधि निर्वाचन पछि उनी कांग्रेसको संसदीय दलको नेतृत्व गर्दै २०५२ मा पहिलो पटक नेपालको प्रधानमन्त्री बन्न सफल भएका थिए । यसरी जिते, को हुन् शेरबहादुर देउवा ?

Newly elected President of Nepali Congress Party Mr. Sher Bahadur Deuba. Photo courtesy: Anand Gurung

आइतबार भएको पहिलो चरणको निर्वाचनमा सभापतिका तीन उम्मेदवार मध्ये कसैले पनि ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि पुनः मतदान भएको थियो । दोस्रो चरणको निर्वाचन पक्रियाबाट सभापतिका तेस्रो उम्मेद्वार कृष्णप्रसाद सिटौला बाहिरिएपछि देउवा र पौडेल बिचमा पुनः मतदान भएको हो । कुल ३ हजार १ एक ६१ महाधिवेशन प्रतिनिधिमध्ये आइतबार भएको पहिलो चरणको निर्वाचनमा ३ हजार १ सय ४८ मत झरेको थियो । जसमध्ये शेरबहादुर देउवाले १ हजार ५ सय ६४, रामचन्द्र पौडेलले १ हजार १सय ६० र कृष्णप्रसाद सिटौलाले ३ सय २४ मत ल्याएका थिए ।

Former Prime Minister of Nepal and newly elected President of Nepali Congress Party Mr. Sher Bahadur Deuba. Photo courtesy: Sherbahadurdeuba.com

लगातार तीनपटक सभापतिको दौडमा रहेका देउवाले लामो समयपछि संस्थापन पक्षबाट नेतृत्व हांसिल गर्न सफल भएका छन् । पोखरा महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासंग पराजित भएका देउवा पुनः सुशील कोइरालासँग १२ औं महाधिवेशनमा पनि पराजित भए । पार्टी नेतृत्वका निम्ति तेह्रौं राष्ट्रिय महाधिवेशनमा पनि देउवाले आफूलाई सभापतिको मैदानमा उतारे। संस्थापन पक्षबाट दुई आकांक्षीले प्राप्त गरेको मत जोड्दा पनि देउवा अग्रस्थानमै थिए।

Former Prime Minister of Nepal and newly elected President of Nepali Congress Party Mr. Sher Bahadur Deuba. Photo courtesy: Anand Gurung

को हुन् शेरबहादुर देउवा ?

सुदुर पश्चिमको डडेलधुराको रुवाखोला ५ मा सन् १९४६ जुन १३ मा जन्मिएका शेरबहादुर देउवा विद्यार्थी कालदेखि कांग्रेसको राजनीतिमा सक्रिय भएका हुन्। उनी नेपाल विद्यार्थी संघको दोश्रो महाधिवेशनबाट अध्यक्ष बनेका थिए। २०४६ सालमा प्रजातन्त्र आएपछिका तीनवटै संसदीय निर्वाचन र दोश्रो जनआन्दोलनपछिका दुईवटै संविधानसभा चुनावमा नेता देउवा लगातार विजयी हुदै आएका छन्। ४५ वर्षको उमेरमा गृहमन्त्री बनेपछि प्रधानमन्त्रीको कुर्सीमा आसीन हुन उनलाई ५ वर्ष पनि कुर्नु परेन। ५० वर्ष नपुग्दै २०५२ सालमा प्रधानमन्त्री बनेका देउवाले तीनपटक त्यो अवसर पाइसकेका छन्।

Mr. Sher Bahadur Deuba addressing a mass meeting with presence of supreme leader of Nepali Congress Ganeshman Singh and Mangala Devi Singh. Photo courtesy: Sherbahadurdeuba.com

संसद विघटन प्रकरणलाई लिएर पार्टीमा उत्पन्न चर्को विवादका माझ नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गरेर सभापति बनेका देउवा यसअघि नेपाली कांग्रेसको सभापतिको चुनावमा गिरिजाप्रसाद कोइराला र सुशील कोइरालासँग पराजित भएका थिए।

विक्रम संवत् २०५९ मा प्रधानमन्त्री रहंदा तत्कालीन राजा ज्ञानेन्द्रबाट असक्षम भएको आरोपमा फालिएका देउवा २०६१ सालमा शाही घोषणामार्फत पुनः प्रधानमन्त्री बनेका थिए । नेपाली कांग्रेसको विभाजनपछि उनले आफ्नै नेतृत्वमा 'नेपाली कांग्रेस प्रजातान्त्रिक' नामक पार्टी नै स्थापना गराएका थिए जुन २०६४ सालमा नेपाली कांग्रेसमा बिलय हुन पुग्यो । नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिकको एकतापछि देउवा निरन्तर नेपाली कांग्रेसको वरिष्ठ नेताको भूमिकामा रहंदै आए ।

Former Prime Minister of Nepal and newly elected President of Nepali Congress Party Mr. Sher Bahadur Deuba. Photo courtesy: Sherbahadurdeuba.com

बि.सं. २०५६ मा माओवादी समस्या समाधानका लागि गठित उच्चस्तरीय समितिका अध्यक्षको हैसियतमा देउवाले तात्कालीन विद्रोही नेकपा माओवादीसंग वार्ता प्रक्रिया सुरु गरेका थिए । तर, उनी नेतृत्वकै सरकारले २०५९ सालमा तत्कालीन माओबादी नेताहरुको टाउकोको मूल्य तोक्नेदेखि माओबादी बिरुद्ध लड्न तेस्रो मुलुकसंग हतियार खरिद गर्ने बिबादास्पद निर्णय समेत गरेका थिए । हतियारमा भारतसंगमात्र निर्भर रहंदै आएको नेपालको सम्झौता विपरित तेस्रो मुलुकबाट हतियार खरिद गरेको भन्दै भारतले आलोचना गरेको थियो ।

प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा नेविसघका प्रथम सभापति हुन् । राजनीतिक आन्दोलनका क्रममा देउवाले पटकपटक गरी नौ बर्षसम्म जेल जीवन बिताएका छन् ।

सभापति देउवाले भारत, चीन, भुटान, मालदिभ्स, श्रीलङ्का, थाइल्याण्ड, जापान, कतार, दक्षिण कोरिया, बेलायत, जर्मनी, नर्वे, फ्रान्स, स्वीटजरल्याण्ड, ग्रीस, बेल्जियम, संयुक्त राज्य अमेरिका, कोलम्बिया, डेनमार्क, अस्ट्रेलिया लगायत थुप्रै मुलुकको भ्रमण गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक उतिर्ण गरेका देउवा लन्डन स्कुल अफ इकोनमिक्सका रिसर्च फेलो समेत हुन् । २०४८ सालमा तत्कालीन अमेरिकी राजदूत जुलिया चांग ल्वकले आरजु राणासंग विवाह गराइदिएको चर्चासंगै उनी नेपाली राजनीतिमा अमेरिका निकटका नेताको रुपमा चिनिंदै आएका छन् ।

नेपाली कांग्रेसको ११ औं र १२ औं महाधिवेशनमा समेत देउवा पार्टी सभापति पदको उम्मेद्वार भए पनि हार ब्योहोर्दै आएका थिए । तर, १३औं महाधिवेशनमा कोइराला परिवारमा दरिलो प्रतिस्पर्धी जन्मन नसक्दा कांग्रेसको सभापति बन्न सफल भएका छन् । देउवा सभापति बन्नुमा संस्थापन पक्षमा देखिएको बिचलन प्रमुख कारण मानिएको छ । पार्टीभित्र निरन्तर प्रतिपक्षी जस्तो देखिने देउवाले अब कांग्रेसमा संस्थापन पक्षको परिभाषा पनि बदलेका छन् । पार्टी नेतृत्वमा उनको आगमनसंगै संबिधान कार्यान्वयनको सवालले गति लिने अपेक्षा गरिएको छ ।


-Anand Gurung in Kathmandu

Read related news:

-नेपाली कांग्रेसको १३ औं महाअधिवेसन, ६५ पदका लागि ३ सय ७५ जनाद्वारा उम्मेदवार, सभापतिमा पौडेल, देउवा र सिटौला

Former Prime Minister of Nepal, Sher Bahadur Deuba with Indian President Pranab Mukherjee at Rashtrapati Bhavan, in New Delhi on July 31, 2015. Photo courtesy: Sherbahadurdeuba.com

Former Prime Minister of Nepal, Sher Bahadur Deuba with U.S. President George W. Bush. Photo courtesy: Sherbahadurdeuba.com

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.